News Portal

हेमन्त मृत्यु प्रकरण : वार्डेन मोहन सिंह प्रहरीको फन्दामा, युनिभर्सिटीले स्विकार्‍यो गल्ती

हिमाली संचार संवाददाता
५५२ पटक

दिल्ली : भारतको पंजाबस्थित मण्डि गोबिन्दगर्हमा रहेको रिम्ट युनिभर्सिटीको लापरबाहीले सप्तरीको १८ वर्षिय हेमन्त मण्डलको मृत्यु भएको छ।

हिजोसम्म कुनै पत्तो नभएको हेमन्त अहिले सोही ठाउँमा रहेको मण्डी गोबिन्दगर्ह अस्पतालमा रहेको श्रोताले जानकारी दिएको छ। सोही अस्पतालले उनको मृत्युको पुष्टि समेत गरेको हो। श्रोतका अनुसार युनिभर्सिटी प्रशासनले मृतक हेमन्तको परिवारलाई पनि जानकारी गराइसकेको छ।

हेमन्तलाई मृत्युको मुखसम्म लैजाने सोही होस्टलका वार्डेन मोहन सिंहलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ। उनको गल्ती देखिए कानुन अनुसार मुद्दा चलाउन प्रहरी तयार रहेको श्रोतले जानकरी दिए।

यो पनि पढ्नुहोस।

भारतको पंजाबस्थित रिम्ट युनिभर्सिटीले लियो एक नेपाली विद्यार्थीको ज्यान 

हेमन्तको बिहानै देखि अस्वभाविक रुपमा पेट दुख्दै आएक थियो। सोही कुरा वार्डेनलाइ जानकारी गराएर अस्पताल जान खोज्दा वार्डेन सिङले हेमन्तलाई ५ सय रुपैया दिए मात्र अस्पताल जान दिने भन्दै अस्पताल जान दिएन। एक विद्यार्थीले भने ‘हेमन्तको दिउँसो देखीनै पेट दुखी रहेको थियो ,तर युनिभर्सिटीका वार्डेन मोहन सिंहले अस्पताल जानै दिएन।

हेमन्तको मृत्यु पश्चात् आक्रोशित बनेका नेपाली र केही कश्मिरी विद्यार्थीले युनिभर्सिटी परिसरमा तोडफोड समेत गरेका छन्। आक्रोशित भएका विद्यार्थीहरु माथी प्रहरी लगाएर कुटपिट गरिएको थियो भने केही कश्मिरी विद्यार्थीलाई आफूसंगै कतै लगेको त्यहाका विद्यार्थीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...