News Portal

समाजवादी राजपा एकता : हात्ती आयो हात्ती आयो फुस्सा !

हिमाली संचार संवाददाता
४६४ पटक

काठमाडौं २०, २०७६ कार्तिक : सत्तारूढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच तत्कालन एकता नहुने भएको छ। एकताका लागि दुवै दलका शीर्ष नेताबीच औपचारिक/अनौपचारिक वार्ता भए पनि एकताको खाका नै तयार हुन सकेको छैन।

दुवै दल एकीकरण गरेर वैकल्पिक पार्टीका रूपमा स्थापित गर्ने उद्देश्य समाजवादी र राजपाले लिए पनि पदीय भागबण्डामा पुगेर प्रक्रिया रोकिएको बताइएको छ।

राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले पार्टी एकताको प्रक्रिया अगाडि बढेको दाबी गर्दै भन्नुभयो– ‘जनता र कार्यकर्ताको चाहनाअनुसार दुवै पार्टी एकता गरेर एउटै पार्टी बनाउन वार्ता सकारात्मकरूपमा अगाडि बढेको छ।

कम्युनिस्ट र कांग्रेसको वैकल्पिक शक्तिका रूपमा पार्टी एकता गर्न लागेको बताउँदै यादवले शीर्ष तहमा लगातार छलफल भइरहेको बताउनुभयो। एकतामा समाजवादी पार्टीभित्र ठूलो विवाद नरहे पनि राजपाभित्र विवाद रहेको बताइएको छ।

समाजवादीमा अध्यक्षद्वय डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई शीर्ष तहमा रहनुभएको छ। तर राजपाभित्र ६ सदस्यीय अध्यक्षमण्डल रहेकाले शीर्ष तहको नेता छनोटमा सकस परेको छ।

राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो एकता प्रक्रियाका लागि दौडधूपमा रहनुभएकोे भए पनि राजपाका अध्यक्ष मण्डलकै एक सदस्यले भने तत्काल समाजवादी पार्टीसँग एकता सम्भव नरहेको बताए।

समाजवादी पार्टीले यही कात्तिक २९ र ३० गतेका लागि सरकार र पार्टीको बारेमा निर्णय लिन केन्द्रीय समितिको बैठक बोलाएको छ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता हुने क्रममा नै राजपासँग एकता गर्ने भनिए पनि अन्तिम समयमा राजपा उक्त प्रक्रियाबाट बाहिरिएको थियो।

समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठले पार्टी एकताका लागि शीर्ष तहमा वार्ता भइरहेको बताउँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मिति नै त तोकिएको छैन, तर वार्ता र छलफल सकारात्मक रुपमा अगाडि बढिरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...