News Portal

एनआरएन युएईले शुक्रबार दुवईमा रक्तदान आयोजना गर्दै 

हिमाली संचार संवाददाता
५१९ पटक

युएई : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएईको आयोजनामा दुवईमा रक्तदान हुने भएको छ। लतिफा अस्पताल दुवईको प्राविधिक सहयोगमा आउँदो शुक्रवार फेब्रवरी ८ का दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको गैरआवासीय नेपाली संघ युएईका प्रवक्ता मनु क्षेत्रीले जानकारी दिए । रक्तदान सोही अस्पताल परिसरमा हुनेछ ।

कर्मभूमिको देशमा कुनै तवरले सामाजिक कार्य गर्ने हेतुले उक्त कार्यक्रम राखिएको क्षेत्रीले बताए । उनले भने, ‘यहाँ विभिन्न कारणले हुने दुर्घट्नामा रगत आवश्यक पर्छ । हाम्रो थोरै सहयोगले अरु कसैले नयाँ जिवन पाउछ भने हामीले किन सहयोग नगर्ने ? त्यसकारण एनआरएनले विगतमा जस्तै यसपटक पनि रक्तदान कार्यक्रम आयोजना गरेको हो।

अस्पताल प्रशासनसँगको व्यवस्थापनमा बिहान ८ बजेदेखि सुरु हुने रक्तदान कार्यक्रममा सहभागी हुन एनआरएन युएई अध्यक्ष रमेश श्रेष्ठले युएईमा रहेका नेपालीलाई आग्रह गरेका छन् ।

एनआरएन यूएईले पुष र माघ महिनालाई स्वास्थ्य सचेतना अभियानका रुपमा घोषणा गरेको थियो। सोही अनुसार आगामी शुक्रबार रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको हो । यसअघि अघिल्लो महिना अबुधाबीमा स्वास्थ्य शिविरको आयोजना  गरेको थियो ।

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...