News Portal

एउटा यस्तो देश जहाँका नागरिक संसारकै सबैभन्दा खुसि

संवाददाता
६७५ पटक

 

केट लिवर /बीबीसी ट्राभल

एक ब्याले डान्सर पार्कको बेन्चमा आफ्नो पर्स राख्छिन् तर घर फर्कने बेला बिर्सिन्छिन् ।

केही बेरपछि मिन्ना तरवामाकीलाई पर्स पार्कमा नै छोडेको थाहा हुन्छ तर उनी अलिकति पनि चिन्तित हुन्नन् । उनको पर्स पार्ककै बेन्चमा सुरक्षित छ भन्ने कुरामा उनी विश्वस्त छिन् । संसारमा यस्तो कुन देश छ, जहाँ पार्कमा पर्स बिर्सँदा पनि निश्चिन्त हुन सकिन्छ ?

उत्तरी युरोपमा बसेको फिनल्याण्ड एउटा यस्तो देश हो जहाँ यस्तो कुरामा निश्चिन्त हुन सकिन्छ ।

सन् २०१८ को वर्ल्ड ह्याप्पिनेस रिपोर्ट अनुसार फिनल्याण्ड संसारको सबैभन्दा खुसी देशको शीर्ष स्थानमा पर्छ  ।

ह्याप्पिनेस रिसर्च इन्स्टिच्युटका कार्यकारी अधिकारी माइक वाइकिंगका अनुसार फिनल्याण्डका मानिसहरुको स्वभाव अन्तर्मुखी छ । उनीहरु कहिले पनि निकै खुलेर आफ्नो खुसी वा दुःख व्यक्त गर्दैनन् । यहाँका मानिसहरु छुट्टै बस्न रुचाउँछन्, आ–आफ्नो जीवनमा मग्न हुन्छन् । उनीहरु निकै सन्तुलित जीवनयापन गर्छन् । सायद उनीहरुको खुसीको राज यही नै हो ।

सकारात्मक कुराको प्रवद्र्धन गर्ने कम्पनी पोजिटिवरिट आएले गत वर्ष मात्रै फिनल्याण्डकी ब्याले डान्सर मिन्ना तरवामाकीलाई फिनल्याण्डको सबैभन्दा खुसी व्यक्तिको रुपमा नियुक्त गरेको थियो ।

उनका अनुसार फिनल्याण्डमा मानिसहरु खुुसी हुनुको सबैभन्दा प्रमुख कारण सुरक्षाको भाव हो । कसैले आफ्नो सामान सार्वजनिक स्थानमा बिर्सिए, उनीहरुले आफ्नो सामान त्यही स्थानमा जस्ताको तस्तै पाउँछन् । कसैले पनि अरुको सामानलाई छुँदा पनि छुँदैनन् ।

खुसी हुनका लागि के आवश्यक ?

उनीहरु आफूलाई सबैभन्दा धेरै सुरक्षित महसुस गर्छन् । तर पनि उनीहरु ह्याप्पिनेस सर्वेको रिपोर्टलाई मान्यता दिँदैनन् । उनीहरुका अनुसार यो रिपोर्टले फिनल्याण्डका मानिसहरुको वास्तविक खुसी पेश गर्न सक्दैनन् ।

यस्तै, क्यानडाकी ब्रिटिश कोलम्बिया युनिभर्सिटीका प्राध्यापक र वर्ल्ड ह्याप्पिनेस रिपोर्टका सह–सम्पादक जोन हेलिवेलका अनुसार खुसीको मापन गर्नु भावनात्मक अध्ययन पक्कै होइन । तर यो रिपोर्टमार्फत संसारमा रहनसहनको स्तर मापन गर्न सकिन्छ । यही आधारमा फिनल्याण्ड सबैभन्दा अघि छ ।

देश होस् त फिनल्याण्ड जस्तो !

उनका अनुसार जीवन स्तर राम्रो गर्न कुनै देशको जीडिपी र प्रति व्यक्ति आयका साथै स्वास्थ्य र लामो उमेर महत्वपूर्ण हुन्छ । तर यसबाहेक मानिसहरुको आपसी सम्बन्ध, सहयोग, एक अर्काको सहारा बन्नु र आफ्नो निर्णय आफैं लिने स्वतन्त्रता हुनु पनि महत्वपूर्ण हुन्छ ।

यो सबै उदारता र विश्वासका कारण हुन्छ । र यसैमार्फत जीवनस्तर उत्कृष्ट हुन्छ । फिनल्याण्डका नागरिकमा यस्ता विशेषता सबैभन्दा धेरै पाइन्छन् ।

फिनल्याण्डको युनिभर्सिटी अफ हेलसिन्कीका मनोवैज्ञानिक पनि खुसी हुनका लागि सबैभन्दा महत्वपूर्ण विश्वास हो भन्ने कुरामा सहमत छन् ।

मानिसहरु आफूमाथि विश्वास गरियोस् र अरुलाई विश्वास गर्न सकियोस् भन्ने चाहना राख्छन् । यो मानिसहरु बीचको विश्वास नै हो जसका कारण यदि कसैले पैसाले भरिएको पर्स कतै बिर्सन्छन् भने त्यो त्यही स्थानमा जस्ताको तस्तै भेटिन्छ ।

पर्यटक पनि रमाउँछन्ः

रोचक कुरा के छ भने फिनल्याण्डमा पर्यटक पनि त्यति नै विश्वासिला हुन्छन् जति फिनल्याण्डका मानिसहरु हुन्छन् ।

यस वर्ष पहिलो पटक पर्यटकलाई पनि अनुसन्धानमा समावेश गरियो जसमा फिनल्याण्डका मूल निवासीझैं अन्य देशबाट आएका मानिसहरुपनि त्यति नै खुसी थिए ।

यो देशको पूरा संरचना नै यस्तो छ कि यसले मानिसहरुलाई खुसी दिन्छ ।

फिनल्याण्डमा सबैको ख्याल राखिन्छः

फिनल्याण्डको सरकार भावनाबाट चल्छ । यहाँ मानवाधिकारको सम्मान अत्यधिक गरिन्छ । लैङ्गिक समानता होस् वा रोजगार, यहाँ सबैको ख्याल राखिन्छ । यहाँसम्म कि पर्यावरण सम्बन्धि नीति नियम पनि हरेक स–सानो कुराको ख्याल राखेर तयार गरिन्छ ।

यही कारण यहाँका मानिसहरुको जीवनस्तर अन्य देशको तुलनामा निकै राम्रो छ । त्यसकारण यहाँ चारैतिर खुसी छ ।

यदि कसैले खुसी हुनुको अर्थ सधैंभरी हाँसिरहने, नाच्ने गाउने र अत्यधिक पैसा खर्च गर्ने बताउँछन् भने उनीहरुका लागि फिनल्याण्डका मानिसहरु खुसी नहुन सक्छन् । यहाँ खुसीको अर्थ ‘क्वालिटी अफ लाइफ’ (जीवनको गुणस्तर) हो ।

प्राध्यापक वाइकिंगका अनुसार फिनल्याण्डका मानिसह यो सर्वे रिपोर्टमा चकित किन छन् भने उनीहरुलाई सर्वेमार्फत् के कुरा मापन गरिन्छ भन्ने कुरा नै थाहा छैन ।

फिनल्याण्डका मानिसहरु आफ्नो भावना निकै सजिलै दबाउन सक्छन् । उनीहरु यसलाई सिसू भन्छन् । यसको अर्थ ताकत, वैराग्य र लचिलापन ।

फिनल्याण्डका मानिसहरु भावना दबाउनुलाई आफ्नो शक्ति ठान्छन् । उनीहरु शान्त जीवन बाँच्न रुचाउने भएकाले यस्तो गर्छन् । दुःखी बनाउने सबै कुरालाई आफूबाट टाढा राख्न उनीहरु राम्रोसँग जान्दछन् ।

ह्याप्पिनेस सर्वे संसारका विभिन्न देशमा गरिन्छ । जुन देशको स्थिती राम्रो थियो त्यहाँका मानिसहरुलाई धेरै प्रश्न सोधिएको थियो ।

तर सिरिया, लाइबेरिया र अफगानिस्तानजस्ता देश, जहाँको स्थितीले नै उदासी स्पष्ट भइरहेको थियो, त्यहाँका नागरिकलाई धेरै प्रश्न सोधिएन ।

यदि फिनल्याण्डका जनताको खुसीको राजको कुरा गर्ने हो भने यो विश्वास र उदारतामा   लुकेको छ ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...