News Portal

हेमन्त मृत्यु प्रकरण : वार्डेन मोहन सिंह प्रहरीको फन्दामा, युनिभर्सिटीले स्विकार्‍यो गल्ती

हिमाली संचार संवाददाता
६३६ पटक

दिल्ली : भारतको पंजाबस्थित मण्डि गोबिन्दगर्हमा रहेको रिम्ट युनिभर्सिटीको लापरबाहीले सप्तरीको १८ वर्षिय हेमन्त मण्डलको मृत्यु भएको छ।

हिजोसम्म कुनै पत्तो नभएको हेमन्त अहिले सोही ठाउँमा रहेको मण्डी गोबिन्दगर्ह अस्पतालमा रहेको श्रोताले जानकारी दिएको छ। सोही अस्पतालले उनको मृत्युको पुष्टि समेत गरेको हो। श्रोतका अनुसार युनिभर्सिटी प्रशासनले मृतक हेमन्तको परिवारलाई पनि जानकारी गराइसकेको छ।

हेमन्तलाई मृत्युको मुखसम्म लैजाने सोही होस्टलका वार्डेन मोहन सिंहलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ। उनको गल्ती देखिए कानुन अनुसार मुद्दा चलाउन प्रहरी तयार रहेको श्रोतले जानकरी दिए।

यो पनि पढ्नुहोस।

भारतको पंजाबस्थित रिम्ट युनिभर्सिटीले लियो एक नेपाली विद्यार्थीको ज्यान 

हेमन्तको बिहानै देखि अस्वभाविक रुपमा पेट दुख्दै आएक थियो। सोही कुरा वार्डेनलाइ जानकारी गराएर अस्पताल जान खोज्दा वार्डेन सिङले हेमन्तलाई ५ सय रुपैया दिए मात्र अस्पताल जान दिने भन्दै अस्पताल जान दिएन। एक विद्यार्थीले भने ‘हेमन्तको दिउँसो देखीनै पेट दुखी रहेको थियो ,तर युनिभर्सिटीका वार्डेन मोहन सिंहले अस्पताल जानै दिएन।

हेमन्तको मृत्यु पश्चात् आक्रोशित बनेका नेपाली र केही कश्मिरी विद्यार्थीले युनिभर्सिटी परिसरमा तोडफोड समेत गरेका छन्। आक्रोशित भएका विद्यार्थीहरु माथी प्रहरी लगाएर कुटपिट गरिएको थियो भने केही कश्मिरी विद्यार्थीलाई आफूसंगै कतै लगेको त्यहाका विद्यार्थीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...