News Portal

यूकेको एनआरएन अध्यक्षमा पुनम विजयी

हिमाली संचार संवाददाता
५६६ पटक

२२ सेप्टेम्बर २०१९ लण्डन : गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको अध्यक्षमा पुनम गुरुङ विजयी भएकी छन्। एनआरएनका सबैभन्दा धेरै सदस्य रहेको मुलुक यूकेमा अध्यक्ष जित्ने पुनम पहिलो महिला हुन्। प्रतिस्पर्धी शेर बहादुर सुनारलाई २ सय ३ मतको अन्तरले हराउँदै पुनमले जित निकालेकी हुन्।

आइतबार सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार पुनमले ४ हजार ५५१ मत प्राप्त गरेर अध्यक्ष जित्दा सुनार ४ हजार ३४८ मतमा रोकिए। एनआरएन युकेको महासचिवमा पनि पुनम प्यानलकै फणिन्द्र भट्टराई फराकिलो मतान्तरमा निर्वाचित भएका छन्।

त्यस्तै, उपाध्यक्षमा प्रेम गाहा र सुलिबाबु खड्का तथा महिला उपाध्यक्षमा पुनम प्यानलकै रोजिना प्रधान राई विजयी भएका छन्। सचिवमा जित रानाभाट र कोशलेश्वर ढकाल निर्वाचित हुँदा महिला सचिवमा रन्जिता मल्लले बाजी मारेकी छन्। कोषाध्यक्षमा तेजेन्द्र रोक्का र सहकोषाध्यक्षमा सकुन्तला गुरुङ विजयी भएका छन्।

एनआरएन युकेको युवा संयोजकमा नवीन गुरुङ र महिला संयोजकमा प्रसुना कँडेलले जितेका छन्। त्यस्तै, सदस्यहरुमा सरस्वती केसी, अमृता गिरी, गोमा पौडेल, प्रकाश कँडेल, कोपिला वनेम, लालवहादुर गुरुङ, कृष्णप्रसाद खरेल, डा.सुनीलकुमार शाह, हेम लिम्बु, चन्द्रकला लिम्बु,तारामैया गुरुङ र ज्ञानेन्द्र आलेमगर निर्वाचित भएका छन्।

एनआरएन आईसीसी सदस्यमा यूकेबाट लिलादेवी गुरुङ, सुशीला राई, योगकुमार फगामी, दयानिधी सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...