News Portal

वडाध्यक्ष इवारमको घरबाट हतियारसहित ८ जना पक्राउ

हिमाली संचार संवाददाता
५६८ पटक

धरान : नेकपाका स्थानिय नेता तथा धरान उपमहानगरपालिका वडा नम्वर १५का वडाध्यक्ष नरेश इवारमको घरबाट हतियार सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। वडाध्यक्ष इवराम सहितका व्यक्तिहरुलाई हतियार तथा विस्फोटक पदार्थ सहित निरञ्जन वस्तीको वडाध्यक्षकै घरबाट पक्राउ गरिएको हो।

हतियार सहित पक्राउ परेका व्यक्तिहरु वम बनाउने काममा लागेको आशंका अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरुले गरेका छन्।

पटक पटक कार्यवाहक मेयर भएका इवारमको घरबाट हतियार सहित पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय धरानमा लगिए पनि नेकपाका नेताहरुको व्यापक दवाव पछि वडाध्यक्ष इवरामलाई भने तत्काल रिहा गरिएको छ।

चुनावको मुखमा हतियार सहित पक्राउ परेकाहरुलाई सामान्य तरिकाले नछाड्न इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेलाई अन्य राजनीतिक दलका नेताहरुले भनेका छन्।

प्रहरीले घटनालाई सामसुम पार्ने प्रयास गरेर अन्य व्यक्तिहरुलाई पनि छोड्ने तयारी गरिएको आशंका स्थानियहरुको छ।

डिएसपी न्यौपानेले भने केहि शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिइ सोधपुछ र अनुसन्धान भइरहेको बताए। न्यौपानेले वडाध्यक्षकै घर छेउमा रहेको ग्रील बनाउने ठाउँबाट ८ जना नियन्त्रणमा लिइएको बताए।

स्थानियहरुले भने डिएसपीले निर्वाचन विरोधी गतिविधीमा रहेका वैद्य नेतृत्वको पार्टीका कार्यकर्ताहरु पक्राउ परेको घटनालाई देखाई वडाध्यक्ष सहित पक्राउ परेको घटनालाई सामसुम पार्ने प्रयास गरेको आरोप लगाएका छन्।

कतिपयले दिवंगत मेयर तारा सुव्वाको घरमा स्थानिय तहको निर्वाचनको समयमा बम पड्किएको प्रसङग सम्झिदै अहिले पनि त्यसैगरि सहानुभुतीको लागि वम पड्काउने आसयले नेकपाकै घरमा हतियार सहित जम्मा भएर वम बनाउने काम भएको हुनसक्ने भन्दै निष्पक्ष छानविनको लागि माग गरेका छन्।

चुनावको मुखमा आम मतदातालाई प्रभावित पार्न हतियारको खेलमा लागेकाहरुलाई कडा कानुनी कार्वाहीको माग पनि स्थानियहरुले गरेका छन्। उनीहरुले विना कार्वाही अभियुक्तहरुलाई छोडिए त्यसको विरोध गरिने बताएका छन्।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...