News Portal

कुवेतमा फेरि अर्का एक नेपाली युवाको मृत्यु

हिमाली संचार डटकम
१००८ पटक

कमल सिंह,
कुवेत, १३ अगस्ट – कुवेतमा नेपाली कामदारहरुको विभिन्न दुर्घटनामा परी मृत्यु भईरहेका समाचार आईरहदा फेरि अर्का एक नेपाली युवाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ।

खोटाङको दिक्तेल रुपाकाेट मझुवागडि नगरपालिका वडा नः २ साेल्माका नीर बहादुर राईको गत बिहिबार राती गाडीको ठक्करबाट मृत्यु भएको खोटाङ कुवेत सम्पर्क मञ्चका अध्यक्ष प्रेम कटवालले जानकारी दिए।

किरात राई योयाख्या कुवेतका अध्यक्ष मन्जित राईका अनुसार उनी कुवेतमा १२ बर्ष देखि तान्जिप्को कम्पनीमा कार्यरत थिए। ४४ बर्षिय राईका श्रीमती र १ छोरी छन।

कुवेतको जिलिबमा बाटो क्रस गर्ने क्रममा तीब्र गतिमा रहेको गाडिको ठक्करबाट उनको ज्यान गएको नेपाली दूतावास कुवेतले पुष्टि गरेको छ। राईको शव नेपाल पठाउन कानुनी प्रक्रिया पूरा गरेर छिट्टै पठाईने राजदूतावासले जनाएको छ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...