News Portal

गंगाजमुना गाउँपालिका धादिङबाट पेस्तोल सहित ३ जना पक्राउ 

हिमाली संचार संवाददाता
४६० पटक

धादिङ  -धादिङकाे उतरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा रहेको मण्डली माविबाट पेस्तोल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्यामकुमार महतोले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा जिल्लाकै खनियाबास गाउँपालिका वडा न–५ सत्यदेबीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आषिश थापामगर र २३ वर्षीय बिशाल गुरुङ रहेका छन् । उनीहरुको साथबाट एक थान चाइनिज पेस्तोल त्यसमा लाग्ने ७ राउण्ड गोली फेला परेको छ ।

विद्यालयमा क्षेत्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन भईरहेको र सो स्थानमा ति युवाहरुको कृयाकलाप शंकास्पद देखिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई खनतलासी गर्दा हतियार सहित पक्राउ परेका थिए । पक्राउ परेकाहरुलाई हिरासतमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...