News Portal

प्रशासनद्वारा सैनिक पोशाक बिक्री वितरण गर्न रोक

हिमाली संचार संवाददाता
६४७ पटक

डोटी २३, २०७६ मंसिर : जिल्ला प्रशासन कार्यालय डोटीले यहाँका बजारमा सैनिक पोशाक बजारमा बिक्री वितरण गर्न बन्द गर्ने भएको छ।

सैनिक पोशाक आपराधिक प्रवृतिका मानिसले लगाइ दुरुपयोग गर्ने सम्भावना रहेको भन्दै प्रशासन कार्यालयले सूचना जारी गर्दै सैनिक पोशाक बिक्री वितरणमा रोक लगाएको जनाएको छ।

सूचना प्रकाशित भएको दिनदेखि सैनिक पोशाक गैरसैनिक व्यक्तिलाई बिक्री वितरण गर्न नपाइने जनाएको छ।

नेपाली सेनाले मात्रै प्रयोग गर्ने क्यामोफ्लाइज कपडा सर्वसाधारणले प्रयोग गर्ने गरेको भन्दै प्रशासनले गैरसैनिकलाई उक्त पोशाक बिक्री वितरण नगर्न व्यापारीलाई आग्रह गरेको हो।

प्रशासनले सैनिक पोशाक बिक्री वितरणमा रोक लगाएपछि यहाँका व्यापारीले आफूले बिक्रीका लागि ल्याएका सैनिक पोशाक तथा लुगा फिर्ता पठाउन थालेका दिपायल पिपल्लाका व्यापारी तथा स्थानीय खडक कुँवरले बताए।

पछिल्लो समय यहाँका ग्रामीण क्षेत्र तथा बजारमा रहेका युवाले बढी जसो सैनिक पोशाक अर्थात् क्यामोफ्लाइज कपडा प्रयोग गर्दै आएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...