News Portal

  • कोरल ब्लिचिङ भेटिएपछि थाइल्यान्डकाे एउटा टापु बन्द

    हिमालीसंचार संवाददाता
    २१९ पटक

    बैंकक। व्यापक कोरल ब्लिचिङको खोजीपछि बिहीबार दक्षिणी थाइल्यान्डको एउटा टापु बन्द गरिएको यहाँको राष्ट्रिय निकुञ्ज कार्यालयले बताएको छ। कोरलभित्र रहने लेउ बाहिर निकालिदिएपछि ब्लिचिङ हुन्छ।

    सामान्यतया समुद्रको सामान्य तापक्रमभन्दा धेरै र पराबैजनी विकिरणमा वृद्धिका कारण ब्लिचिङ हुन्छ। तापक्रम घटेपछि र समुद्रको अवस्था सामान्य हुँदा समयसँगै कोरलहरू ब्लिचिङबाट निको हुनसक्छन्।

    हालैका साताहरूमा घातक गर्मीका कारण थाइल्यान्ड र एसियामा तापक्रम बढेपछि टापु बन्द गरिएको हो। राष्ट्रिय निकुञ्ज, वन्यजन्तु तथा वनस्पति संरक्षण विभाग (डिएनपी)ले समुद्र पानीको तापक्रम बढेकाले फुकेटमा सिरिनर्ट राष्ट्रिय निकुञ्ज वरपर प्लिङ टापु र कोरल चट्टानहरूलाई अस्थायीरूपमा बन्द हुने बताएको छ।

    कोह चाङ, कोह समेट, चुम्फान, कोह सुरिन, फाङ नगा खाडी, फि फि टापु र लान्टाका राष्ट्रिय निकुञ्जहरूको पनि अनुगमन गरिरहेको विभागले बताएको छ।

    विश्वले अहिलेको समय १० वर्षमा दोस्रो ठूलो कोरल ब्लिचिङ घटनाको अनुभव गरिरहेको भन्दै युएस नेसनल ओसनिक एन्ड एट्मस्फेरिक एडमिनिस्ट्रेसन (एनओएए)ले गत महिना चेतावनी दिएपछि यो समाचार आएको हो।

    अस्ट्रेलियादेखि फ्लोरिडासम्म चट्टान प्रणाली महिनौँको कीर्तिमानी सामुद्रिक गर्मीपछि सङ्घर्ष गरिरहेको एनओएएले बताएको छ।

    सन् २०२३ मा दुई करोड ८० लाख पर्यटक आएका थाइल्यान्डका पार्कहरू आवधिकरूपमा बन्द हुन्छन्। धेरै पर्यटकहरू प्राचीन सामुद्रिक तटको आनन्द लिन आएका थिए।

    मानव–प्रेरित जलवायु परिवर्तनले थप लगातार, लामो र अधिक तीव्र गर्मीको लहर उत्पन्न गर्ने भन्दै वैज्ञानिकहरूले लामो समयदेखि चेतावनी दिएका छन्।

    संयुक्त राष्ट्रसङ्घको मौसम विज्ञान सङ्गठनका अनुसार अल निनोको घटनाले यस वर्षको असाधारण गर्मीको मौसमलाई ल्याउन सहयोग गरिरहेको छ। एसिया पनि विश्वव्यापी औसतभन्दा तीव्र गतिमा तातो भइरहेको छ। (रासस)

    प्रतिकृया दिनुहोस्

    झुठ बोल्नको लागि पनि कला चाहिन्छ

    लामो समय अबरोध भएको संसद हिजो सांझबाट खुल्ने हो की ? भन्ने संकेत देखिएको छ।...

    गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री देशद्रोहीको मतियार ठहरिन्छन् : भीम रावल

    काठमाडौं। नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा. भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई...

    नेपालको आर्थिक विकासमा प्रवासी नेपालीको भूमिकाको खोजी ?

    जेठ-७, सोमबार/अबुधाबी – नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन, पर्यटन विकास र लगानी भित्याउने  सन्दर्भमा युएईमा कार्यरत...

    सभामुखले चलाए प्रतिपक्षी सांसदको नाराबाजीबीच संसद् बैठक

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक अघि...

    मोरङको रंगेली स्थित श्री सन्सारीमाई मन्दिरमा चण्डि पूर्णिमाको दिन मेला लाग्ने

    जेष्ठ ७,सोमबार/मोरङ – मोरङमा बैशाख-१ गते सुनवर्षी थानदेखि सुरु भएको सिरुवामेला चण्डी पुर्णिमाको दिन श्री...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal