News Portal

एनआरएनए कुवेतले गर्‍यो राजदुत हमाललाई बिदाई

हिमाली संचार संवाददाता
५२९ पटक

कुवेत : गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले नेपाली राजदूताबास कुवेतका राजदूत महामहिम यज्ञबहादुर हमाल र उहाँकी धर्मपत्नि रिता हमाललाई दोसल्ला ओढाई मायाको चिनो र कदर पत्र सहित शुक्रबार फर्वानिया स्थित दवाईहि प्यालेस रेष्टुरेन्टमा बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।

परिषदले ४ वर्षे कार्यकालमा राजदुत हमालले खेल्नु भएको भुमिकालाई उच्च सम्मानका साथ बिदाई गरेको हो।

परिषदका अध्यक्ष सुमित्रादेबी पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा युवा संयोजक गणेश रावतले स्वागत मन्तव्य राखेका थिए भने महासचिव हरि लावतीले कार्यक्रम सहजीकरण गरेका थिए।

विदाई कार्यक्रममा परिषदका सल्लाहकार सूजन केसी, सुरज मास्के, अन्तराष्ट्रिय कलाकार मञ्च कुवेतका अध्यक्ष सोम रसाइली, जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ र आरडि क्रियशनको तर्फबाट दिल कुमार पाख्रिनले शुभकामना मन्तब्य दिएका थिए।

शुभकामना मन्तब्यको क्रममा वक्ताहरुले राजदूत हमालको ४ बर्षे कार्यकाल सफल तथा उदाहरणीय भएको भन्दै सबै बक्ताहरुबाट राजदुत हमालको उच्च प्रशंसा गरिएको थियो ।

महामहिम राजदुतबाट कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत र नेपाली राजदूतावस कुवेतको सहकार्यको चर्चा गर्दै एनसिसि कुवेतले गरेका मानविय कार्यहरुको प्रशंसा गर्नुभएको थियो । महामहिम कुवेतबाट बिदा भएपनि नेपालमा उहाँ कार्यरत रहने सरकारी निकायमा आफ्नो ढोका सदैब खुला रहने र परिषद लगायत कुवेतवासी नेपालीहरुले दिनुभएको माया, ममता, साथ सहयोग सदैब सजाएर राख्ने बताउनु भएको थियो ।

कार्यक्रमको समापन गर्दै परिषदका अध्यक्ष सुमित्रादेबी पौडेलले परिषदको निमन्त्रणालाई सहर्ष स्विकार गरी उपस्थित हुनुभएका अतीथीहरुमा धन्यबाद दिनुहुदै आफ्नो कार्यकाल पुरा गरि नेपाल फर्किन लाग्नु भएका महामहि राजदुतको उन्नती, प्रगती र उज्वल भबिष्यको कामना गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...