News Portal

  • नेवा गुठी कुवेत पुनर्गठन, अध्यक्षमा मास्के सर्वसम्मत

    हिमाली संचार संवाददाता
    ३३७ पटक

    कुवेत : नेवाः गुठी कुवेत पुनर्गठन भएको छ भने पुनर्गठित कार्यसमितिमा सुरज मास्के अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।

    गुठी कुवेतले गत शुक्रबार साँझ कुवेतको मिसिला बिचमा एक पिकनिक कार्यक्रमको अायोजना गरि माैजुदा पुरानो कार्यसमितिलाइ विघटन गरि मास्केको अध्यक्षमा सर्वसम्मतिबाट १७ सदस्सीय नयाँ कार्यसमिति गठन गरेको नेवाः गुठीको नवनिर्वाचित प्रथम उपाध्यक्ष राजन श्रेष्ठले जानकारी दिए।

    नव गठित कार्यसमितिमा पुर्व अध्यक्ष शिब कुमार श्रेष्ठ संरक्षक रहेका छन् भने प्रथम उपाध्यक्षमा राजन श्रेष्ठ, द्वित्तीय उपाध्यक्षमा मंगल डंगोल, तृतीय उपाध्यक्षमा पदम कुमार श्रेष्ठ र महिला उपाध्यक्षमा बिमला श्रेष्ठ रहेकी छन।

    त्यसैगरि महासचिवमा नबिन सन श्रेष्ठ, सचिवमा ध्रुब कुमार श्रेष्ठ, कोषाध्यक्षमा जुजुकाजी महर्जन तथा सह-कोषाध्यक्षमा पुर्ण प्रसाद श्रेष्ठ रहेका छन् ।

    नवगठित कार्यसमितिमा खेलकुद विभाग र संस्कृति विभाग पनि गठन गरिएको छ जसमा खेलकुद विभाग प्रमुखमा हर्क श्रेष्ठ रहेका छन् भने उप प्रमुखमा दिल श्रेष्ठ रहेका छन्। त्यसैगरि संस्कृति विभाग प्रमुखमा उदाश श्रेष्ठ रहेका छन् भने उपप्रमुखमा मुकेश शाक्य रहेका छन् ।

    कल्याण श्रेष्ठ, यादब श्रेष्ठ, राधेश्याम श्रेष्ठ र सानुकाजी महर्जन सल्लाहकार रहेको नयाँ कार्य समितिका सदस्यहरूमा राम कुमार श्रेष्ठ, मिरा श्रेष्ठ, रोशन श्रेष्ठ, ज्योती श्रेष्ठ, राजु श्रेष्ठ, इलाज श्रेष्ठ, बाल कुमार महर्जन र श्रीकुमार श्रेष्ठ रहेका छन् ।

    गठन भए लगत्तै विभिन्न निर्णयहरू गर्दै संस्थालाइ बलियो बनाउनको लागि संस्थाको एउटा छुट्टै बचत कोष संचालन गर्ने तथा अागामी अक्टोबर २५ तारिख शुक्रबार काग तिहारको दिन कुवेतमा म्हः पुजा गर्ने जनाइएको छ ।

    सन २०११ मा तत्कालिन अभियन्ताहरू नबराज श्रेष्ठ, हर्क श्रेष्ठ, तेज बहादुर श्रेष्ठ लगायत एक भइ जातीय भाषा, कला, संस्कृतिको संरक्षण, सम्बर्धन तथा जातीय हक, हित र उन्नतीको लागि प्रवासबाट पनि कृयाशिल रहनु पर्दछ भन्दै गठन भइ कृयाशिल रहेको नेवा गुठी कुवेतले विभिन्न सांस्कृतिक झाँकी, नेवारी भोज तथा खेलकुद प्रतियोगताहरू गराउँदै अाएको थियो।

    केहि समय यता अलि सुस्ताएर ओझेलमा परे झैं भएको नेवाः गुठी कुवेतले अब भने गति लिने अनुमान गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Himalisanchar.com
    Private group · 22,670 members
     

    Join Group

     

    यो Himalisanchar.com सबैको साझा Group हो। यसमा हजुरहरुले ताजा रोचक, ज्ञानवर्दक, नेपाली समाचार पढ्न सक्नुहुनेछ। आफ्ना साथीहरुलाई add गर्न नभुल्नुहोला।

    संसद्‍को कार्यसूचीबाट यसरी हटाईयो संविधान संशोधन विधेयक

    काठमाडौं – संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीबाट बुधबार संविधन संशोधन प्रस्ताव हटेको छ।...

    श्रीपेच नभएका राजाहरु !

    सामन्तवाद नेपालमा पनि विभिन्न समयमा विभिन्न स्थानमा उत्पत्ति र विकास भएको हो । उद्द्भव, विकास,...

    रुकुममा दलित युवाको हत्या गरिएको विरोधमा पूर्वसांसद शाहसहितले गरे माइतीघरमा प्रदर्शन

    काठमाडौं – अन्तरजातीय विवाहको निहुँमा रुकुममा दलित युवाको हत्या गरिएको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको...

    संविधान संशोधनमा हामीविरुद्ध किन – कांग्रेस

    काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभाको बुधबारको बैठकको कार्यसूचीबाट ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक’ हटाइएको...

    मुगुसंगै कर्णालीको डोल्पामा पनि यार्सा टिप्न प्रतिबन्ध

    मुगु – मुगुको कार्मारोङ गाउँपालिकाले पाटनमा यार्सा टिप्न प्रतिबन्ध लगाएको छ। गाउँपालिकाले प्रतिबन्धका बाबजुद यार्सा...

    हामीसंग इनस्ट्राग्राममा जोडिनुहोस।

    नेपाली राष्ट्रिय गीत | सयौं थुगाँ…

    हिमालीसंचार डटकमको युटुबमा जोडिनुहोस।

    हामीसंग फेसबुकमा जोडीनुहोस।