News Portal

सुर्खेतको पिपिरामा दशैंको भोजमा अचार खाँदा ३१ बिरामी

हिमाली संचार संवाददाता
५९२ पटक

२२ असोज २०७६, सुर्खेत।


सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११, पिपिरामा दशैंको भोजमा अचार खाएका ३१ जना बिरामी परेको स्काईन्यूजले जनाएको छ।

स्थानीय रामप्रसाद लामिछानेको घरमा बनाईएको अचार खाँदा रामप्रसादका परिवारसहित दशैंको टिका लगाउन आएका पाहुना सबै विरामी परेका हुन्। दशैंको भोजमा अचार खाएलगत्तै बुधबार विहानदेखि नै बिरामी हुन थालेको स्थानीयले बताएका छन्।

चिकित्सककाअनुसार बिरामीहरुमा झाडावान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको छ। बिरामी भएका मध्ये १६ जना माया नर्सिङ्ग होम र बाँकी राना मेडिकल हल र बोहरा फार्मेसीमा उपचार भइरहेको हिमप्रसाद पौडेलले बताए।

पौडेलका अनुसार सोही घरमा दशैको भोज खाएका केही व्यक्तिहरु सामान्य उपचारपछि घर फर्किसकेका छन भने सिकिस्त ३ जनाको माया नर्सिङ्ग होममा भर्ना गरेर उपचार भईरहेको छ।

माया नर्सिङ्ग होमका डाक्टर कृष्णदेव गिरीले ‘फुड प्वाईजन’ भएको हुन सक्ने बताए। जुन वस्तु खाएको हो ति वस्तुहरुको नमूना परीक्षण गरेर कारण वास्तविकता पत्ता लाग्ने डा.गिरीको भनाई छ।

‘फुड प्वाईजन’ को अवधि ७२ घण्टासम्म रहने भएकाले चिन्ता गर्नुपर्ने स्थिती नरहेको उनले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...