News Portal

  • मोरङको रतुवामाई नगरपालिकाको भवन निर्माण सुस्त गतिमा

    रबिन्द्र बराल, मोरङ
    १०० पटक

    बैशाख-२८,शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगर पालिका-७ स्थित  सिजुवामा नवनिर्मित भवनको  निर्माण कार्य सुरु भएको तीन वर्ष बितिसक्दा समेत निर्माण कार्यले गति लिन सकेको छैन।

    नगरपालिकाले भवन निर्माणकार्यको लागि भुमि बीसीपीएल विराटनगरलाई २०७८ भाद्र २८ गते निर्माण कार्यका लागि सम्झौता गरेको थियो। उक्त भवन निर्माणका लागि २०८१ भाद्र २५ गते निर्माणकार्य सम्पन्न गर्ने सम्झौता भएता पनि अहिले २० प्रतिशत मात्रै काम सम्पन्न भएको नगरपालिकाको ईन्जिन अंकित खड्काले बताए । 

    नगरले दुई तल्ले भवन, गेस्ट रुम,  पार्किङ, घेराबेरा,  सेक्युरिटी रूम, सहित भवनको निर्माणकार्यको  लागि ९ करोडौं ४१ लाख ६४ हजार १ सय ७४ रुपैयाँ भ्याट सहित ठेक्कामा दिएको हो। नगरपालिका लेखा अधिकृत निता सिग्देल संग नगरपालिकाले घर भाडा  के कति तिर्दे हुनुहुन्छ भन्ने बिषयमा जानकारी लिन खोज्दा उनले भनिन् तपाईँहरूलाई खाली नेगेटिभ समाचार मात्रै लेख्न आउँछ? भवन त निर्माण भइरहेको छ त भन्दै उनले पन्छिन खोजेकी थिइन्।

    ०७४ सालदेखि नगरपालिकाले घर भाँडाबापत मासिक १ लाख ५२ हजार रुपैयाँका दरले बार्षिक १८ लाख २४ हजार रुपैयाँ तिर्दे आईरहेको छ। नगरपालिकाले ६ बर्षको अबधिमा  १ करोडौं ९ लाख ४४ हजार रुपैयाँ भाडा बापत रकम  तिरिसकेको छ । 

    स्थानीय भीमप्रसाद भट्टराई र उनका दाजु टेक नाथ भट्टराईले नगरपालिका सिजुवा बजारमैं राख्ने उदेश्यका साथ दाजु भाई पैत्रिक सम्पतिबाट २०७८ सालमा नगरपालिकाको भवन निर्माणका लागि आफूहरूले एक बिघा जग्गा नगरपालिका  पास समेत गरेर दिएको उनले बताए। तर, ३ बर्ष बितिसक्दा समेत नगरपालिकाको नयाँ भवन निर्माणकार्य ढिला सुस्ति हुदा आफूहरुलाई दु:ख समेत लागिरहेको भीम प्रसादले बताए ।

    प्रतिकृया दिनुहोस्

    झुठ बोल्नको लागि पनि कला चाहिन्छ

    लामो समय अबरोध भएको संसद हिजो सांझबाट खुल्ने हो की ? भन्ने संकेत देखिएको छ।...

    गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री देशद्रोहीको मतियार ठहरिन्छन् : भीम रावल

    काठमाडौं। नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा. भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई...

    नेपालको आर्थिक विकासमा प्रवासी नेपालीको भूमिकाको खोजी ?

    जेठ-७, सोमबार/अबुधाबी – नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन, पर्यटन विकास र लगानी भित्याउने  सन्दर्भमा युएईमा कार्यरत...

    सभामुखले चलाए प्रतिपक्षी सांसदको नाराबाजीबीच संसद् बैठक

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक अघि...

    मोरङको रंगेली स्थित श्री सन्सारीमाई मन्दिरमा चण्डि पूर्णिमाको दिन मेला लाग्ने

    जेष्ठ ७,सोमबार/मोरङ – मोरङमा बैशाख-१ गते सुनवर्षी थानदेखि सुरु भएको सिरुवामेला चण्डी पुर्णिमाको दिन श्री...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal