News Portal

मोरङमा १० वर्षीया बालिका रुमतीको बलात्कारपछि हत्या, २ जना पक्राउ

हिमाली संचार संवाददाता
४०८ पटक

मोरङ– प्रहरीले १० वर्षीया बालिका बलात्कार गरी हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।  विराटनगर महानगरपालिका–८ बस्ने १० वर्षीया बालिका रुमती दासलाई जबरजस्ती करणी गरी घाँटी थिचेर हत्या गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा विराटनगर महानगरपालिका–८ बलुवाही बस्ने १९ वर्षीय चन्दु महतो र सोही ठाउँ बस्ने २५ वर्षीय भुट्टु भन्ने अब्वास अन्सारी रहेका छन् । उनीहरु दुबैजना मजदुर हुन् । पक्राउ गरेलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङले आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत उनीहरुलाई सार्वजनिक गरेको छ ।

माघ १२ गते राति करिब ८ बजे बालिका दास हराएको भन्दै उनका बाबुले प्रहरीमा निवेदन दिएका थिए । निवेदन परेलगत्तै तत्काल खटिएको प्रहरीले खोजी गर्ने क्रममा घर नजिकै बालिकाको चप्पल र
टोपी तथा स्थानीय सिंघिया खोलामा माघ १३ गते निर्वस्‍त्र अवस्थामा शव फेला परेको थियो ।

प्रहरीले शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।  शवसँगै संकलित सबुदहरु परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं तथा औषधी व्यवस्था विभागमा समेत पठाइसकिएको प्रहरीले जनाएको छ ।

घटना हुने दिन साँझ अब्वास र चन्दुबीच पीडितको घर नजिकै भेट भएको, जबरजस्ती करणी गर्ने सल्लाह भएपछि बालिकालाई नजिकैको चौरमा लगी मुख थुनेर जबरजस्ती करणी गरेको तथा घाँटी थिचेर हत्या गरी शव खोलामा फालेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार बालिकाको लुगा खोला किनारमालुकाएको, भोलिपल्ट अब्वासले शव अड्किएको ठाउँबाट पुन धकेलिदिएका थिए ।

प्रतिकृया दिनुहोस्

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...

कुवेतस्थित नेपाली दूतावासको ‘कमेन्ट बन्द’ निर्णयप्रति श्रमिक असन्तुष्टि चुलिँदै

कुवेत– कुवेतस्थित नेपाली दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा कमेन्ट गर्न नपाउने व्यवस्था लागू गरेपछि त्यहाँ...

गगन थापा भन्छन्: ‘राजीनामा हार स्वीकारेको संकेत होइन’

काठमाडौं, ५ चैत — नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो राजीनामालाई पराजित सोचसँग जोडेर नहेर्न...