News Portal

विदेशबाट आयात हुने सुनचाँदीको भन्सार महसुल दोस्रोपटक बढ्यो

हिमाली संचार संवाददाता
६१४ पटक

काठमाडौं २७, २०७६ कार्तिक : विदेशबाट सुन र चाँदी आयात गर्दा लाग्ने भन्सार महसुल बढेको छ।

चालु आर्थिक वर्षमै दोस्रोपटक भन्सार बढाइएको हो। बैंकहरुले आयात गर्दा मात्र नभई, विदेशबाट फर्केका यात्रुले ल्याउने सुनचाँदी र गहनामा पनि अब बढेको महसुल तिर्नुपर्ने छ।

पछिल्लो समय सुन नेपालबाट अवैधरुपमा भारतर्फ जान थालेपछि भन्सार महसुल बढाउनु परेको अर्थ मन्त्रालयले जनाएको छ। विदेशबाट नेपाल फर्कने नेपालीले ५० ग्रामसम्म सुनका गहनामा महसुल तिर्न पर्दैन।

त्यसभन्दा माथिको गहनामा महसुल तिर्नुपर्छ। सुन नै बोकेर आउनेहरुले भने कुनै पनि परिमाणमा भन्सार तिरेर मात्र ल्याउन सकिने प्रावधान आर्थिक ऐन, २०७६ ले गरेको छ। सरकारले यो ऐनलाई संशोधन गर्दै सुनको महसुल बढाएको हो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...