News Portal

एनआरएनए कुवेतले गर्‍यो राजदुत हमाललाई बिदाई

हिमाली संचार संवाददाता
४६७ पटक

कुवेत : गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले नेपाली राजदूताबास कुवेतका राजदूत महामहिम यज्ञबहादुर हमाल र उहाँकी धर्मपत्नि रिता हमाललाई दोसल्ला ओढाई मायाको चिनो र कदर पत्र सहित शुक्रबार फर्वानिया स्थित दवाईहि प्यालेस रेष्टुरेन्टमा बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।

परिषदले ४ वर्षे कार्यकालमा राजदुत हमालले खेल्नु भएको भुमिकालाई उच्च सम्मानका साथ बिदाई गरेको हो।

परिषदका अध्यक्ष सुमित्रादेबी पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा युवा संयोजक गणेश रावतले स्वागत मन्तव्य राखेका थिए भने महासचिव हरि लावतीले कार्यक्रम सहजीकरण गरेका थिए।

विदाई कार्यक्रममा परिषदका सल्लाहकार सूजन केसी, सुरज मास्के, अन्तराष्ट्रिय कलाकार मञ्च कुवेतका अध्यक्ष सोम रसाइली, जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ र आरडि क्रियशनको तर्फबाट दिल कुमार पाख्रिनले शुभकामना मन्तब्य दिएका थिए।

शुभकामना मन्तब्यको क्रममा वक्ताहरुले राजदूत हमालको ४ बर्षे कार्यकाल सफल तथा उदाहरणीय भएको भन्दै सबै बक्ताहरुबाट राजदुत हमालको उच्च प्रशंसा गरिएको थियो ।

महामहिम राजदुतबाट कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत र नेपाली राजदूतावस कुवेतको सहकार्यको चर्चा गर्दै एनसिसि कुवेतले गरेका मानविय कार्यहरुको प्रशंसा गर्नुभएको थियो । महामहिम कुवेतबाट बिदा भएपनि नेपालमा उहाँ कार्यरत रहने सरकारी निकायमा आफ्नो ढोका सदैब खुला रहने र परिषद लगायत कुवेतवासी नेपालीहरुले दिनुभएको माया, ममता, साथ सहयोग सदैब सजाएर राख्ने बताउनु भएको थियो ।

कार्यक्रमको समापन गर्दै परिषदका अध्यक्ष सुमित्रादेबी पौडेलले परिषदको निमन्त्रणालाई सहर्ष स्विकार गरी उपस्थित हुनुभएका अतीथीहरुमा धन्यबाद दिनुहुदै आफ्नो कार्यकाल पुरा गरि नेपाल फर्किन लाग्नु भएका महामहि राजदुतको उन्नती, प्रगती र उज्वल भबिष्यको कामना गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...