News Portal

वडाध्यक्ष इवारमको घरबाट हतियारसहित ८ जना पक्राउ

हिमाली संचार संवाददाता
६२३ पटक

धरान : नेकपाका स्थानिय नेता तथा धरान उपमहानगरपालिका वडा नम्वर १५का वडाध्यक्ष नरेश इवारमको घरबाट हतियार सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। वडाध्यक्ष इवराम सहितका व्यक्तिहरुलाई हतियार तथा विस्फोटक पदार्थ सहित निरञ्जन वस्तीको वडाध्यक्षकै घरबाट पक्राउ गरिएको हो।

हतियार सहित पक्राउ परेका व्यक्तिहरु वम बनाउने काममा लागेको आशंका अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरुले गरेका छन्।

पटक पटक कार्यवाहक मेयर भएका इवारमको घरबाट हतियार सहित पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय धरानमा लगिए पनि नेकपाका नेताहरुको व्यापक दवाव पछि वडाध्यक्ष इवरामलाई भने तत्काल रिहा गरिएको छ।

चुनावको मुखमा हतियार सहित पक्राउ परेकाहरुलाई सामान्य तरिकाले नछाड्न इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेलाई अन्य राजनीतिक दलका नेताहरुले भनेका छन्।

प्रहरीले घटनालाई सामसुम पार्ने प्रयास गरेर अन्य व्यक्तिहरुलाई पनि छोड्ने तयारी गरिएको आशंका स्थानियहरुको छ।

डिएसपी न्यौपानेले भने केहि शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिइ सोधपुछ र अनुसन्धान भइरहेको बताए। न्यौपानेले वडाध्यक्षकै घर छेउमा रहेको ग्रील बनाउने ठाउँबाट ८ जना नियन्त्रणमा लिइएको बताए।

स्थानियहरुले भने डिएसपीले निर्वाचन विरोधी गतिविधीमा रहेका वैद्य नेतृत्वको पार्टीका कार्यकर्ताहरु पक्राउ परेको घटनालाई देखाई वडाध्यक्ष सहित पक्राउ परेको घटनालाई सामसुम पार्ने प्रयास गरेको आरोप लगाएका छन्।

कतिपयले दिवंगत मेयर तारा सुव्वाको घरमा स्थानिय तहको निर्वाचनको समयमा बम पड्किएको प्रसङग सम्झिदै अहिले पनि त्यसैगरि सहानुभुतीको लागि वम पड्काउने आसयले नेकपाकै घरमा हतियार सहित जम्मा भएर वम बनाउने काम भएको हुनसक्ने भन्दै निष्पक्ष छानविनको लागि माग गरेका छन्।

चुनावको मुखमा आम मतदातालाई प्रभावित पार्न हतियारको खेलमा लागेकाहरुलाई कडा कानुनी कार्वाहीको माग पनि स्थानियहरुले गरेका छन्। उनीहरुले विना कार्वाही अभियुक्तहरुलाई छोडिए त्यसको विरोध गरिने बताएका छन्।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...