News Portal

सरगम संगितालयले सम्पन्न गर्‍यो बिर्तामोडमा बडादशैँ सांस्कृतिक कार्यक्रम

हिमाली संचार संवाददाता
१०५७ पटक

प्रबिन बिसि
बिर्तामोड १२ असोज : झापाको बिर्तामोड स्थित सरगम संगितालयले आउदै गरेको बडादशैँको अवसरमा शनिबार सांस्कृतिक कार्यक्रमको आयोजना गरि कला प्रर्दशन गरेको छ।

करिब डेढ बर्ष देखि सामाजिक कार्यमा समर्पित संगितालयले गत बर्ष झै यसवर्ष पनि दशै नजिकिदै गर्दा यो कार्यक्रमको आयोजना गरेको संगितालयका प्रबन्ध निर्देशक तथा प्रशिक्षक दिपक रायमाझिले जानकारी दिनुभयो।

प्रशिक्षक रायमाझिको सभापतित्व तथा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको थियो।

कार्यक्रममा बिशिष्ट अतिथि बरिष्ठ रचनाकार तथा संगितकार शिव शंकर थापा, मणि बर्देवा लगायत २ सय भन्दा बढिको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाली पहिचानमा अधारित बिभिन्न जातजातीहरुका भाषा, सस्कृति र मौलिकताको जगेर्ना गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको रायमाझिले बताउनु भयो।

बिभिन्न जातिय पोशाक लगायका संगितालयका बिद्यार्थीहरुले बिभिन्न भाषाभाषिका गितहरु प्रस्तुत गरेका थिए। यसै बिच प्रमुख अतिथि प्रसाइले यस्ता कार्यक्रमले सामाजमा सकरात्मक प्रभाब पारेको भन्दै पोशाक र भाषालाई सधै सम्मान गर्नु पर्ने बताउनुभयो।

नेपाली युवाहरुमा बहिरी फेसनको सिकोले मौलिकतामा असर गरेको भन्दै सस्कृति जोगाउन युवा वर्गनै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो।

सरगम बिद्यार्थी मञ्चका अध्यक्ष राम चन्द्र नेपालले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा श्राद्धा प्रसाईले स्वागत तथा संचारकर्मी प्रबिन बिसी, कृतिका खतिवडा र एलिना श्रेष्ठले सञ्चालन गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...