News Portal

भारतको पंजाबस्थित रिम्ट युनिभर्सिटीले लियो एक नेपाली विद्यार्थीको ज्यान

हिमाली संचार संवाददाता
८५८ पटक

दिल्ली २८, २०१९ नोभेम्बर : भारतको पंजाबस्थित मण्डि गोबिन्दगर्हमा रहेको रिम्ट युनिभर्सिटीको लापरबाहीले एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी जिल्ला महदेवा गाउँका अन्दाजी १८ बर्षिय हेमन्त मण्डल रहेको युनिभर्सिटीमा अध्यनरत अन्य नेपाली विद्यार्थीले जेनवनन्युजलाई जानकारी दिए।

विद्यार्थीहरुका अनुसार मृत भनिएका हेमन्त बुधबार बेलुका ९ बजे देखि युनिभर्सिटी परिसरमा देखिएका छैनन्। नाम नखुलाउने शर्तमा एक जना नेपाली विद्यार्थीले उनलाई युनिभर्सिटीले नै बेपत्ता बनाएको हुन सक्ने आंशका व्यक्त गरे। उनले भने ‘हेमन्तको दिउँसो देखीनै पेट दुखी रहेको थियो तर युनिभर्सिटीका वार्डेन मोहन सिंहले अस्पताल जानै दिएनन्।

उनका अनुसार वार्डेन सिंहले हेमन्तलाई ५ सय रुपैया दिए मात्र अस्पताल जान दिने भन्दै दुख दिएका थिए। सोही युनिभर्सिटीमा अध्यनरत अन्य नेपाली विद्यार्थीले हेमन्तको बारे बुझ्न जादा प्रशासनले १ सय भन्दा बढी प्रहरी लगाएर विद्यार्थीमाथी नै दमन गराएको छ।

प्रहरीले विद्यार्थीहरु माथी कुटपिट गर्नुका साथै केही विद्यार्थीलाई आफूसंगै कतै लगेको त्यहाका विद्यार्थीले जानकारी दिए।

एक विद्यार्थीले भने ‘हामिले केही सोधे प्रहरी कोठामै पसेर पिट्न थाल्छन्, त्यही डरले हामी चुप लागेर बसेका छौं,’नभए हामिलाइ पनि युनिभर्सिटी प्रशासनले बेपत्ता बनाउन सक्छ।

रिम्ट युनिभर्सिटीमा ३ सय भन्दा बढी नेपाली विद्यार्थी अध्यनरत रहेको छ। अहिले युनिभर्सिटी प्रशासनले वार्डेन सिंहलाई गोप्य रुपमा लुकाएर राखेको खुल्न आएको छ। यो विषयमा थप विवरण आउन बाकी रहेको जनाईएको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...