News Portal

अध्यक्ष बस्याल माथिको तथ्यहिन आरोप : महासंघ युएई शाखा

हिमाली संचार संवाददाता
५५३ पटक

युएई : नेपाल पत्रकार महासंघ युएई शाखाले अध्यक्ष भुपराज बस्याल पक्राउ सम्बन्धमा एक बिज्ञप्ति जारी गर्दै विभिन्न संचारमाध्यममा आए जस्तो उनि गैरकानुनी काम कारबाहीमा संलग्न नरहेको प्रष्ट पारेको छ।

संघका कार्यवाहक अध्यक्ष लक्ष्मण खनाल द्वारा हस्ताक्षरित बिज्ञप्तिमा केहि समय अघि आन्तरिक बिसयमा चिनियाँ नागरिक सङ भएको मतभेदका कारण बस्याललाई प्रहरीले पक्राउ गरेको भएपनी सुलसुले डटकम लगायत विभिन्न अनलाईनबाट प्रकाशित समाचारमा भनेझै हुण्डी र चेक बाउन्सको कुनै मुद्दा नरहेको उल्लेख गरिएको छ।

बिज्ञप्तिमा सम्बन्धित सस्थाका प्रतिनिधिसंग सम्पर्क नगरी सुलसुले डटकमले केहि दिन अघि अध्यक्ष बस्यालले हुण्डी कारोबार गरेको र चेक बाउन्सको समेत मुद्दा रहेको हुँदा उनि पक्राउ परेको भनी समाचार प्रकाशित गरेको सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको बताउदै तथ्यहिन समाचारले ब्यक्तिको चरित्र हत्या मात्र नभै सस्थाको समेत बदनाम भएको हुँदा त्यस्ता समाचार प्रकाशित गर्ने अनलाईनसंग समाचार पुष्टि हुने प्रमाण उपलब्ध गराउन माग गर्दै आरोप प्रमाणित भएमा बिधानत कारबाही गरिने एभरेस्टदैनिकले समाचारमा जनाइएको छ।

बिज्ञप्ति हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...