News Portal

भारतको पंजाबस्थित रिम्ट युनिभर्सिटीले लियो एक नेपाली विद्यार्थीको ज्यान

हिमाली संचार संवाददाता
७८३ पटक

दिल्ली २८, २०१९ नोभेम्बर : भारतको पंजाबस्थित मण्डि गोबिन्दगर्हमा रहेको रिम्ट युनिभर्सिटीको लापरबाहीले एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा सप्तरी जिल्ला महदेवा गाउँका अन्दाजी १८ बर्षिय हेमन्त मण्डल रहेको युनिभर्सिटीमा अध्यनरत अन्य नेपाली विद्यार्थीले जेनवनन्युजलाई जानकारी दिए।

विद्यार्थीहरुका अनुसार मृत भनिएका हेमन्त बुधबार बेलुका ९ बजे देखि युनिभर्सिटी परिसरमा देखिएका छैनन्। नाम नखुलाउने शर्तमा एक जना नेपाली विद्यार्थीले उनलाई युनिभर्सिटीले नै बेपत्ता बनाएको हुन सक्ने आंशका व्यक्त गरे। उनले भने ‘हेमन्तको दिउँसो देखीनै पेट दुखी रहेको थियो तर युनिभर्सिटीका वार्डेन मोहन सिंहले अस्पताल जानै दिएनन्।

उनका अनुसार वार्डेन सिंहले हेमन्तलाई ५ सय रुपैया दिए मात्र अस्पताल जान दिने भन्दै दुख दिएका थिए। सोही युनिभर्सिटीमा अध्यनरत अन्य नेपाली विद्यार्थीले हेमन्तको बारे बुझ्न जादा प्रशासनले १ सय भन्दा बढी प्रहरी लगाएर विद्यार्थीमाथी नै दमन गराएको छ।

प्रहरीले विद्यार्थीहरु माथी कुटपिट गर्नुका साथै केही विद्यार्थीलाई आफूसंगै कतै लगेको त्यहाका विद्यार्थीले जानकारी दिए।

एक विद्यार्थीले भने ‘हामिले केही सोधे प्रहरी कोठामै पसेर पिट्न थाल्छन्, त्यही डरले हामी चुप लागेर बसेका छौं,’नभए हामिलाइ पनि युनिभर्सिटी प्रशासनले बेपत्ता बनाउन सक्छ।

रिम्ट युनिभर्सिटीमा ३ सय भन्दा बढी नेपाली विद्यार्थी अध्यनरत रहेको छ। अहिले युनिभर्सिटी प्रशासनले वार्डेन सिंहलाई गोप्य रुपमा लुकाएर राखेको खुल्न आएको छ। यो विषयमा थप विवरण आउन बाकी रहेको जनाईएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...