News Portal

गणतन्त्रपछिको अस्थिर राजनीति !

"इतिहास साक्षी छन धर्मलाई कानून मानेर राज्य संचालन गर्ने ठकुरीहरु एक सच्चा राष्ट्रबादी, सहयोगी र कुशल नेतृत्वकर्ता हुन।"

अजय मल्ल ठकुरी
१३४३ पटक
काठमाडौं

प्रशंशाको भोगी भनिने ठकुरीहरु अरुले फुर्क्याउदा फुर्किहाल्ने स्वभाबको कारणले बिगत देखि बर्तमान सम्म प्रयोगको शिकार भै रहे। संस्कृत भाषाका ज्ञाता, धर्म ग्रन्थ, पुराण, उपनिषद, बेद बेदांग जानेका, पढेका धर्माधिकारी गुरुहरु, कचहरीमा बिभिन्न पदमा आशिन मार्गनिर्देशन, पथप्रदर्शन गर्ने, सर-सल्लाह दिने सल्लाहकारहरु मध्ये तिक्ष्ण बुद्धिका ब्राह्मणहरुले ठकुरीहरुको धर्म प्रतिको अगाध आस्था तथा कर्म प्रतिको निस्वार्थ कर्तब्यलाई राम्ररी बुझेका थिए।

धर्ममा आस्था राख्ने कर्तब्यनिष्ठ ठकुरीहरु आफुलाई सत्कर्म सिकाउने, सत्मार्ग देखाउने ब्राह्मणहरुको कुरा नमान्ने कुरै थिएन। राणा शासनको अन्त्यपछिको संक्रमण कालमा बी.पि. र मातृकाले डा. के.आई सिंहलाई भरपुर प्रयोग गरे। देशको लागि केहि गर्छु भन्दा भन्दै चीनमा पलायन हुन् पर्‍यो।

पंचयातको अन्त्यपछिको परिबर्तन त्यस्तै गणतन्त्रपछिको अस्थिर ढुलमुले राजनीतिको पुनरावृतिले नेपाल बाबुराम र प्रचण्ड प्रयोगशाला हुन् पुग्यो जहाँ नेत्र बिक्रम चन्दलाई प्रयोग गरियो।

पछिका लागि पनि आफ्नो दुनो सोझ्याउने कुत्सित उधेश्यले पृथ्बीनारायण शाहको दिब्योउपदेशको कुनै ठाउमा जानेरै लेखाइयो – ठकुरीहरुले दगा गर्छन। खोसिएका राज्य फर्काउलान भन्ने डर पृथ्बीनारायण शाहको दिमागमा भरियो। पृथ्बीनारायण शाहको पाला देखि नै ठकुरीहरुलाई ब्राह्मणहरुले त राजा अघि पर्नै दिएनन्।

रण बहादुर शाहको पालामा त् सल्लाहकारहरुको गुट उपगुट नै देखियो जसले पायो त्यसले आफ्नो दुनो सोझ्याउने बाहेक राजलाई गुमराहमा पार्ने काम गरियो यो क्रम श्री ५ ज्ञानेन्द्रसम्म रहि रह्यो। जसको परिणाम अहिलेसम्म नेपालीहरुले भोग्दै छन्। आफ्नो जातिय कर्म अनुसार धर्म पालना गर्न सिकाउने जात नै राजर्शी सुखसयलको स्वादमा फस्दै गयो। आफ्नो धर्म बिर्सदै गयो। आफ्नो कर्म बिर्सेर क्षेत्रीय सरह रजगुणमा लिप्त हुदै गयो। जसको अवशेष अहिले पनि कायम नै छ।

राज्यले जुम्लेली ठकुरीहरुलाई गरिएको उपेक्षा बझाङसम्मै आइपुग्दा छताछुल्लै भएको कुरा बझाङी राजाका राम जङ्ग बहादुर सिंहका सन्तान ओमजंगले २०१७ साल ताका नेपाल सरकारको जस्तै समानन्तर सरकार घोषणा गरी चुनौती दिएपछि प्रष्ट भयो।

बहुसंख्यक ठकुरी बस्ने पश्चिम् नेपाललाई जहिल्यै उपेक्षा गरियो। नेपालकै गरिब अशिक्षित अल्पसंख्यक जातमा परिसकेको ठकुरीहरु अहिले पनि सिटामोल नपाएर ज्यान गुमाई रहेछन। अस्पतालको छानो त के सामान्य जीवनजल नदेखी नै मृत्युु स्विकार्न बाध्य छन अनि त्यही समाचार पढेर मर्नेहरुको जात हेर्दै भन्न थाल्छन, सम्पत्ति जति मोज गरेर सिध्याए अहिले औसधि खान पैसा छैन बिचरा सामन्तीहरु। हरे म ठकुरी हुनुको भाग्य।

मैले मेरो भाषा बोल्दा तिमिलाई सामन्ती लाग्छ, मेरो परिचय दिदा मेरो नाम पछिको जात तिमिलाई सामन्ती लाग्छ, बलात्कार, भ्रष्टाचार, राष्ट्रियताका बिरुद्ध आवाज उठाउदा दगा गर्यो भन्छन सामन्तीहरु जुर्मुराए भन्छन। इतिहास साक्षी छन धर्मलाई कानून मानेर राज्य संचालन गर्ने ठकुरीहरु एक सच्चा राष्ट्रबादी, सहयोगी र कुशल नेतृत्वकर्ता हुन। खड्गलाई राजकीय अस्त्र मान्ने ठकुरीहरु धर्ममा श्रदा र आस्था, निस्वार्थ कर्ममा बिश्वास राख्दछन। सबैलाइ चेतना भया।

(एक दशकदेखी चलचित्र निर्माताको रूपमा सक्रिय मल्ल हाल ठकुरी सहयोग संजाल केन्द्रका कार्यबाहक अध्यक्ष समेत हुन।)

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...