News Portal

  • डि बाेरिङ गाडेर छाडेकाे दुई बर्ष बितिसक्दा समेत काम अधुरै

    रविन्द्र बराल
    ६६६ पटक

    रंगेली। मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मुन्डाकाली स्थानलगायत १० स्थानमा डि बाेरिङकाे निर्माणकार्य सुरु भएता पनि हालसम्म पनि काम भने सम्पन्न हुन सकेको छैन।

    नेपाल सरकारले ०७३/०७४ मा संयुक्त तराई विशेष कार्यक्रम अन्तर्गत कृषकहरूलाई लक्षित गर्दै ऊर्जा तथा सिँचाई जलस्रोत मन्त्रालय अन्तर्गत उक्त कामको सुरुवात गरेको थियो। तर सरकारकाे ढिलासुस्ती कारण साे क्षेत्रमा काम भने हुन सकेको छैन।

    रंगेली नगरपालिकाकाे गोहिगाडा, निचामरि, बागान टोल, वडा ४ काे स्वास्थ्य चौकी पछाडी, ५ काे अपगाछी, ६ काे मधुवनी, ७ काे लभटोली, ८ काे दर्वेशा, ९ काे दोहमना र सखुवाथानमा उक्त बाेरिङका लागि कालिका बिल्डिङ्गले सो क्षेत्रमा काम सुरु गरेको थियोे।

    बिगत दुई १ बर्ष अगाडि १५ दिनसम्म काम गरेर उक्त बोरिङ गाडिएको थियो। तर डेढ वर्ष बितिसक्दा समेत अहिलेसम्म पनि साे बिरिङ सञ्चालनमा आउन सकेको छैन। सो बाेरिङ सन्चालनमा आएमा साे क्षेत्रमा रहेको ६ सय बिघा भन्दा बढी खेतीयोग्य जमिनमा एकैचोटि सिचाइ गर्ने सहज हुने स्थानीयले बताए।

    उक्त खेतीहरुमा एकैचाेटी एउटै फसल उत्पादन भएको र सिँचाइको समेत एकैचोटी व्यवस्थापन गर्नुपर्ने भएका कारणले अरु कृषकहरुले राखेको माेटरकाे पालो पर्खनुपर्ने अवस्था समेत रहेको र समयमै बालीमा पानी नहाल्दा उत्पादनमा समेत हरास आउने स्थानीय युवा अंकुश मण्डलले बताए।

    तर स्थानीय सरकारले भने अहिलेसम्म कुनै चासो नदिएको समेत आराेप लागाएका छन। कालिका बिलिङका प्रमुख शैलेन्द्र न्यौपानेका अनुसार आफूहरुले बारिङ गाड्ने काम सम्पन्न गरेको बताए। उनका अनुसार बाेरिङकाे काम सम्पन्न गरेर २ करोडौं रुपैयाँ ठेक्का प्रक्रिया मार्फत रकम लिई सकेको बताए।

    ऊर्जा तथा सिँचाई जलस्रोत मन्त्रालयका नीर गणेश पाेख्रेलका अनुसार बजेट अभावका कारण काम गर्ने नसकेको र केही महिना अगाडि पुनः काम सन्चालन गर्ने स्टिमेट गरेर कामकाे लागि प्रक्रिया अगाडि बढाएकाे समेत पाेख्रेलले बताए।

    रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाका अनुसार उक्त बोरिङ निर्माणका कार्यका लागि आफूहरूले स्थान मात्रै तय गरेर दिएको र अहिलेसम्म कुनै पनि ठेकेदारले आफूहरूसँग समन्वय नगरिकन निर्माण कार्य अधुरै पारेर छोडेको उनले बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...