News Portal

नेपाली राष्ट्रिय फुटबल टिम आइतबार दिउँसो कुवेत अाइपुग्दै

हिमाली संचार संवाददाता
९९४ पटक

कुवेत, ३१ अगस्ट : सन २०२२ मा कतारमा अायोजना हुने विश्वकप फुटबल छनाेट चरणको खेलको लागि नेपालको राष्ट्रिय फुटबल टिम आइतबार दिउँसो १४ः२० बजे कुवेत अाइपुग्दैछ।

नेपाली राष्ट्रिय फुटबल टोली फ्लाइ दुबइको उडानबाट आइतबार दिउँसो कुवेत अवतरण हुने भएकोले सम्पुर्ण कुवेतमा कृयाशिल संघ-सँस्था, समाजसेवी, वुद्धिजीवि, पत्रकार, खेलाडी, कलाकार लगायत कुवेतमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाइ राष्ट्रिय खेलाडीहरूको टोलीलाइ स्वागत गर्न कुवेतको सुभानस्थित सेखसाद विमानस्थल टर्मिनल ३ मा उपस्थित भइदिनुहुन गैरआवसिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कुवेतले अनुरोध छ।

नेपाली टिमले आगामी सेप्टेम्बर ५ तारिखको दिन विश्वकप फुटबल २०२२ को छनोटको पहिलो खेल कुवेतको कैफानस्थित स्पोर्टिङ क्लवमा साँझ ७:४५ बजे कुवेतसँग खेल्ने भएको छ।

नेपालले विश्वकप छनाेट खेल अन्तर्गत कुवेत, जोर्डन, ताइवान लगायतका मुलुकसँग फुटबल खेल खेल्नेछ र छनाेट चरणमा विजयी भएमा सन २०२२ मा कतारमा अायोजना हुने विश्वकप फुटबल प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।

यसै छनाेट खेलसँग सम्बन्धित रहेर गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले नेपाली फुटबल टोली र फुटबल एसोसिएशन कुवेतसंग समन्वय गरिरहेको छ भने देशको स्वभिमान र गौरव संग जोडिएको नेपाली फुटबल खेलाडीहरुलाई मैदानमा हौसला प्रदान गर्नको लागी धेरै भन्दा धेरै नेपालीहरुलाइ कसरी उपस्थित गराउन सकिन्छ भन्ने विषयमा कुवेतमा क्रियाशिल संघसंस्था, मिडिया साथै समाजका अग्रजहरु,अभियन्ताहरु सँग हिँजो एक विशेष छलफल पनि सम्पन्न गरेको छ।

खेल हेर्न जाने नेपाली दर्शकहरूको सुविधालाइ ध्यानमा राखी मालियाबाट खेल मैदानसम्मको लागि यातायातको ब्यवस्था गर्ने जनाउँदै नेपालको गाैरबसँग जोडिएको यो खेलकुदमा जति सक्दो धेरै नेपालीहरूको उपस्थितिको लागि कुवेतमा कृयाशिल संघसंस्था तथा अभियन्ताहरूले एेक्यवद्धता जनाएका छन्।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...