News Portal

पहिलोपटक टेम्पो र माइक्रो हटाएरै ठूला बस चलाइयो

हिमाली संचार संवाददाता
१००१ पटक

२९ साउन, काठमाडौं । सरकारी पहलबाट काठमाडौं उपत्यकाका लामो रुटमा माइक्रो र टेम्पो विस्थापन गरेर ठूला बस सेवा थाल्ने पहिलो प्रयोग सफल भएको छ । सरकारी प्रयासमा खुलेको ‘दिगो सार्वजनिक यातायात कम्पनी’ले मंगलबार नयाँ बसपार्क-गोल्कोपाखा-जमल-कमलपोखरी- ज्ञानेश्वर- मैतिदेवी-पुरानो बानेश्वर-सिनामंगल- कोटेश्वरसम्मको रुटबाट माइक्रो र टेम्पो विस्थापन गर्दै १७ ठूला बस चलाउन थालेको छ ।

यि बसहरु सोही रुट हुँदै मैतिदेवीबाट डिल्लीबजार रत्नपार्क हुँदै फर्किनेछन् । यातायात व्यवस्था विभागका अनुसार यो एसियाली विकास बैंक (एडीबी)ले पहिचान गरेको वैज्ञानिक रुट हो ।

बस सेवको उद्घाटन यातायातमन्त्री रघुवीर महासेठले सोमबार नै गरेका थिए । मंगलबारबाट भने नियमित सेवा सुरू भएको छ ।

आजसम्म यो रुटलाई आधार बनाएर ३५ वटा टेम्पो र २६ वटा माइक्रो बस सञ्चालनमा थिए । अब तीनलाई अन्य टर्सरी रुटमा सारिएको छ ।

मंगलबारबाट सञ्चालनमा आएका सबै बस अपांगमैत्री छन् ।

नयाँ बसहरुमा जीपीएस सिस्टम छ । बसमा डिटिजल कार्डबाट पनि भाडा तिर्ने व्यवस्था पनि छ । जसमा विद्युतीय टिकेट प्रिन्ट हुन्छ । बसभित्र सुरक्षाका लागि सिसिटीभी क्यामेरा जडान गरिएका छन् ।

निशुल्क वाईफाई, एलइडी टीभी, रुटको नक्सा, लगायतका सुविधा पनि छन् । ह्वीलचेयर राख्ने स्पेश पनि छ ।


सरकारको जमानीमा नगर विकास कोषको सहुलियत ऋण सहयोगमा साना सवारी साधन हटाएर ४० सीट क्षमताका बस चलाइएको हो । सरकारले उपत्यकामा ‘मास ट्रान्स्पोर्टेसन’ प्रणाली लागू गर्न पहिलो चरणमा सामाखुशी यातायात र सफा टेम्पो परिवहन संघसँग सम्झौता गरेको थियो ।

दुवै यातायात व्यवसायी समितिमा आवद्ध व्यवसायीले ठूला बस खरिद गरेर ‘दिगो सार्वजनिक यातायात कम्पनी’ दर्ता गराएका थिए । शुरुमा यो रुटमा व्यवसायी माइक्रो र टेम्पो हटाउन तयार भएका थिएनन् ।

सरकारले प्रोत्साहनका रुपमा सहुलियत ऋण र १५ प्रतिशत अनुदान उपलब्ध गराउने भएपछि उनीहरु कम्पनीमा जान सहमत भएका थिए । यो परियोजनामा ८० प्रतिशत लगानी ५ प्रतिशतको सहुलियत ब्याजदरमा उपलब्ध गराइएको छ । व्यवसायीले ५ प्रतिशत नगद लगानी गरेका छन् । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...