राजदूतावास कुवेतद्वारा बडादशैको शुभकामना, दूतावास तीन दिन बन्द रहने
३ अक्टोबर २०१९ कुवेत : नेपाली राजदुतावास कुवेतले नेपालीहरुको महानपर्व बडादशैं २०७६ को शुभकामना व्यक्त गरेको छ।
आज (बिहीवार) एक बिज्ञप्ती जारी गर्दै दूतावास कुवेतले बडादशै २०७६ को पावन अवसरमा कुवेतमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा दशैको शुभकामना दिएको हो।
दूतावास कुवेतद्वारा जारी बिज्ञप्तीमा भनिएको छ, “यसै अवसरमा यही २०, २१ र २२ असोज २०७६ तदनुसार (७, ८ र ९ अक्टोवर) का दिन नेपाली राजदूतावास कुवेत बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिन्छ।”
बिज्ञप्ती यस्तो छ:












