News Portal

मुख्यमन्त्रीले मधेश विरोधी प्रधानमन्त्रीलाई बोलाएर सम्मान गर्नुको कुनै तुक  थिएन : महासचिव सुमन

हिमाली संचार संवाददाता
६८८ पटक

सप्तरी – प्रधानमन्त्री केपी शर्मा ओली गत शनिबार प्रदेश २ को संसदलाई सम्बोधन गर्न आउँदा राजपाका ४ जना प्रदेश सांसदले सम्बोधन बहिष्कार गरे । राजपाका महासचिव समेत रहेका सांसद मनिष सुमन, उपेन्द्र महतो, बिक्की यादव र गौरीनारायण साहले प्रधानमन्त्रीको सम्बोधन बहिष्कार गरे ।

प्रधानमन्त्रीले मधेश आन्दोलनको समयमा दिएको अभिव्यक्तिलाई लिएर माफी नमागेकको, झुठा मुद्दा लगाइएकाहरुको मुद्दा फिर्ता नलिएको, संविधान संशोधन नगरेकाले बहिष्कार गरेको उनीहरुले बताएका छन् । तर बहिष्कार गर्नेमध्येका एक जनाले प्रधानमन्त्रीलाई संसदमा बोलाएर मुख्यमन्त्रीले राम्रो काम नगरेको टिप्पणी गरेका छन् ।

राजपा महासचिव मनिष सुमन प्रधानमन्त्रीलाई संसदमा बोलाएर प्रदेशका मुख्यमन्त्री लालबहादुर राउतले राम्रो नगरेको बताएका छन् ।

सुमनको भनाइलाई मान्ने हो भने मुख्यमन्त्री काठमाडौं पुगेर प्रधानमन्त्रीलाई आग्रह गरी बोलाएका हुन् । ‘मुख्यमन्त्री राउत काठमाडौं पुगेरै प्रधानमन्त्रीसँग भेटनुभयो र प्रदेशमा आएर सम्बोधन गर्न आग्रह गरेपछि प्रधानमन्त्री आउनुभयो’ उनले भने ।

‘मधेश विरोधी प्रधानमन्त्रीलाई बोलाउने आवश्यक थिएन’ उनले भने, ‘आफ्नो ५० बर्षभन्दा बढी राजनीतिकालमा ओलीज्यूले मधेशमैत्री कुनै काम गर्नुभएको छ ? यस्तो व्यक्तिलाई बोलाएर सम्मान गर्नुको कुनै तुक थिएन ।’

‘मधेशमा आन्दोलन भइरहँदा ओलीज्यूको बेली पनि अमर्यादित भएको कसैसँग लुकेको छैन । आफ्नो बोलीप्रति क्षमा नमाग्ने व्यक्तिलाई मान सम्मान दिइनु ठीक होइन ।’

सुमनले प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधनको सन्दर्भमा राजपाको प्रदेश २ को संसदीय दलका नेता जितेन्द्र सोनलको भूमिका नराम्रो देखिएको समेत बताए ।

सरकारलाई समर्थन औचित्यहीन

राजपा महासचिव सुमनले केपी ओली नेतृत्वको सरकारलाई दिइएको समर्थनको कुनै औचित्य नभएको बताएका छन् ।

सरकार बनेको ६ महिना बनिसक्दा समेत संविधान संशोधन गर्नेतर्फ कुनै किसिमको चासो नलिएको, मुद्दा फिर्ता नलिएकाले समर्थन औचित्यहिन बनेको बताए । ‘दिइएको समर्थनको आवश्यक्ता छ कि छैन । त्यसबारे छलफल हुनु जरुरी छ’ उनले भने, ‘आवश्यक्ता नरहेकाले चाँडै समर्थन फिर्ता लिई मुद्दाका लागि अगाडि बढ्नु जरुरी छ ।’

उनले समर्थन फिर्ता लिई पार्टीले सडक र सदनमार्फत मुद्दा सम्बोधन गराउन अगाडि बढनु जरुरी रहेको बताए । यसैगरी, प्रदेश २ को प्रदेशसभामा शनिबार प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको विरोध गर्दै राजपाकै संसदीय दलका नेता तथा मन्त्री जितेन्ऽ सोनलको कडारुपमा आलोचना गरेका छन् । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...