News Portal

  • बलात्कारीलाई फाँसी दिन कांग्रेस सांसद भुसालको माग

    हिमाली संचार संवाददाता
    ४४२ पटक

    काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा सांसद पुष्पा भुसालले बलात्कारीलाई फाँसीको व्यवस्था गर्नुपर्ने माग गरेकी छन् । भुसालले बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै पीडित १६ वर्ष भन्दा कम उमेरका भएका घट्नामा अपराधीलाई फाँसीको व्यवस्था गर्नुपर्ने बताएकी हुन् ।

    पछिल्लो एक वर्षमा ५ सय ३५ बलात्कारका घट्ना भएको र त्यसमध्ये २१ प्रतिशत पीडित १५ वर्ष भन्दा कम उमेरको भन्दै सांसद भुसालले कडा सजायको आवश्यकता रहेको बताएकी हुन् । महिला हिंसा न्यूनीकरणको विषयमा सरकार बेखबर रहेको उनको आरोप थियो ।

    शून्य समयमा बोल्दै भुसालले गत साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा सरकारकै वरीपरी घुमेको तर सरकारले भने हत्यारा पक्राउ परिसक्यो भनेर गलत सूचना दिएको बताइन् ।

    (निर्मला पन्तको न्यायका निम्ति पहिलो घाइते लक्ष्मी मल्ल अहिलेसम्म धर्नामा।)

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...

    पोखरामा तार भूमिगत गर्ने काम ६० प्रतिशत पूरा, चैतभित्र सम्पन्न गर्ने लक्ष्य

    पोखरा, कार्तिक २३ – गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजना अहिले ६०...

    काठमाडौंमा खुला ठाउँमा फोहोर फाल्न रोक, उल्लङ्घन गरे १० हजार जरिवाना

    काठमाडौं, कार्तिक २३ – काठमाडौं महानगरपालिकाले अब खुला ठाउँमा प्लास्टिक, प्लास्टिकजन्य सामग्री र फोहोर फाल्न...