News Portal

कवि सुदेश सत्यालकाे एकल कबिता वाचन

हिमाली संचार संवाददाता
६१५ पटक
रबिन्द्र बराल, मोरङ

मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकामा पहिलोपटक एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । तनहु देवघाट घर भएका २५ बर्षका चर्चित युवा कवि सुदेश सत्यालले एकल कविता बाचन गरेेेेका थिए ।

नगरक्षेत्रमा साहित्य संग सम्बन्धित कार्यक्रमहरु संचालन मार्फत यस क्षेत्रमा भाषा कला र साहित्यको अभिवृद्धि गर्ने उदेश्यले रंगेली नगरपालिकाकाे सभाहलमा अाईतबार उक्त कार्यक्रम भएको थियो ।

कार्यक्रमकाे प्रमुख अतिथि नगरपालिका मेयर दिलिप बगडिया, बिष्ट अतिथि, सुर्य दल गणका थलाहाका गणपति प्रमुख सेनानी रघुनाथ पौडेल, सह सेनानी राजु थापा, प्यापसनका पुर्व अध्यक्ष सुनिल पाैडेल, ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्की, बिकर्ण कार्की, कवि गण्डकीपुत्र, जन्ता क्याम्पसका प्राचार्य लाेचन खतिवडा, बुद्धिजीवी, विद्यार्थीहरुकाे उपस्थित रहेको थियोे ।

रंगेली साहित्य कला समाज तथा रंगेली नगरपालिकाकाे सहकार्य र स्थानिय ह्याप्पी क्लब अायोजना गरेको थियो। कवि सुदेश सत्याल अहिलेको पुस्तामा भएको बिकृति र समसामयिक बिषयको बारेमा कबिता वाचन गरेका थिए । प्रमुख अतिथि मेयरले भने यस्तो साहित्यक गरेकोमा अाफु अत्यन्तै खुशि भएकाे र यस्तो कार्यक्रममा अागामि दिनहरुमा सहयोग गर्ने प्रतिव्धता समेत जनाएका छन ।

कार्यक्रमकाे संन्चालन अभिषेक अधिकारीले गरेका थिए । गाउँ घरमा लुकाएर रहेका कलाहरुकाे समेत यस्तो कार्यक्रमले महत्त्वपूर्ण भुमिका रहेको कार्यक्रम मार्फत नयाँ पुस्तामा साहित्य तथा कला र भाषाको महत्त्व बढदै जाने कुरामा सहभागीहरुले समेत जाेड दिएका थिए । कार्यक्रमकाे सभापति रंगेली कला साहित्य समाजका रमेश चन्द्र अधिकारीकाे सभापतित्वमा सम्पन्न भएको थियोे ।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...