News Portal

धान वाली भित्र्याउन कृषकलाई चटाराे

हिमाली संचार संवाददाता
५४४ पटक

रबिन्द्र बराल
मोरङ १, २०७६ मंसिर : तराईका अधिकान्स जिल्लाहरुमा यस बेला धान पाकेर खेत पहेंलपुर भएको छ। खेत बारीमा अहिले बालबालिका देखि बृद्धबृद्धाहरु समेत धान काटन र धान माडन ब्यस्त हुन थालेका छन।

कृषि प्रधान देश नेपालमा कार्तिक र मंसिर महिनामा किसानलाई धान भित्र्याउन भ्याइनभ्याई भएको देख्न सकिन्छ। पराम्परगत रुपमा हलो जोतेर खेतिगर्दै आएका मोरङका किसानहरु यस बेला कृषि यान्त्रिकरणको प्रयोग बढि गर्ने गरेका छन।

यान्त्रिकरणको प्रयोग वढेसंगै कृषिप्रति आर्काषण समेत वढ्न थालेको छ। नेपालमा ६५ प्रतिशतभन्दा धेरै जनसंख्या कृषिमा आश्रित छ। नेपालमा लगाइने बालिहरुमध्ये धान प्रमुख बालिमा पर्दछ। धान नै प्रमुख खाद्यान्न बाली भएकोले खाद्य सुरक्षामा धानखेतीको ठूलो महत्व रहेको छ।

मौसम अनुसार तराईमा चैते, बर्खे, भदैया, घैया, हिउँदे धानको खेती हुने गरेको छ। संघिय र स्थानिय सरकारले वजेट मार्फत किसानलाई सिचाइका लागी वोरिङ पम्पसेट खेत जोत्ने, मकै छर्ने, धान रोप्ने र धान काटने मेशिनमा अनुुदान दिएपछि कृषि यान्त्रिकरणको प्रयोग वढेको हो।

नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला भनेर मोरङ र झापा भनेर चिनिन्छ। झापालाई धान उत्पादनको सुपरजोन क्षेत्रसमेत घोषणा गरिएको छ।

संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने ठाँउ पनि नेपालमै पर्दछ जुन जुम्ला जिल्लाको छुमचौर हो। किसानहरुले जोताई देखी खेत रोपाई र वालि कटाई सम्म किसानहरुले मेशिनको माध्यम बाट गर्ने गरेको पाइन्छ।

मंसिर महिना शुुरु भएसंगै प्रायसवै किसानले यस पटक धान काटन मेशिन प्रयोग गरिरहेका छन। समयमा धान घरमा थन्काउन पाइने र झझंटपनि नहुुने भएकाले धान काट्न कम्पान नामक मेशिनको प्रयोग वढेको हो।

यस्तोखालको मेशिन अहिले दक्षिणी भेगमा कृषकहरुले अाफैले समेत ल्याएर खेतवारीमा प्रयोग गरेको पाइन्छ। ठुुलो आकारको मेशिनले एक घण्टामा दुुई विघा धान काटेर मेशिनलेनै धान दाउनि गरेर खेतवाटै किसानले घरमा धान भित्राउनेे गरेका छन भने मेशिनकाे प्रयोगले धान काटदा तुरुन्तै बिक्रीवितरण गर्ने कृषकहरुलाई बढि फाईदा समेत हुने गरेको रंगेलीका कृषक दिपेन्द्र थापाले बताए।

अहिले तराईमा यो मेशिनको प्रयोग वढदै गएको कृषकहरु बताउँछन्। विगतमा मंसिर लागेपछि काटन शुुरु गरेको धान भित्राउन दुुई हप्ता लाग्ने गरेकोमा यस पटक मेशिनको प्रयोगगर्दा धान काटेको दुुई घन्टामा घरमा धान भित्रााएको सुरेन मंन्डलले बताए।

पहिलो मजदुुर समेत नपाउदा पाकेको धान खेतमै झर्ने अवस्था थियो भने गत बर्षदेखि मेशिनका प्रयोगले धानपनि समयमा काटिने र समयमै विक्रिगर्न पाइने गरेको कृषकहरु बताउँछन्। मेशिन प्रयोगले खेतमा धान रहिरहने र गोरु लगाएर धान दाउनिगर्ने समय धेरै लाग्ने गरेको थियोे भनेे अहिले मसिन अाएपछि सहज भएको बताए।

मजदुुरको समस्या भइरहेको अवस्थामा यस्ता प्रविधि सवैतिर विस्तार गर्नेतर्फ राज्यको ध्यान जानुुपर्ने किसानहरु वताउछन। सुुनवर्सी नगरपारिलिका, रंगेली नगरपालिकाले, रतुवामाई नगरपालिका, धनपालथान गाउँपालिका लगायतका कृषकहरु प्राविधिकयुुक्त यस्ता मेशिनको अाकर्षण प्रयोग वढेको छ।

रंगेली ७ का हरिशंकर पासवानले भने धान राेप्ने समयमा अाफुहरुलाई धेरै खुसामत गर्ने गर्दछन। फुर्सद छैन भन्दा समेत १० दिनपछि राेपिदिनु भनेर भन्छन र पर्खिने समेत गर्दछन तर अहिले हरेक प्रकारको धान काटने मिसिन अाएपछि अाफुहरुलाई साेध्न पनि नअाउने गरेको र अब घर परिवार कसरी पाल्नु भन्दै दुखेसाे पाेखेे।

उनि जस्ता सयौं गरिवहरुकाे राेजि राेटिनै खाेसिएकाे छ। उनीहरुले घान काटदा सुरुमा धान काटने, धान छाेप्ने र घर मालिकहरुकाे घरसम्म पुगाउने र खेतमा रहेको पराल समेत पुर्याउनुपर्ने र धान दावनि गरेर मालिकलाई जिम्मा लगाउदा अाफुहरुलाई ४० केजी धानकाे साहुहरुले ८ केजि मात्रै अाफ्नाे राेजि दिने गरेको समेत बताए। धेरै मेहनत भएता पनि अाफुहरुलाई भने कम ज्याला दिने गरेको समेत बताए।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...