News Portal

  • उद्योग वाणिज्य संघ दमकमा लोकतान्त्रिक प्यानल जितको नजीक

    हिमाली संचार संवाददाता
    ७८२ पटक

    झापा, २२ भदौ : प्रधानमन्त्री केपी ओलीलाई गृहनगरमै झड्का लागेको छ। आफ्नो गृहनगर दमकको उद्योग वाणिज्य संघमा प्रधानमन्त्री ओलीलाई झड्का लागेको हो। उद्योग वाणिज्य संघमा कांग्रेस निकट र नेकपा निकट गरि दुई समुहमा वाँडिएर निर्वाचन भएको थियो।

    संघीय संसददेखि स्थानिय तहसम्म नेकपाले वर्चस्व जमाएको ठाउँ दमकमा उद्योग वाणिज्य संघ दमकमा कांग्रेस निकटहरुको जीतले प्रधानमन्त्री ओली तथा उनको दल नेकपाको लोकप्रियतालाई पनि मापन गरेको स्थानियहरुले बताएका छन्।

    दमक उद्योग वाणिज्य संघको निर्वाचनको जारी मतगणनामा कांग्रेस निकटहरुले नेतृत्व गरेको संयुक्त लोकतान्त्रिक व्यवसायी समूहबाट अध्यक्षका उम्मेदवार गोकुल श्रेष्ठ जितको नजिक पुगेका छन्।

    खसेको कुल २३६० मत मध्ये बाकी २६० मतको परिमाण नआउदै श्रेष्ठले कायम राखेको अग्रताले उनी जितको नजिक पुगेका हुन्। श्रेष्ठको अग्रता ४३८ रहेकाले प्राविधिक रुपमा घोषणा गर्न मात्र बाकी रहेको वतार्ईएको छ।

    जारी २१ सय गणनामा श्रेष्ठले आफना प्रतिद्धन्दी नेकपा निकट प्रगतिशिल समूहका विमल खतिवडालाई ४३८ मतको अन्तरले अग्रता कायम राखेका हुन्।

    श्रेष्ठले १२५५ ल्याएका छन् भने खतिवडाले ८१७ मत ल्याएर पछ्याईरहेका छन्। प्रगतिशीलले पदाधिकारीको वरिष्ठ उपाध्यक्षमा भने आफनो अग्रता कायम राखेको छ।

    निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा प्रगतिशिल तर्फका उम्मेदवार गोपाल गुरागाईले ११३१, लोकतान्त्रिकका सुरज आचार्य ९०५, प्रथम उपाध्यक्षमा लोकतान्त्रिकका राजु खड्काले १०७६, प्रगतिशिलका युवराज घिमीरेले ९५१, द्धितीय उपाध्यक्षमा लोकतान्त्रिकका राजकुमार योङ्गयाले ९००, प्रगतिशिलका घनश्याम खनालले ८१५, स्वतन्त्र टिका प्रसाईले ३०८ मत प्राप्त गरेका छन्।

    यस्तै तृतीय उपाध्यक्षमा लोकतान्त्रिककी रमा लिम्बुले १०७० र प्रगतिशिलका ज्ञानु पौडेलले ९४५ मत प्राप्त गरेको निर्वाचन समितिका सदस्य कृष्ण कार्कीले जनाएका छन्।

    वस्तुगत २२०० मत गणना गर्दा गायत्री पौडेल १२०५, दिनेश सुबेदी ११११, तिलबहादुर डाँगी ९तिलक० ७२०, तोयानाथ अधिकारी ९राजेश० १०८६, दिनेशप्रसाद सुवेदी ११११,प्रकाश नेपाल ८३२, भेनस श्रेष्ठ १०७४, मोहन ढकाल १२२३, राधाकृष्ण आचार्य ८२२, रिङ्गकुमार आचार्य १०७८ र रुवल अधिकारीले ११०९ मत पाएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    २० वर्ष पुगेपछि विवाह र सन्तान जन्माउन युवालाई प्रोत्साहन गर्नुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, असार २७ – विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिक समारोहलाई शुक्रबार सम्बोधन...

    नेकपा एसमा विलीन हुँदै वामदेव, साउन २ मा राष्ट्रिय सभा गृहबाट एकताको घोषणा हुने

    काठमाडौं, असार २७ – नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा नेकपा एकता राष्ट्रिय अभियानका अगुवा नेता...

    एनआरएनए अष्ट्रेलियाले सदस्यता वितरण प्रक्रिया पुनः सुरु गर्ने

    काठमाडौँ, असार २७  — गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले समावेशी र एकताबद्ध संगठन निर्माणका लागि...

    गण्डकीमा गुरुङ–मगर भाषालाई मान्यता, कोशीमा दीप प्रज्वलन गर्दै खुसी साटासाट

    इटहरी, असार २७ — गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिने...

    अर्घाखाँचीमा मदिराले मात्तिएको छोराको निर्मम कर्म : बाबुको हत्या गरेर मलखातामा गाडियो

    अर्घाखाँची, असार २७ — सामान्य घरायसी विवादले बिघटनको रुप लिँदै जाँदा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ डिभर्ना...