News Portal

  • कवि सुदेश सत्यालकाे एकल कबिता वाचन

    हिमाली संचार संवाददाता
    ४७३ पटक
    रबिन्द्र बराल, मोरङ

    मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकामा पहिलोपटक एकल कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । तनहु देवघाट घर भएका २५ बर्षका चर्चित युवा कवि सुदेश सत्यालले एकल कविता बाचन गरेेेेका थिए ।

    नगरक्षेत्रमा साहित्य संग सम्बन्धित कार्यक्रमहरु संचालन मार्फत यस क्षेत्रमा भाषा कला र साहित्यको अभिवृद्धि गर्ने उदेश्यले रंगेली नगरपालिकाकाे सभाहलमा अाईतबार उक्त कार्यक्रम भएको थियो ।

    कार्यक्रमकाे प्रमुख अतिथि नगरपालिका मेयर दिलिप बगडिया, बिष्ट अतिथि, सुर्य दल गणका थलाहाका गणपति प्रमुख सेनानी रघुनाथ पौडेल, सह सेनानी राजु थापा, प्यापसनका पुर्व अध्यक्ष सुनिल पाैडेल, ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक कबिन्द्र कार्की, बिकर्ण कार्की, कवि गण्डकीपुत्र, जन्ता क्याम्पसका प्राचार्य लाेचन खतिवडा, बुद्धिजीवी, विद्यार्थीहरुकाे उपस्थित रहेको थियोे ।

    रंगेली साहित्य कला समाज तथा रंगेली नगरपालिकाकाे सहकार्य र स्थानिय ह्याप्पी क्लब अायोजना गरेको थियो। कवि सुदेश सत्याल अहिलेको पुस्तामा भएको बिकृति र समसामयिक बिषयको बारेमा कबिता वाचन गरेका थिए । प्रमुख अतिथि मेयरले भने यस्तो साहित्यक गरेकोमा अाफु अत्यन्तै खुशि भएकाे र यस्तो कार्यक्रममा अागामि दिनहरुमा सहयोग गर्ने प्रतिव्धता समेत जनाएका छन ।

    कार्यक्रमकाे संन्चालन अभिषेक अधिकारीले गरेका थिए । गाउँ घरमा लुकाएर रहेका कलाहरुकाे समेत यस्तो कार्यक्रमले महत्त्वपूर्ण भुमिका रहेको कार्यक्रम मार्फत नयाँ पुस्तामा साहित्य तथा कला र भाषाको महत्त्व बढदै जाने कुरामा सहभागीहरुले समेत जाेड दिएका थिए । कार्यक्रमकाे सभापति रंगेली कला साहित्य समाजका रमेश चन्द्र अधिकारीकाे सभापतित्वमा सम्पन्न भएको थियोे ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम–प्रमुख आकर्षण प्रीति आले

    कुवेत, भदौ १ – नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि कुवेतमा आयोजित हुने...

    विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ ऋण लिएर काम सुरु

    काठमाडौं, भदौ १ – नेपाल विद्युत् प्राधिकरणले नगद अभावका कारण सरकारले उपलब्ध गराएको ५ अर्ब...

    गोंगबुमा श्रीमतीको हत्या गरेर फरार भएका सन्तोष वीरगञ्जबाट पक्राउ

    काठमाडौँ, भदौ १ – गोंगबुमा आफ्नै श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका...

    प्रधानमन्त्री ओलीको निर्देशन : १५ दिनभित्र अनावश्यक निकाय खारेजी वा गाभ्ने योजना ल्याउन आदेश

    काठमाडौँ, भदौ १ – प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी निकायलाई खारेजी, गाभ्ने वा...

    १० करोडको चेक बाउन्स प्रकरणमा गुन्डा नाइके राजु गोर्खाली पक्राउ

    काठमाडौं, भदौ १ – कुख्यात गुन्डा नाइके राजु गोर्खाली राजधानी काठमाडौंमा प्रहरीले नियन्त्रणमा लिएको छ।...