News Portal

मलेशियामा हप्ता दिनमै ३ नेपाली कामदारको मृत्यु

हिमाली संचार संवाददाता
८८९ पटक

मलेसिया ०२, २०१९ डिसेम्बर : मलेसियामा केही दिन अगाडी मात्रै चौबीस घन्टा भित्रमा तीन जना नेपाली कामदारहरुको मृत्यु भएको खबर सेलाउन नपाउदै पुनः एक नेपाली कामदारको असामयिक निधन भएको छ।

मलेसियाको सेलाङ्गर, बान्तिङमा अवस्थित एफ – १८ टप-ग्लोबमा प्याकिङ डिपार्टमेन्टमा सुपरभाइजर पदमा बिगत ८ बर्ष देखी कार्यरत धरान निवासी, अन्दाजी बत्तीस बर्षिय सुन्दर श्रेष्ठको आईतवार बिहान ड्युटी जाने समयमा मृत्यु भएको सोही कम्पनीमा कार्यरत अजित थापाले जानकारी दिए।

उनका अनुसार मृतक सुन्दर बिहान उठेर काममा जानको लागी तयारी अवस्थामा रहेका थिए तर एक्कासि अचानक छाती दुख्यो भनेर ओछ्यानमा ढलेका सुन्दरलाई उपचारको लागी अस्पताल लाने क्रममा बिच बाटोमै मृत्यु भएको थियो।

कम्पनी श्रोतका अनुसार अहिले मृतकको शव पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा राखिएको छ। केही समययता मलेसियामा विभिन्न कारणले नेपाली श्रमिकहरुको मृत्यु हुने संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ।

यद्यपि मलेसियामा नेपाली कामदारको स्वास्थ्य अवस्थाको बिषय बारे नेपाली राजदुतावास र सम्बन्धित निकाय, सरोकारवालाहरुले केही कदम चाल्न सकिरहेका छैनन।

प्रतिकृया दिनुहोस्

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...