News Portal

नेविसंघ गण्डकी प्रदेशले बुझायो सिडिओलाई ज्ञापनपत्र

हिमाली संचार संवाददाता
४४८ पटक

नेपाल विद्यार्थी संघ गण्डकी प्रदेशका कार्यकर्ताहरु आन्दोलित भएका छन्। नेविसंघ गण्डकी प्रदेशको आह्वानमा यस क्षेत्रका नेता कार्यकर्ताहरु आन्दोलित भएका हुन्। उनीहरुले सम्वन्धित जिल्लाका सिडिओ लाई ज्ञापनपत्र समेत बुझाएका छन्।

नेविसंघ नवलपुरले आफ्ना विद्यार्थी नेताको रिहाइको माग राख्दै बिहिवार प्रमुख जिल्ला अधिकारी दिपक नेपाल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। नेबिसंघ नवलपुरका जिल्ला अध्यक्ष राजेश पौडेलको नेतृत्वमा गएको विद्यार्थीहरुको टोलीले ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्र बुझाइसकेपछी नेबिसंघ गण्डकी प्रदेशले निर्धारण गरेको आन्दोलनको कार्यक्रम बमोजिम जिल्ला सदरमुकाम कावासोतिमा दिउँसो २ बजेदेखि ३ बजेसम्म १ घन्टा चक्काजाम पनि गरेको नेबिसंघ नवलपुरका सचिब सुशील काफ्लेले जानकारी दिए।

आन्दोलनका अन्य कार्यक्रम अन्तर्गत माघ २५ गते जिल्ला प्रसासन कार्यालयमा १ घन्टा धर्ना, २६ गते साँझ मसाल जुलुस, माघ २७ गते झुट्टा मुद्दा खारेजी र बन्दी साथीहरूको बिनासर्त रिहाइको माग गर्दै सरस्वती पुजा गरिने गण्डकी प्रदेश हेर्ने केन्द्रीय उपाध्यक्ष डिल्लीराम सुवेदीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।उनले आन्दोलनका कार्यक्रममा सम्पुर्ण विद्यार्थीहरुलाई सहयोग गर्न पनि आग्रह गरेका छन्।

थुनामा राखिएका विद्यार्थी नेता पर्शुराम बस्नेत, बिनय पौडेल, डिफान भुजेलको रिहाई साथै अधिनायकबादी ओली सरकारको बिरोधका लागि आफुहरु आन्दोलनमा जानु परेको पौडेलले बताए।

कार्यक्रममा नेपाली काङ्ग्रेस नवलपुरका नेता महेन्द्र पोख्रेल, भबी भट्टराई, नेपाल तरुण दलका जिल्ला अध्यक्ष सुर्य गुरुङ लगायतका नेताहरु तथा नेबिसंघका नेता र कार्यकर्ताको उपस्थिति रहेको नेबिसंघ नवलपुरका सचिब सुशील काफ्लेले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सर्वोच्चले रवि लामिछाने विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको...

बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने

काठमाडौं, फागुन २७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अब संसदीय...