News Portal

समाजवादी राजपा एकता : हात्ती आयो हात्ती आयो फुस्सा !

हिमाली संचार संवाददाता
५१५ पटक

काठमाडौं २०, २०७६ कार्तिक : सत्तारूढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच तत्कालन एकता नहुने भएको छ। एकताका लागि दुवै दलका शीर्ष नेताबीच औपचारिक/अनौपचारिक वार्ता भए पनि एकताको खाका नै तयार हुन सकेको छैन।

दुवै दल एकीकरण गरेर वैकल्पिक पार्टीका रूपमा स्थापित गर्ने उद्देश्य समाजवादी र राजपाले लिए पनि पदीय भागबण्डामा पुगेर प्रक्रिया रोकिएको बताइएको छ।

राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले पार्टी एकताको प्रक्रिया अगाडि बढेको दाबी गर्दै भन्नुभयो– ‘जनता र कार्यकर्ताको चाहनाअनुसार दुवै पार्टी एकता गरेर एउटै पार्टी बनाउन वार्ता सकारात्मकरूपमा अगाडि बढेको छ।

कम्युनिस्ट र कांग्रेसको वैकल्पिक शक्तिका रूपमा पार्टी एकता गर्न लागेको बताउँदै यादवले शीर्ष तहमा लगातार छलफल भइरहेको बताउनुभयो। एकतामा समाजवादी पार्टीभित्र ठूलो विवाद नरहे पनि राजपाभित्र विवाद रहेको बताइएको छ।

समाजवादीमा अध्यक्षद्वय डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई शीर्ष तहमा रहनुभएको छ। तर राजपाभित्र ६ सदस्यीय अध्यक्षमण्डल रहेकाले शीर्ष तहको नेता छनोटमा सकस परेको छ।

राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो एकता प्रक्रियाका लागि दौडधूपमा रहनुभएकोे भए पनि राजपाका अध्यक्ष मण्डलकै एक सदस्यले भने तत्काल समाजवादी पार्टीसँग एकता सम्भव नरहेको बताए।

समाजवादी पार्टीले यही कात्तिक २९ र ३० गतेका लागि सरकार र पार्टीको बारेमा निर्णय लिन केन्द्रीय समितिको बैठक बोलाएको छ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता हुने क्रममा नै राजपासँग एकता गर्ने भनिए पनि अन्तिम समयमा राजपा उक्त प्रक्रियाबाट बाहिरिएको थियो।

समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले पार्टी एकताका लागि शीर्ष तहमा वार्ता भइरहेको बताउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मिति नै त तोकिएको छैन, तर वार्ता र छलफल सकारात्मक रुपमा अगाडि बढिरहेको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...