News Portal

  • उदयपुरकि शिला मलेसियामा श्रीमान् हराउँदा पुगिन साउदी

    ६६८ पटक

    उदयपुर – देशमा होस् या परदेशमा हातको कलाले नै जिन्दगीमा भलो गर्छ भन्नुहुन्छ उपयपुरकी शिला तामाङ । शिलालाई मलेसियामा श्रीमान् हराएपछि छोराछोरी पाल्न परदेश जानुपर्ने बाध्यता आइपर्‍यो । बाध्यताले साउदी पुगेपनि शिलालाई परदेशमा भोगेको दुःखले नै स्वदेशमा इलम गर्नसक्ने बनायो ।

    शिलाको कथा उहाँकै शब्दमा

    अहिले मेरो हातमा कला छ । मसँगै सबै कुरा छ । तर आज भन्दा १०/१५  वर्ष अघि मेरो यस्तो अवस्था थिएन ।

    २०६० साल तिरको कुरा हो । श्रीमान मलेसिया लाग्नुभयो । मेरो जिम्मेवारी थियो दुई सन्तान र घरव्यवहार । मलेसिया गएको केही समयपछि श्रीमानको फोन आएन । राम्रो भएर हो या नराम्रो भएर त्यो त के जान्नु र । जसो भएर सम्पर्कविहीन भएपनि उहाँ हराउदा हामीलाई मौरीको रानो हराए झैं भयो ।

    घरमा आम्दानीको स्रोत केही थिएन । के गर्ने, कसो गर्ने । साथीभाइ सबैले छोरी मान्छेले पनि कमाउन सक्छन् । विदेश जाउ तिमी पनि भने । त्यसपछि मैले पनि विदेश जाने निणर्य गरेँ । नगएर पनि सुखै भएन । छोराछोरी त पढाउनै पर्‍यो । २०६५ सालमा साउदी गएँ ।

    चिनजानकै एक जना दिदीले हो साउदी पठाएको । पैसा तिर्न परेन । म दुःखीलाई त्यो बेलामा सबैभन्दा ठूलो कुरा त्यही नै थियो ।

    मुम्बईको बाटो हुँदै साउदी गएको हुँ । घरबाट निस्कदा म एक्लै छु बाध्यताल परदेश लाग्ने जस्तो लाग्थ्यो । तर मुम्बई पुगेपछि मै जस्ता थुप्रै भेट्टाएँ । सबैको भिसा चाडो चाडो ने आयो । तर मैले एक महिना मुम्बईमै कुर्न पर्‍यो ।

    एक महिना पछि साउदी पुगेँ । घरको काम । भाषा, मानिस, रहनसहन वातावरण सबै नयाँ थियो मरो लागि । न हातमा सीप थियो न मुखमा बोली के गर्नु । लाटो नै भएँ सुरुमा त । तर बिस्तारै बानी हुँदै गयो ।

    खाना पकाउने, बच्चा हेर्ने सबै काम गर्न पर्थो । घरको काम सजिलो त नहुने नि । सात महिना भएको थियो साउदी पुगेको । खै के सोच्नुभयो मै कमाउन हिँडेपछि श्रीमान् फर्किनु भएछ । उहाँले बोलाउनु भयो मलाई पनि । म सात महिना काम गरेर घर फर्किएँ ।

     श्रीमान् त फेरि जानुभयो । तर म गइनँ । श्रीमान् विदेश गए भन्दैमा यसै बस्नुभन्दा त केही काम गरौं जस्तो लाग्यो र मैले नै व्यवसाय सुरु गरें ।

    सिलाई कटाईको काम । बिस्तारै गर्दा पनि हुने । आम्दानी पनि हुने । विदेशमा गएर त कति घण्टा काम गरिन्छ नसुती नसुती भने आफ्नै गाउँमा किन दुःख नगर्ने ।

    २०६७ सालदेखि टेलर्स गरेको । पहिले बजारमा थियो अहिले घरमै छ । यही व्यवसायलाई राम्रो बनाउन म लागि परेको छु । घरमा बसीबसी । घर पनि हेरिने । काम पनि हुने । महिनाको १०/१२ हजार जस्तो हुन्छ ।

    विदेश जाने सोच बनाउनुभएका दाजुभाइ दिदीबहिनीले आफू दक्ष भएर मात्र जानुस् भन्छु । सबै भन्दा ठूलो त सीप नै हो ।  हातमा कला नभए परदेशमा दुःख पाइदोरहेछ । आफूले गर्ने काम, सीप, वातावरण, कानुन सबै बुझ्न पर्छ । अनि देशमा होस् वा विदेशमा काम गर्ने इच्छा शक्ति चाहिँन्छ । उज्यालोबाट

    प्रतिकृया दिनुहोस्

    मोरङको रतुवामाई नगरपालिकाको भवन निर्माण सुस्त गतिमा

    बैशाख-२८,शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगर पालिका-७ स्थित  सिजुवामा नवनिर्मित भवनको  निर्माण कार्य सुरु भएको तीन...

    कोरल ब्लिचिङ भेटिएपछि थाइल्यान्डकाे एउटा टापु बन्द

    बैंकक। व्यापक कोरल ब्लिचिङको खोजीपछि बिहीबार दक्षिणी थाइल्यान्डको एउटा टापु बन्द गरिएको यहाँको राष्ट्रिय निकुञ्ज...

    प्रसुति महिलाहरुका लागि स्वास्थ्य मन्त्रालयद्वारा पोषणयुक्त फुड वितरण

    बैशाख २८, बिहीबार/मोरङ – कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले रङ्गेली अस्पतालमा प्रसुति  गराउन आएका महिलाहरूका...

    मोरङको जहदा गाउँपालिकाबाट गाँजा सहित एक युवा पक्राउ

    बैशाख-२८, बिहीबार/मोरङ – मोरङ जहदा गाउँपालिका वडा नम्वर ३ स्थित हाथिबन्दाबाट लागू औषध गाँजा सहित...

    मोरङको रंगेली नगरबाट नक्कली नोट सहित एक जना महिला पक्राउ

    बैशाख-२८,शुक्रबार/मोरङ – मोरङको रङगेली नगरपालिका-९ स्थित  दोहमनाबाट नेपाली नक्कली नोट सहित १ जना महिलालाई रंगेली...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal