News Portal

सांगितिक क्षेत्रमा जम्दै लोकेन्द्र जिसि कुमार !

हिमाली संचार संवाददाता
१२३९ पटक

कृष्णप्रसाद अधिकारी
८ असोज २०७६ दैलेख : दैलेखी माटोले जन्माएका गाएक हुन लोकेन्द्र जि सि कुमार प्राय सबै बिधाका गीतहरु गाउँन सक्ने क्षमताका गायक मध्येका कलाकाररमा लोकेन्द्रलाई पनि लिन सकिन्छ।

उनलाई नचिन्ने प्राय कमै होलान सबैसंग नजिक हुने, सबैलाई सहयोग गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्ने समाजसेवी जिसि दैलेखकोे नारायण नगरपालिका नगरपालिका वडा नं १ गहतारीमा २०३७ सालमा जन्मीएका हुन।

यतिबेला उनि आफ्नो शिक्षण पेशासंगै सागितिक क्षेत्रमा जम्दै आएका छन् शिक्षण पेशामा आबद्ध भएपनि विद्यालय बन्द भएको अवसर पारेर बिभिन्न गीतहरु बजारमा ल्याइराखेका छन्। पछिल्लो चरण उनका रचनाहरु मन नपराउँने प्राय कमै भेटिन्छन्।

सानो छदाको रहर पुरा गर्न सांगितिक क्षेत्रमा प्रबेश गरेका कुमारले हाल झ्यााउँरे गित, देउडा, आधुनिक लगायत सबै गीतमा सहभागिता जनाएका छन्। उनले शब्द लय र स्वर दिएका गीत कम्तीमा एक सय भन्दा बढि गीतहरु बजारमा आईसकेका छन।

उनि आफै गित गाउँछन, आफै लय सिर्जना गर्छन, आफै अभिनय गर्छन, सबै बिधामा गीत लेख्न सक्ने, मिनेट भरमै लय सिर्जना गर्ने कला उनमा रहेको छ। उनले केहि गीतको लय, शब्द तथा शृजना गरेका छन ।

दैलेख जस्तो सामान्य गाउँमा जन्मिए पनि शिक्षण पेशामा आवध हुदाँ समेत शिक्षण पेशाले उनको सांगितिक यात्रा रोकेन उनले निरन्तरता दिई रहेका छन्। स्वास्थ्य विषयमा स्नाकोतर गरिसकेका कुमार हाल सरस्वति माध्यामिक विद्यालयमा शिक्षण गर्दै आएका छन्।

सामान्य परिवारबाट माथि उठेसंगै शिक्षण पेशामा लागे देखि आर्थिक स्थिति सुधार भएपछि आफु सांगितिक क्षेत्रमा प्रवेश गरेको बताए।

२०६५ सालमा कस्तो माया लाएँ गितबाट सुरुगरेको सागितिक यात्रा अहिले दरिलो बनेको छ। त्यसको लगतै उनको ‘माया गर्ने मुट रेटिसक्यौ र गीतले उनलाई लोकन्द्र जि.सि कुमार भनेर सबै सामु चिनाएको थियो। यस गीतमा राम्जी खाँण र टिका पुनको स्वर रहेको थियो भने लय/शब्द कुमारकै थियो उनले यस गीतमा अभिनय सम्म गरेका छन्। उनि राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान दैलेखका संस्थापक अध्यक्ष समेत हुन।

एकातिर शिक्षण पेशामा भएपनि र्फुसदको समयमा गीत गाउँने गरेका छन् लोकेन्द्र जिसि कुमार पछिल्लो समयमा नेपाली गीत संगीत जगतका कलाकारहरु भन्दा फरक धारमा एक पछि, अर्को गीत बजारमा ल्याउने क्रममा गायक, सर्जक, मोडल, लोकेन्द्र जिसी कुमारको तम्रा घर कर्णाली पारी नामक देउडा गीतले पनि चर्चा कमाएको थियो।

कर्णाली प्रदेशमै पहिलो पटक ड्रोन क्यामरावाट छायाँकन गरिएको देउडा गीतको म्युजिक भिडियो दैलेख जिल्लाका विभिन्न रमणीय ठाउँहरु वेलासपुर मन्दिर, दैलेख सदरमुकाम, कोतगढि, लोहोरे र छामघाटको संगम स्थल चुप्रा दोभान, लगाएतका ठाउँमा छायांकन गरिएको थियो। स्थानिय स्तरमै भिडियो निर्माण गर्ने कुरामा जोड दिदै आएका छन्। उनले नयाँ गीत रेकडिङ्गको लागी देशै विदा मिलाएर काठमाडौं जाने बताए।

आफु यस क्षेत्रमा लागेको अनुभव सुनाउदै कुमारले भने यस क्षेत्रमा लाग्ने पछिल्लो पिडिलाई सकेको सहयोग गर्ने छु र सबैलाई सल्लाह सुझाब दिदै आएका छु।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...