News Portal

सरकारलाई निर्वाचन आचारसंहिता लागू, प्रचारप्रसार गर्न नपाइने

हिमाली संचार संवाददाता
६८३ पटक

कात्तिक ८, २०७६ काठमाडौं : मंसिर १४ गते हुने उपनिर्वाचनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारलाई शुक्रबारदेखि निर्वाचन आचार संहिता लागू हुने भएको छ।

आयोगले केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार, राजनीतिक दल, उम्मेदवार, सञ्चार माध्यम लगायतले पालना गर्नुपर्ने आचारसंहिता कात्तिक ८ गते शुक्रबारदेखि लागू हुने जनाएको छ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कात्तिक ८ गतेदेखि निर्वाचन सम्पन्न नहुँदासम्म केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले निर्वाचन प्रचारप्रसारका कार्यक्रम गर्न पाउने छैन।

त्यस्तै चुनावका लागि भवन, सवारी साधन, अन्य सामग्रीको प्रयोग गर्न नहुने, आफू मातहतमा नयाँ पद सिर्जना, विज्ञापन, सुविधा वृद्धि र पुरस्कार दिन नपाइने, सरुवा बढुवा गर्न र काज खटाउन नपाइने, विदेश भ्रमणमा जान नहुने आयोगले जनाएको छ।

उम्मेदवारले भने निश्चित दिन तोकिएपछि प्रचासप्रसार गर्न पाउने छैनन्।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...