News Portal

ठकुरी समाज दक्षिण कोरियाको अध्यक्षमा शाही सर्बसम्मत

हिमाली संचार संवाददाता
७०५ पटक

कोरिया : “प्रबासमा हाम्रो एकता र सद्भाब, आपत – बिपतमा मिलाआै हात” मुल नाराका साथ स्थापित ठकुरी समाज दक्षिण कोरियाको पाँचौँ अधिबेशन फेब्रुअरी ३ तारीख ठकुरी समाजका अध्यक्ष यु मल्ल ठकुरीको सभापतित्वमा सम्पन्न भएको छ ।

कार्यक्रम प्रमुख अतिथि समाजका संरक्षक छानु चन्द, बिशेष अतिथि समाजका सल्लाहकार तथा सुदुरपश्चिम समाजका अध्यक्ष कमल बहादुर शाही, बिशेष अतिथि समाजकी सल्लाहकार तथा नेपाली जनसम्पर्क समितिकी सभापति आस्था बिन्दु मल्ल, अतिथिमा समाजका सल्लाहकार किशोर हमाल, हिमाल सिहँ, सल्लाहकार सुन्दर सिहँ, शुभचिन्तक राजन शाही, भक्त शाही लागाएत उल्लेखनीय ठकुरीहरुको उपस्थितिमा कोरियाको राजधानी सउल, जोङ्गाक ज्योती रेस्टुरेन्ट्मा सम्पन्न भएको थियो ।

कार्यक्रमलाई सभाका सभाध्यक्ष, प्रमुख अतिथी, बिशेष अतिथी, अतिथीहरुद्वारा दिप प्रज्वलन गर्दै समुद्घाटन गरिएको थियो ।

समुद्घाटन लगत्तै शुभकामना मन्तब्यको क्रममा ठकुरी समाजका बरिस्ठ उपाध्यक्ष प्रकाश सिहँले सभामा उपस्थित सम्पुर्णलाई स्वागत गर्दै ठकुरी समाजको हकहित र समाजलाई अगाडी बढाउन महत्वपुर्ण सुझावहरु राख्नुभएको थियो ।

शुभकामना मन्तब्यमा समाजका सचिव नरेश चन्दले कोरियन सलनाल पर्बको शुभकामना सम्प्रेषण गर्दै ठकुरी समाजको बिकाश बिस्तारमा सधै समर्पित रहने बताउनु भयो।

यसैगरी मन्तव्यकै क्रममा ठकुरी समाजका संरक्षक छानु चन्दले ठकुरी एकताका लागि सबै ठकुरीहरुले जागरुक हुनुपर्ने, समाजलाई अझ सबल बनाउनका निमित्त कोरियामा रहनुहुने सम्पुर्ण ठकुरीहरु एउटै गोलबद्दमा भई अगाडी बढ्नुपर्ने, ठकुरी समुदायको रितिरिवाज, परम्परागत संस्कृति, भाषाको संरक्षण एबंम प्रबर्द्धन गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रमको अन्तिम मन्तब्यमा ठकुरी समाजका अध्यक्ष युं मल्ल ठकुरीले आफ्नो कार्यकालका गतिबिधिहरु प्रस्तुत गर्दै नयाँ चयन हुने कार्यसमिति लाई शुभकामना दिनुभयो।

ठकुरी समाज दक्षिण कोरियाका संरक्षक छानु चन्दको संयोजकमा ५ सदस्यीय निर्णायकहरुको निर्णय अनुसार राजेन्द्र शाहीको नेतृत्वमा पाँचौ कार्यसमिति सदस्यहरु यसप्रकार छन।

अध्यक्ष – राजेन्द्र शाही
उपाध्यक्ष – नबिन बहादुर शाही
उपाध्यक्ष – बिक्रम हमाल
महासचिव – नरेश चन्द
सचिव – लक्ष्मण बहादुर सिहँ
कोषाध्यक्ष – सुनिल चन्द
सदस्य – लोकेन्द्र चन्द
सदस्य – हरि बिक्रम चन्द
सदस्य – डम्बर चन्द
सदस्य – राम कृस्ण मल्ल
सदस्य – निलेश सिहँ ठकुरी

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...