News Portal

नेवाःगुठी कुवेतले नोभेम्बर १ तारीखमा म्हःपुजा गर्दै

हिमाली संचार संवाददाता
११०० पटक

कुवेत ३०, २०१९ अक्टोबर : नेवाःगुठी कुवेत पुनर्गठनसँगै घोषणा गरिएको म्हःपुजा नेवाःगुठी कुवेतले आउदो शुक्रबार नोभेम्बर १ तारिखका दिन गर्ने भएको छ।

गएको अक्टोबर २५ तारिख कुकुर तिहारको दिन गर्ने भनिएको म्हपुजा विशेष कारणवस उक्त दिन गर्न असमर्थ रहेपछि अागामी शक्रबार १ नोभेम्बरको दिन फरवानिया स्थित युनिक अडिटोरियम हलमा म्हपुजा गर्न लागिएको कुरा नेवाः गुठी कुवेतका सांस्कृति विभाग तथा कार्यक्रम सम्योजक उदास श्रेष्ठले जानकारी दिए।

“संस्कृति हराए हाम्रो पहिचान हराउने छ” भन्ने मनसायका साथ २०११ मा स्थापना भएको नेवाःगुठी कुवेत पुनर्गठन पश्चात पहिलाे कार्यक्रमको रूपमा कुवेतमा म्हपुजा र नेपाल संवत ११४० मनाउन लागेको गुठी कुवेतले विविध कारणवश विगतको केहि वर्ष नेवाः परम्पराको जगेर्नाको लागि चुस्तरुपमा लाग्न नसकिए पनि अब भने नेवा सभ्यता र परम्पराको जगेर्ना गर्न लागि पर्ने जनाएको छ।

म्हपुजा कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएकाे जनाउँदै संस्थाका अध्यक्ष सुरज मास्केले नेवाः परम्परा, संस्कृतिको जगेर्ना गर्ने प्रमुख उद्येश्यका साथ नेवाःगुठी अघि बढेकाे बताए। नेपाल भाषालाइ लोप हुन नदिन कुवेतमा पनि हरेक महिनाको एउटा शुक्रबार नेपाल भाषा सिकाउने योजना रहेको पनि मास्केले बताए।

म्हपुजा विलकुलै नेपाली मौलिक चाड हाे भन्दै यस कार्यक्रम मार्फत म्हपुजा भनेको के हो र किन गरिन्छ? भन्ने बारेमा समेत जानाकारी गराइने बताउँदै नेपाल संवत किन सबै नेपालीहरुको सवंत हो र कसरी यो संवतको सुरुवात भयो? भन्ने बारेमा समेत यस कार्यक्रममा जानाकारी गराइने अध्यक्ष मास्केले बताए।

नेपालको जुनसुकै मौलिक परम्पराको बारेमा हरेक नेपाली जानाकार हुनुपर्छ र मौलिक परम्पराको विकास नै समृद्धीको पहिलो कसी हो भन्दै अध्यक्ष मास्केले संस्कृति र परम्परा जाेगाउन सबै मिलेर लागि पर्नु पर्ने बताए।

नेवाः गुठी कुवेतले कुवेतमा कार्यरत सबै नेवाः दाजुभाइ तथा दिदीबहिनीहरूलाइ म्हपुजा कार्यक्रम बारे जानकारी गराइ सकिएको जनाउँदै यदि कसैलाइ जानकारी नभएको भएमा यसै समाचारलाइ अाधार मानी म्हपुजामा कार्यक्रममा सहभागी हुन विशेष अनुरोध गरेको छ भने म्हपुजा गर्न चाहने नेवार दाजुभाइ तथा दिदीबहिनीहरूले बिहिबार साँझसम्म तपशील बमोजिमका पदाधिकारीहरूलाइ सम्पर्क गरि अाफ्नो नाम टिपाउन पनि अाग्रह गरेको छ।

सम्पर्कका लागि :
अध्यक्ष : सूरज मास्के +९६५५१०९४१७२
कोषाध्यक्ष : जुजुकाजी महार्जन +९६५९४०३२९४१
सांस्कृति प्रमुख : उदास श्रेष्ठ +९६५६९०६९७९५

तपशील:

मिति : १ नोभेम्बर २०१९ शुक्रबार
समय : बेलुका ५:३० बजे
स्थान : युनिक अडिटोरियम हल फरवानिया
आयोजक : नेवाःगुठी कुवेत।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...