News Portal

मकाउमा तयामा खियामा दिवस भव्यताका साथ सम्पन्न [फोटो फिचर]

हिमाली संचार संवाददाता
१२६२ पटक

सन्जिब राई
मकाउ १७ सेप्टेम्बर २०१९ : किरात राई यायोक्खा मकाउको आह्वानमा किराती आदिम पुर्खा “तयामा-खियामा दिवस” भव्यताका साथ मकाउमा बसोबास गर्ने किरातीहरुले आफ्ना पुर्खाको सम्झनामा पुर्खाको सम्मान स्वरुप तयामा खियामा दिवस आयोजना गरी दोस्रो बर्ष पनि मकाउमा भव्यरुपले सम्पन्न गरेको छ।

किरात राई यायोक्खा मकाउको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको अध्यक्ष भिमकुमार राई “किराती” को सभापतित्वमा कार्यक्रमले औपचारिक रुप लिएको थियो। उक्त कार्यक्रममा मकाउका किरातीहरुको उत्साहजनक र गर्विलो सहभागिता समेत रहेको थियो।

उत्साहजनक उपस्थित महानुभावहरुलाई बडो छोटकरी रुपमा मार्मिक तरीकाले संस्थाका उपाध्यक्ष भूपेन्द्र राईले कार्यक्रम संचालन गर्नु भएको थियो साथै उपस्थित महानुभावहरुलाई स्वागत मन्तब्य क्रममा किराया अध्यक्ष भिम कुमार राईले बिशेष शुभकामना ब्याक्त गर्नु भएको थियो भने हाम्रो पुर्खाहरुले परिकल्पना गर्दै तानबुनेर लत्ता-कपडा साथै किरात सभ्यताको ईतिहासलाई सरल भाषामा ब्याख्य गर्नु भएको थियो।

महासचिव मंगल राईले मकाउमा हाम्रो गर्भिलो सहभागीता प्रति आभार ब्याक्त गर्नु हुदै खुशी साट्न पछी पर्नु भएन। स्वास्थ्य अनुकुल हुदाहुदै पनि संस्थाप्रतिको यो महत्वपुर्ण उपस्थितिले कार्यक्रम थप उत्साहित भएको थियो साथै कार्यक्रमको महत्वपुर्ण ब्यबस्थापनको राम्रो प्रबन्ध सर्मिला राई, रीता राई र सुशी राई धेरै धन्याबाद समेत दिनु भयो। कार्यक्रममा आजीवन सदस्यता समेत वितरण गरिएको थियो।

प्रबासी मञ्चका अध्यक्ष कृष्ण अधिकारी समेतको उपस्थितिले कार्यक्रम गौरव बढाएको थियो भने किरात खेलकुदको विषयमा महेन्द्र कुमार राईले लेख्नु भएको स्मारिकाको विषयमा संक्षिप्त चर्चा समेत गर्नु भयो।

शुभकामना मन्तब्य सकिने बित्तिकै कार्यक्रममा किराती भेषभुषामा सजिएका “तयामा-खियामा” जस्तै देखिने लामबद्ध भएर “तयामा-खियामा” दिवस मकाउमा दिप प्रज्वलन गरेर कार्यक्रमलाई औपचारिक स्वरुप दिईएको थियो।

क्यानसर पिडित सहयोग हस्तान्तरण !

यसै क्रममा किरात राई यायोक्खा मकाउले क्यानसर पिडित दानबहादुर राई र सबुरमाया राईलाई पनि “किरात राई यायोक्खा मकाउ संस्थाको तर्फबाट मोप.५,००।- # कुमार राई $.२५०।- # मंगल राई $.२००।- # भिककुमार राई $.१००।- # रत्नमणि राई $१००।-# राकेश राई $.१००।-# जीतकुमार राई $.१००।-# धनकुमार राई $.१००।- # सर्मिला राई $.१००।-#सन्जिब कोयी $.१००।-# दुर्गा ब. राई $.१००।-# भुपाल राई $.१००।-# भिम खालिङ $.१००।-# बिन्द्रा सुनुवार $.१००।-# रक्षा दल राई $.१००।-# कृष्ण ब. अधिकारी $१००।- #जम्मा मोप $.२,४५०।- (अक्षरुपी मोप दुई हजार, चार सय, पचास मात्र) किराया मकाउका सदस्य सूर्य बहादुर राईलाई सहयोग हस्तान्तरण गरिएको थियो।

यतिखेर समृद्धिको राष्ट्रको कुरा पनी उत्करकर्षमा छ। बिकास निर्माण बहस हुदै गर्दा बिरोधिको कुरा हैन! कुरा हो व्यवस्थित बिकास निर्माणको साथै बिकास निर्माणको क्रममा कुनैपनि खालको धार्मिक, सास्कृतिक र ऐतिहासिक सम्पदाहरु भत्किनु हुदैन सबै तह तप्का समुदायको कर्तव्य साथै हामीले बुझ्नुपर्ने महत्वपुर्ण कुरा यही हो।

हाम्रो संस्कृति संस्कार जहिलेसम्म रहन्छ, संस्कार रहे सभ्यता रहन्छ सभ्य समाजले मात्र एक समृद्ध राष्ट्र नेपालको निर्माण गर्न मद्धत पुग्छ त्यसैले हामीसंग भएको हाम्रो महत्वपुर्ण संस्कार, संस्कृति, भेषभूषा साथै महत्वपुर्ण भाषाहरुको अभिलेखिकरण संक्षण गरौ भन्ने मुल उदेश्यले विश्व भरी छरिएर रहनु हुने किरातीहरुले आफ्ना आदिम पुर्खाका सम्झना स्वरुप यो दिवस मनाउन थालिएको हो।

थप तस्बिरहरु :

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...