News Portal

मुलुकमा सैनिक शासनको आवश्यक्ता

राकेश कुमार शर्मा
९५३ पटक

अब मुलुकमा सैनिक शासनको आवश्यकता रहेको छ। मुलुकको रक्षा सेनाले गर्न हुन्छ भने मुलुक चलाउन सेनाले किन नहुने आम नागरिकहरुसंग मेरो प्रश्न रहेको छ ? वास्तविकमा नेपाली जनताहरु नै भेडा हुन धेरै जनाले भन्ने गरेका छन। एक्काइसौं शताब्दीमा पनि नेपाली जनताहरुमा चेतना र ज्ञान नआएकोले नै प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरू र राजनीतिक दलका नेताहरूले आफु मन लाग्दो र मनपरि काम गर्दै नागरकिहरुलाई झुक्याई रहेका छन।

अमेरिका, चाइना, भारत, दुबई, मलेसिया, साउदी, अष्ट्रेलिया र जापान आदि आदि जस्ता मुलुकका जनताहरु चेतनशील भएकोले नै मुलुकले दिन प्रतिदिन फड्को मारी विकसित भएको हो। यसकारण हाम्रो मुलुकको जनताहरुमा पनि चेतना आउन जरुरी रहेको छ। अब पनि जनताहरुमा चेतना आएन भने मुलुकमा संकट र भोकमरीसम्म आउन सक्छ भन्ने कुराहरू अवगत गराउन चाहन्छु।

प्रधानमन्त्री, मन्त्री, सांसद र राजनीतिक दलका नेताहरुले मुलुकलाई निकास नदिएर अनिर्णयको बन्दी बनाई रहेका छन। मुलुकको ढुकुटी रित्तो गर्न र ढुकुटी भागबन्डा लगाउन, खाने मामिलामा सत्तापक्ष र प्रतिपक्ष केहि पनि भन्दैनन् एक मत र एक ढिक्का भइ भागबन्डा लगाउँदै मिलिजुली खान्छन। मुलुकलाई निकास दिनुपर्‍यो भने सत्तापक्ष र प्रतिपक्ष भन्दछन। सबै अलग–अलग कित्तामा र फरक–फरक मत राख्छन् किन ?

मुलुकले अब पुनः वीर बलभद्र कुँवर, श्री ३ जँग बहादुर राणा, बडामहाराजधिराज पृथ्वीनारायण शाह र श्री ५ महेन्द्र शाह जस्ता शासक खोजी रहेको छ। सेनाहरुले बुझ्नुपर्ने कुरा वीर बलभद्र कुँवर, श्री ३ जंग बहादुर राणा, बडामहाराजधिराज पृथ्वीनारायण शाह र श्री ५ महेन्द्र शाह यी सबै सेना नै हुन। यसकारण अब मुलुकको प्रगति, विकास र मुलुकको हित गर्न मुलुकमा सैनिक शासनको नै आवश्यकता छ।

सात प्रदेशका मुख्यमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरू र प्रदेश प्रमुखहरूलाई तलब भत्ता खान, सेवा सुविधाहरु दिन र पाल्न मात्र संघीयता हो र ? जग्गाको भु–भाग, हेक्टर र जनसंख्या बढि भएका विशाल मुलुकहरु अमेरीका, भारत र चाईना आदि आदि जस्ता मुलुकहरुका लागि संघीयता उपयुक्त छ तर हाम्रो मुलुक नेपालको जग्गाको भु–भाग, हेक्टर र जनसंख्या भारतको बिहार प्रान्त/राज्यको पटना जत्रो सानो आकारको छ। यसकारण हाम्रो मुलुकमा संघीयताको आवश्यकता छैन। हाम्रो मुलुक नेपालको लागि संघीयता अफाब र घातक छ।

विक्रम सम्वत २०५२ साल देखि आजसम्म मुलुक संक्रमणकाल अवस्थाबाट गुज्रिरहेकोे छ। पहिले ६०१ सभासदहरुले राष्ट्रको ढुकुटी रित्याए। अब ८८४ जना सांसदहरुले राष्ट्रको ढुकुटी रित्याएर राष्ट्रलाई बर्बाद पारे। संघीयताको नाममा राष्ट्रको ढुकुटी रित्याए है रित्याए।

प्रधानमन्त्री, मन्त्री, सभासद, साँसद र राजनितिक दलका नेताहरुले लाज पचाए। विश्वकको एक मात्र हिन्दु राष्ट्र रहेको नेपाल हाम्रो मुलुक थियो। प्रधानमन्त्री, मन्त्री, नेताहरु र सभासद (सांसद) हरुले अर्बौ खर्बौ डलर खाएर हिन्दु राष्ट्रलाई हटाएर जर्बजस्ती धर्म निरपेक्षता लादे र पाँच वटा विकाश क्षेत्रबाट सात वटा प्रदेश बनाए। काठमाडौंको राजधानीलाई आजसम्म व्यवस्थित र व्यवस्थापन गर्न नसक्नेहरुले प्रदेश राजधानीको व्यवस्थापन कसरी गर्न सक्छन् ?

जनताहरुको कर, राजस्व र रेमिटेन्सले मुलुक चलेको छ।बाहिरी मुलुक पलायन भएका युवा युवतीहरुले रेमिटेन्स पठाउन मात्र छोडे भने नेताहरूको बाह्र बज्छ।
राजनीतिक दलका नेताहरूसंग कुनै भिजन, योजनाहरु नै छैन र मुलुक प्रति योगदान गरेको इतिहास पनि छैन।आजसम्म पनि मुलुकमा श्री ५ महेन्द्र शाहको भिजन र योजनाले नै महत्व पाएको छ।

इतिहासको पाना पल्टाएर हेर्ने हो भने वीर बलभद्र कुँवर, श्री ३ जंगबहादुर राणा, बडामहाराजधिराज पृथ्वीनारायण शाह र श्री ५ महेन्द्र शाहले मुलुक प्रति के के गरे भन्ने कुरा स्वतः थाहा हुनेछ।

हाम्रो मुलुकमा प्रधानमन्त्री, मन्त्री, सभासद, साँसद र राजनितिक दलका नेताहरुले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रको खिल्ली उडाए। उदाहरणका लागी अमेरीका, भारत र चाईना आदि आदि जस्ता मुलृुकहरुलाई प्रजातान्त्रिक र गणतान्त्रिक मुलुक भनिन्छ।

हाम्रो मुलुक नेपालका सेनाहरु ढिलो नगरौं जाग्नुस है जाग्नुस अब अहिले पनि नजागे सेनाहरु कहिले जाग्ने ? सबै सखाप भएपछि सेनाहरु जागेर के काम ? सेनाको अस्तित्वलाई समाप्त हुन नदिन मेरो सेनाहरु संग आग्रह र बिन्ती छ। राजनीतिक दलका नेताहरूले डलर र पाउण्ड खाएर हिन्दु राष्ट्र बेचे, मुलुकको स्वाधीनता धरापमा पार्ने राजनीतिक दलका नेताहरू, पुरानो वाइडबोडी विमान चार अर्ब पच्पन्न करोड भ्रष्टाचार र नेपाल टेलिकमको फोरजी सेवा विस्तार ठेक्कामा १२ अर्ब भ्रष्टाचार गर्नेहरु तथा नेपालको अखण्डता र स्वाधीनतामा आँच र दखल पुर्‍याउने आदि आदि जस्तालाई कारवाहि गर्न सक्नु नै नेपालको सेनाको बहादुरी होला। हाम्रो देश डुब्न लाग्यो सेना लौ न बचाई देउ।

हाम्रो देश डुब्न लाग्यो सेना लौ न बचाई देउ। हाम्रो देश डुब्न लाग्यो नागरकिहरु लौ न बचाई देउ। हाम्रो देश डुब्न लाग्यो नागरकिहरु लौ न बचाई देउ।

विक्रम सम्वत २०६२/०६३ साल पछि प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू र राजनीतिक दलका नेताहरुको कारण मुलुकको स्वाधीनता धरापमा परेको र राज्यकोष ढुकुटी दुरुपयोग भएको अवस्था छ। यसकारण मुलुकको हित र विकासको लागी अब मुलुकमा सैनिक शासन चाहिएको छ।

(स्वतन्त्र नेपाली नागरिकः राकेश कुमार शर्मा, साबिक जिल्ला बर्दिया गुलरिया न.पा. ६, हाल जिल्ला मकवानपुर, हेटौँडा उ.म.न.पा. २, मोबाइल नम्बर ९८४८०५५७७६/९८१२४९१३९७)

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...