News Portal

बलात्कारीलाई फाँसी दिन कांग्रेस सांसद भुसालको माग

हिमाली संचार संवाददाता
५१४ पटक

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद पुष्पा भुसालले बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गरेकी छन् । भुसालले बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै पीडित १६ वर्ष भन्दा कम उमेरका भएका घट्नामा अपराधीलाई फाँसीको व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।

पछिल्लो एक वर्षमा ५ सय ३५ बलात्कारका घट्ना भएको र त्यसमध्ये २१ प्रतिशत पीडित १५ वर्ष भन्दा कम उमेरको भन्दै सांसद भुसालले कडा सजायको आवश्यकता रहेको बताएकी हुन् । महिला हिंसा न्यूनीकरणको विषयमा सरकार बेखबर रहेको उनको आरोप थियो ।

शून्य समयमा बोल्दै भुसालले गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा सरकारकै वरीपरी घुमेको तर सरकारले भने हत्यारा पक्राउ परिसक्यो भनेर गलत सूचना दिएको बताइन् ।

(निर्मला पन्तको न्यायका निम्ति पहिलो घाइते लक्ष्मी मल्ल अहिलेसम्म धर्नामा।)

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...