News Portal

  • धान वाली भित्र्याउन कृषकलाई चटाराे

    हिमाली संचार संवाददाता
    ४८१ पटक

    रबिन्द्र बराल
    मोरङ १, २०७६ मंसिर : तराईका अधिकान्स जिल्लाहरुमा यस बेला धान पाकेर खेत पहेंलपुर भएको छ। खेत बारीमा अहिले बालबालिका देखि बृद्धबृद्धाहरु समेत धान काटन र धान माडन ब्यस्त हुन थालेका छन।

    कृषि प्रधान देश नेपालमा कार्तिक र मंसिर महिनामा किसानलाई धान भित्र्याउन भ्याइनभ्याई भएको देख्न सकिन्छ। पराम्परगत रुपमा हलो जोतेर खेतिगर्दै आएका मोरङका किसानहरु यस बेला कृषि यान्त्रिकरणको प्रयोग बढि गर्ने गरेका छन।

    यान्त्रिकरणको प्रयोग वढेसंगै कृषिप्रति आर्काषण समेत वढ्न थालेको छ। नेपालमा ६५ प्रतिशतभन्दा धेरै जनसंख्या कृषिमा आश्रित छ। नेपालमा लगाइने बालिहरुमध्ये धान प्रमुख बालिमा पर्दछ। धान नै प्रमुख खाद्यान्न बाली भएकोले खाद्य सुरक्षामा धानखेतीको ठूलो महत्व रहेको छ।

    मौसम अनुसार तराईमा चैते, बर्खे, भदैया, घैया, हिउँदे धानको खेती हुने गरेको छ। संघिय र स्थानिय सरकारले वजेट मार्फत किसानलाई सिचाइका लागी वोरिङ पम्पसेट खेत जोत्ने, मकै छर्ने, धान रोप्ने र धान काटने मेशिनमा अनुुदान दिएपछि कृषि यान्त्रिकरणको प्रयोग वढेको हो।

    नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला भनेर मोरङ र झापा भनेर चिनिन्छ। झापालाई धान उत्पादनको सुपरजोन क्षेत्रसमेत घोषणा गरिएको छ।

    संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने ठाँउ पनि नेपालमै पर्दछ जुन जुम्ला जिल्लाको छुमचौर हो। किसानहरुले जोताई देखी खेत रोपाई र वालि कटाई सम्म किसानहरुले मेशिनको माध्यम बाट गर्ने गरेको पाइन्छ।

    मंसिर महिना शुुरु भएसंगै प्रायसवै किसानले यस पटक धान काटन मेशिन प्रयोग गरिरहेका छन। समयमा धान घरमा थन्काउन पाइने र झझंटपनि नहुुने भएकाले धान काट्न कम्पान नामक मेशिनको प्रयोग वढेको हो।

    यस्तोखालको मेशिन अहिले दक्षिणी भेगमा कृषकहरुले अाफैले समेत ल्याएर खेतवारीमा प्रयोग गरेको पाइन्छ। ठुुलो आकारको मेशिनले एक घण्टामा दुुई विघा धान काटेर मेशिनलेनै धान दाउनि गरेर खेतवाटै किसानले घरमा धान भित्राउनेे गरेका छन भने मेशिनकाे प्रयोगले धान काटदा तुरुन्तै बिक्रीवितरण गर्ने कृषकहरुलाई बढि फाईदा समेत हुने गरेको रंगेलीका कृषक दिपेन्द्र थापाले बताए।

    अहिले तराईमा यो मेशिनको प्रयोग वढदै गएको कृषकहरु बताउँछन्। विगतमा मंसिर लागेपछि काटन शुुरु गरेको धान भित्राउन दुुई हप्ता लाग्ने गरेकोमा यस पटक मेशिनको प्रयोगगर्दा धान काटेको दुुई घन्टामा घरमा धान भित्रााएको सुरेन मंन्डलले बताए।

    पहिलो मजदुुर समेत नपाउदा पाकेको धान खेतमै झर्ने अवस्था थियो भने गत बर्षदेखि मेशिनका प्रयोगले धानपनि समयमा काटिने र समयमै विक्रिगर्न पाइने गरेको कृषकहरु बताउँछन्। मेशिन प्रयोगले खेतमा धान रहिरहने र गोरु लगाएर धान दाउनिगर्ने समय धेरै लाग्ने गरेको थियोे भनेे अहिले मसिन अाएपछि सहज भएको बताए।

    मजदुुरको समस्या भइरहेको अवस्थामा यस्ता प्रविधि सवैतिर विस्तार गर्नेतर्फ राज्यको ध्यान जानुुपर्ने किसानहरु वताउछन। सुुनवर्सी नगरपारिलिका, रंगेली नगरपालिकाले, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका लगायतका कृषकहरु प्राविधिकयुुक्त यस्ता मेशिनको अाकर्षण प्रयोग वढेको छ।

    रंगेली ७ का हरिशंकर पासवानले भने धान राेप्ने समयमा अाफुहरुलाई धेरै खुसामत गर्ने गर्दछन। फुर्सद छैन भन्दा समेत १० दिनपछि राेपिदिनु भनेर भन्छन र पर्खिने समेत गर्दछन तर अहिले हरेक प्रकारको धान काटने मिसिन अाएपछि अाफुहरुलाई साेध्न पनि नअाउने गरेको र अब घर परिवार कसरी पाल्नु भन्दै दुखेसाे पाेखेे।

    उनि जस्ता सयौं गरिवहरुकाे राेजि राेटिनै खाेसिएकाे छ। उनीहरुले घान काटदा सुरुमा धान काटने, धान छाेप्ने र घर मालिकहरुकाे घरसम्म पुगाउने र खेतमा रहेको पराल समेत पुर्याउनुपर्ने र धान दावनि गरेर मालिकलाई जिम्मा लगाउदा अाफुहरुलाई ४० केजी धानकाे साहुहरुले ८ केजि मात्रै अाफ्नाे राेजि दिने गरेको समेत बताए। धेरै मेहनत भएता पनि अाफुहरुलाई भने कम ज्याला दिने गरेको समेत बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ठूलो मान्छे हैन, असल‌ मान्छे बन्नु !

    कमला थापा / २०८२ असोज ३० गते। उक्त भनाइ राजनेता विपी कोइरालाको हो। विपी कार्यकर्ताहरुलाई...

    एमालेको आरोप– सरकारले चुनाव गराउने बाटो छोडेको

    काठमाडौँ, असोज ३० – नेकपा एमालेले वर्तमान सरकार चुनाव गराउने दिशामा काम नगरेको दाबी गरेको...

    महँगो अस्पताल, सस्तो नर्स: नर्स–अस्पताल विवाद गहिरिँदै

    पोखरा, असोज ३० –  गण्डकी प्रदेशका दुई प्रमुख शिक्षण अस्पताल, मणिपाल र गण्डकी मेडिकल, का...

    अदालतको सेवा एक दिन पनि रोक्न नहुने प्रधानमन्त्री कार्कीको निर्देशन

    काठमाडौं, असोज ३० – काठमाडौँ जिल्ला अदालतको भवन क्षतिग्रस्त भएपछि वैकल्पिक स्थानको खोजी भइरहेका बेला...

    विपिन जोशीको शव ल्याउने तयारी अन्तिम चरणमा, आमा र बहिनी काठमाडौं फर्किए

    काठमाडौं, असोज ३० – इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया अन्तिम...