News Portal

मलेशियामा हप्ता दिनमै ३ नेपाली कामदारको मृत्यु

हिमाली संचार संवाददाता
१०४२ पटक

मलेसिया ०२, २०१९ डिसेम्बर : मलेसियामा केही दिन अगाडी मात्रै चौबीस घन्टा भित्रमा तीन जना नेपाली कामदारहरुको मृत्यु भएको खबर सेलाउन नपाउदै पुनः एक नेपाली कामदारको असामयिक निधन भएको छ।

मलेसियाको सेलाङ्गर, बान्तिङमा अवस्थित एफ – १८ टप-ग्लोबमा प्याकिङ डिपार्टमेन्टमा सुपरभाइजर पदमा बिगत ८ बर्ष देखी कार्यरत धरान निवासी, अन्दाजी बत्तीस बर्षिय सुन्दर श्रेष्ठको आईतवार बिहान ड्युटी जाने समयमा मृत्यु भएको सोही कम्पनीमा कार्यरत अजित थापाले जानकारी दिए।

उनका अनुसार मृतक सुन्दर बिहान उठेर काममा जानको लागी तयारी अवस्थामा रहेका थिए तर एक्कासि अचानक छाती दुख्यो भनेर ओछ्यानमा ढलेका सुन्दरलाई उपचारको लागी अस्पताल लाने क्रममा बिच बाटोमै मृत्यु भएको थियो।

कम्पनी श्रोतका अनुसार अहिले मृतकको शव पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा राखिएको छ। केही समययता मलेसियामा विभिन्न कारणले नेपाली श्रमिकहरुको मृत्यु हुने संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ।

यद्यपि मलेसियामा नेपाली कामदारको स्वास्थ्य अवस्थाको बिषय बारे नेपाली राजदुतावास र सम्बन्धित निकाय, सरोकारवालाहरुले केही कदम चाल्न सकिरहेका छैनन।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...