कुवेत – “गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ” भन्ने मुल नारा बोकेर ‘२५ डिसेम्बर २००९‘मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था ‘तमू समाज कुवेत’ले आफ्नो चौथो ऐतिहासिक अधिवेशन आगामी २१ सेप्टेम्बरमा गर्ने समाजका अध्यक्ष खोप गुरुङले हिमाली संचार डटमकमलाई जानकारी दिनु भएको छ ।
समाजको शुक्रबार बसेको बैठकले तमुहरुको महान पर्ब तमु ल्होसार पनि डिसेम्बर २८ तरिख २०१८ शुक्रबार दिन विभिन्न खेलकुद र संस्कृति कार्यक्रमको साथ धुमधामका साथ मनाउने भएको छ। उक्त दिन कुवेतमा रहेका कुनै पनी सघसस्थाहरुले कार्यक्रम नजुधाइदिन आयोजक तमु समाज कुबेतले अनुरोध गरेको छ।
चौथो अधिवेशन समारोहलाई भव्य रुपमा सम्पन्न पर्न कुवेतमा क्रियाशील नेपाली संघ संस्था तथा समाजसेवी बुद्धिजीवी, कुवेतमा बसोवास गर्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु, पत्रकार, कलाकर खेलाडी, सम्पूर्णमा उपस्थितको लागि समाजले अनुरोध समेत गरेको छ।
कार्यक्रमको हुने
मिति : २१ सेप्टेम्बर २०१८, शुक्रबार
स्थान : तय नभएको हलको खोजीमा
कार्यक्रम: समाजको चौथो अधिवेशन
आयोजक : तमु समाज कुबेत।