News Portal

सुर्खेतको पिपिरामा दशैंको भोजमा अचार खाँदा ३१ बिरामी

हिमाली संचार संवाददाता
६९८ पटक

२२ असोज २०७६, सुर्खेत।


सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैंको भोजमा अचार खाएका ३१ जना बिरामी परेको स्काईन्यूजले जनाएको छ।

स्थानीय रामप्रसाद लामिछानेको घरमा बनाईएको अचार खाँदा रामप्रसादका परिवारसहित दशैंको टिका लगाउन आएका पाहुना सबै विरामी परेका हुन्। दशैंको भोजमा अचार खाएलगत्तै बुधबार विहानदेखि नै बिरामी हुन थालेको स्थानीयले बताएका छन्।

चिकित्सककाअनुसार बिरामीहरुमा झाडावान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको छ। बिरामी भएका मध्ये १६ जना माया नर्सिङ्ग होम र बाँकी राना मेडिकल हल र बोहरा फार्मेसीमा उपचार भइरहेको हिमप्रसाद पौडेलले बताए।

पौडेलका अनुसार सोही घरमा दशैको भोज खाएका केही व्यक्तिहरु सामान्य उपचारपछि घर फर्किसकेका छन भने सिकिस्त ३ जनाको माया नर्सिङ्ग होममा भर्ना गरेर उपचार भईरहेको छ।

माया नर्सिङ्ग होमका डाक्टर कृष्णदेव गिरीले ‘फुड प्वाईजन’ भएको हुन सक्ने बताए। जुन वस्तु खाएको हो ति वस्तुहरुको नमूना परीक्षण गरेर कारण वास्तविकता पत्ता लाग्ने डा.गिरीको भनाई छ।

‘फुड प्वाईजन’ को अवधि ७२ घण्टासम्म रहने भएकाले चिन्ता गर्नुपर्ने स्थिती नरहेको उनले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...