News Portal

प्रिमियर लिगमा म्यान्चेष्टर सिटी दुई शुन्यले पराजित !

हिमाली संचार संवाददाता
६३२ पटक

२०७६ असोज २० काठमाडौं : इङ्गलिस प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा म्यान्चेष्टर सिटी आफ्नै घरेलु मैदानमा हुल्भ्ससँग २-० गोल अन्तरले नमिठो हार स्विकार्न बाध्य भएको छ।

अधिकांश समय बल आफ्नो नियन्त्रणमा राखेता पनि खेलको अन्तिम समयतिर सम्हालिन नसक्दा पाहुँना टोलीलाई २-० को नतिजा सुम्पनु परेको थियो। हुल्भ्सलाई जिताउने क्रममा अडामा ट्राओरेले खेलको ८०औ तथा ९४औ मिनेटमा गोल गरे। यो हार सँगै डिफेन्डिङ्ग च्याम्पियन सिटी जारी लिगमा लिग लिडर लिभरपुल भन्दा ८ अंकले पछाडी परेको छ।

समान ८ खेल खेलेको लिभरपुल २४ अंक सहित लिगमा पहिलो स्थानमा रहँदा सिटी १६ अंकका साथ दोस्रो स्थानमा रहेको छ। यस्तै गए राती प्रिमियर लिग अन्तर्गत भएका अन्य खेलहरुमा चेल्साले साउथह्याम्पटनलाई ४-१ ले हराउँदा आर्सनलले बर्नेमाउथलाई १-० गोल अन्तरले हरायो। अर्को खेलमा म्यान्चेष्टर युनाइटेडलाई न्यु क्याष्टलले १-० ले स्तब्ध पार्यो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...