News Portal

यूकेको एनआरएन अध्यक्षमा पुनम विजयी

हिमाली संचार संवाददाता
७२० पटक

२२ सेप्टेम्बर २०१९ लण्डन : गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको अध्यक्षमा पुनम गुरुङ विजयी भएकी छन्। एनआरएनका सबैभन्दा धेरै सदस्य रहेको मुलुक यूकेमा अध्यक्ष जित्ने पुनम पहिलो महिला हुन्। प्रतिस्पर्धी शेर बहादुर सुनारलाई २ सय ३ मतको अन्तरले हराउँदै पुनमले जित निकालेकी हुन्।

आइतबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार पुनमले ४ हजार ५५१ मत प्राप्त गरेर अध्यक्ष जित्दा सुनार ४ हजार ३४८ मतमा रोकिए। एनआरएन युकेको महासचिवमा पनि पुनम प्यानलकै फणिन्द्र भट्टराई फराकिलो मतान्तरमा निर्वाचित भएका छन्।

त्यस्तै, उपाध्यक्षमा प्रेम गाहा र सुलिबाबु खड्का तथा महिला उपाध्यक्षमा पुनम प्यानलकै रोजिना प्रधान राई विजयी भएका छन्। सचिवमा जित रानाभाट र कोशलेश्वर ढकाल निर्वाचित हुँदा महिला सचिवमा रन्जिता मल्लले बाजी मारेकी छन्। कोषाध्यक्षमा तेजेन्द्र रोक्का र सहकोषाध्यक्षमा सकुन्तला गुरुङ विजयी भएका छन्।

एनआरएन युकेको युवा संयोजकमा नवीन गुरुङ र महिला संयोजकमा प्रसुना कँडेलले जितेका छन्। त्यस्तै, सदस्यहरुमा सरस्वती केसी, अमृता गिरी, गोमा पौडेल, प्रकाश कँडेल, कोपिला वनेम, लालवहादुर गुरुङ, कृष्णप्रसाद खरेल, डा.सुनीलकुमार शाह, हेम लिम्बु, चन्द्रकला लिम्बु,तारामैया गुरुङ र ज्ञानेन्द्र आलेमगर निर्वाचित भएका छन्।

एनआरएन आईसीसी सदस्यमा यूकेबाट लिलादेवी गुरुङ, सुशीला राई, योगकुमार फगामी, दयानिधी सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...