News Portal

विदेशबाट आयात हुने सुनचाँदीको भन्सार महसुल दोस्रोपटक बढ्यो

हिमाली संचार संवाददाता
८०७ पटक

काठमाडौं २७, २०७६ कार्तिक : विदेशबाट सुन र चाँदी आयात गर्दा लाग्ने भन्सार महसुल बढेको छ।

चालु आर्थिक वर्षमै दोस्रोपटक भन्सार बढाइएको हो। बैंकहरुले आयात गर्दा मात्र नभई, विदेशबाट फर्केका यात्रुले ल्याउने सुनचाँदी र गहनामा पनि अब बढेको महसुल तिर्नुपर्ने छ।

पछिल्लो समय सुन नेपालबाट अवैधरुपमा भारतर्फ जान थालेपछि भन्सार महसुल बढाउनु परेको अर्थ मन्त्रालयले जनाएको छ। विदेशबाट नेपाल फर्कने नेपालीले ५० ग्रामसम्म सुनका गहनामा महसुल तिर्न पर्दैन।

त्यसभन्दा माथिको गहनामा महसुल तिर्नुपर्छ। सुन नै बोकेर आउनेहरुले भने कुनै पनि परिमाणमा भन्सार तिरेर मात्र ल्याउन सकिने प्रावधान आर्थिक ऐन, २०७६ ले गरेको छ। सरकारले यो ऐनलाई संशोधन गर्दै सुनको महसुल बढाएको हो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...