News Portal

भूकम्प पीडितको सहयोगमा जुटे शेष घले र एनआरएनए अध्यक्ष विनोद कुँवर

हिमालीसंचार संवाददाता
४३५ पटक

काठमाडौँ। जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पपछि प्रभावित भएकाहरुलाई सहयोग गर्न अस्ट्रेलिया निवासी अर्वपति व्यापारी शेष घले र एनआरएनएका अध्यक्ष बिनोद कुँवरले पहल गरेका छन्।

जसअनुसार एनआरएनएका पूर्वअध्यक्ष समेत रहेका घलेले आफ्नो संस्था एमआईटी फाउन्डेशनमार्फत ५० लाख रुपैयाँ प्रदान गरेका छन्। यस्तै एनआरएनएका अध्यक्ष बिनोद कुँवरले १० लाख १ हजार १०० रुपैयाँ प्रदान गरेका छन्।

कुँवरको अध्यक्षता र घलेको प्रमुख आतिथ्यतामा आइतबार भर्चुअल रुपमा बसेको आकस्मिक बैठकले भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरेको हो। जसअनुसार घलेको नेतृत्वमा भुकम्प प्रभावित क्षेत्रमा तत्कालिन र दीर्घकालिन परियोजना गर्ने निर्णय पनि भएको अध्यक्ष कुँवरले जानकारी दिए।

यो आपतकालिन अवस्थामा सहयोग गर्न गैरआवासीय नेपाली संघले च्यारिटी गर्न स्थापना गरेको “ग्लोबल एनआरएन फाउण्डेशन” को खातामा सहयोग रकम जम्मा गर्न सकिने उनको भनाइ छ।

जसअनुसार सो खातामा जानेगरी १ करोडको भन्दा बढी रकम उठेको बताइएको छ। बैठकले सहयोगका लागि सबै देशमा एनसीसीहरुले पहल गर्ने र सम्पूर्ण गैरआवासीय नेपालीहरुलाइ सहयोगको लागि आह्वान समेत गरेको छ। सहयोगका लागि प्रभु बैंकको खाता नम्बर १३६०१५३३०६५०००१४ उपलब्ध गराइएको छ।

सहयोग गर्नेको विवरण राहतका लागि घलेले ५० लाख र कुँवरले १० लाख एक हजार १०० सहयोग गर्दा बीआर लामाले १ लाख, भूमा लिम्बुले १ लाख, उमेश पुडासैनीले ५० हजार, थर्क सेनले १ लाख ५ हजार, जानकी गुरुङले एक लाख, कृष्ण सन्जेल केसीले १ लाख सहयोग गरेका छन्।

यसैगरी धर्मराज खतिवडाले ५१ हजार, शशी चन्द्र अधिकारीले १ लाख, इर्साद अहमदले १ लाख १ हजार, जुनु गुरुङले १ लाख, पासाङ शेर्पाले १ लाख, पूर्ण देउरालीले ५१ हजार, केशव कडेलले ५५ हजार, कुशल केसीले १ लाख, दीपा राईले ८५ हजार, लक्ष्मी गुरुङले ५० हजार सहयोग गरेका छन्।

यसैगरी श्याम तामाङले एक लाख, एसी शेर्पा ५ लाख, राज बहादुर शाहीले १ लाख, धरम केसीले २५ हजार ५६३, आरसी सापकोटाले ४३ हजार, लाम्जी लामिछानेले १३ हजार, भक्त भण्डारीले १ लाख, कर्मा शेर्पाले १ लाख र कृष्ण पोखरेलले १ लाख सहयोग गर्दा विभिन्न एनसीसीहरु र व्यक्तित्वहरुले पनि सहयोग गरेका छन्।

एनआरएनएको बद्री केसी र आरके समूहले पनि भूकम्प पीडितलाई सहयोग गर्ने निर्णय गरिसकेको छ। तीन वटै एनआरएनएहरु एक हुनुपर्नेमा कुँवर नेतृत्वको एनआरएनएले जोड दिँदै आएको छ भने पहिलो चरणमा आरके शर्मासँग संवाद सुरु भइसकेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १८ गतेको राशिफल

आज फागुन १८, २०८२ ( मार्च २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन १७ गतेको राशिफल

आज फागुन १७, २०८२ ( मार्च १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ड्रोन आक्रमणबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य क्षति, अवस्था नियन्त्रणमा

कुवेत। कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण भएको घटनामा केही कर्मचारीहरू सामान्य रूपमा घाइते...

युवा शक्ति कुवेतद्वारा नेपाल मानव सेवा संस्थाका बालबालिकालाई सहयोग

काठमाडौँ — युवा शक्ति कुवेतको आयोजनामा नेपालस्थित नेपाल मानव सेवा संस्थामा आश्रित बालबालिकाहरूका लागि बिहानको...

प्रधानमन्त्रीलाई भेट्न नसकेपछि ‘प्रधानमन्त्री हराएको’ सूचना वितरण

काठमाडौं । जनआन्दोलनपछि प्रधानमन्त्री बनेका सुशील कार्कीलाई भेट्न नसकेपछि एक युवाले अनौठो तरिकाले असन्तुष्टि सार्वजनिक...