News Portal

काठमाडौंमा अमेरिकी सेना र प्रहरीबिच अनुभव आदानप्रदान

हिमाली संचार संवाददाता
७०५ पटक

काठमाडौं : सांस्कृतिक तथा नेतृत्वदायी कार्यक्रममा सहभागी हुन लेफ्टिनेन्ट कर्णेल कलिना क्रिजको नेतृत्वमा नेपाल आएको अमेरिकी सेनाको अधिकृत क्याडेटको ३५ सदस्यीय टोलीले आइतबार प्रहरी प्रधान कार्यालयको भ्रमण गरी विपद व्यवस्थापन सम्बन्धी नेपाल प्रहरीको पूर्व तयारी, कार्यशैली र अनुभव आदानप्रदान गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगको भेटघाटमा लेफ्टिनेन्ट कर्णेल क्रिजले सीमित स्रोत साधन र दक्ष जनशक्तिको बाबजुद नेपाल प्रहरीले उद्धार र राहत वितरणमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो।

उक्त टोली समक्ष प्रहरी प्रधान कार्यलयकोतर्फबाट प्रहरी उपरीक्षक सबिन प्रधानले विपद व्यवस्थापनमा नेपाल प्रहरीको जिम्मेवारी, पूर्व तयारी, कार्य शैली र अनुभवबारे प्रस्तुतिकरण गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...