News Portal

  • नेपाल तामाङ घेदुङ कुवेत ले २८५५ औँ फाग ड्वा ल्हो”(सुंगुर बर्ग)सोनाम ल्होछार धुमधामसँग मनाए

    हिमाली संचार संवाददाता
    ५३८ पटक

    कुबेत –  ल्होछारको प्रबर्द्धन हाम्रो सास्कृतिक सरोकार, ताम्सालिङ प्रदेशको निर्माण हाम्रो राजनीतिक आधार ” भन्ने मुल नाराका साथ नेपाल तामाङ घेदुङ कुवेतले आफ्नो महान एवं मौलिक,साँस्कृतिक पर्व राष्ट्रिय सोनाम ल्होछार मन्जुश्री संवत् २८५५ औ फाग ल्हो ( सुङगुर वर्ग )सोनाम ल्होछार बृहत् साँस्कृतिक कार्यक्रम को साथ सम्पन्न गरेको छ ।

    कुबेत को खैतान स्थित राजधानी इन्डियन रेस्टुरेन्टको हलमा सम्पन्न कार्यक्रममा ॐ माने पेमे होमको मुटु छुने धुनमा लामाहरुले बुद्ध धर्म सम्बन्धी पाठ पढ्दै र पूजाआर्चना गर्दै शुरुवात गरेको थिए।

    कार्यक्रममा प्रमुख नेपाली राजदुतावास कुवेतका राजदूत यज्ञबहादुर हमाल र वहाँँ को धर्मपत्नी रिता हमाल लाई घेदुङ कुवेतका कलाकारहरु अध्यक्ष सुरेश ग्याबा तामाङ, घेदुङ कुवेतका सल्लाहकार हरु राम लामा,अमृत तमाङ,आस बादुर तमाङ, लगयत नेपाल तामाङ घेदुङ कुवेत परिवार ले फूल गुच्छा खादा ओडायर भब्य स्वागत गरेका थिए।

    त्यसैगरी सोनाम ल्होसारमा उपस्थित पाउन हरु लाई लामा गुरुहरुद्वारा पुजापाठ,को साथ मा टिको लगाइे अतिथिहरुलाई खादा ओडायर स्वागत गरिएको थियो ।

    कुबेत को खैतान स्थित राजधानी इन्डियन रेस्टुरेन्ट मा हलमा सम्पन्न सोनाम ल्होसार घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबा तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रम मा नेपाली राजदुतावास कुवेतका राजदूत यज्ञबहादुर हमाल प्रमुख रहेका थिए भने विशिष्ट अतिथिहरुमा राजदूत हमाल धर्मपत्नी रिता हमाल, थिए।

    कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो । भने घेदुङ कुवेतका महासचिव कृष्णबहादुर तामाङ र कलाकार प्रमुख हिमाल लामा ले कार्यक्रम सञ्चालन गरेका थिए ।

    सभापति, प्रमुख अतिथी,बिशेष अतिथीहरु ले संयुक्तरुपमा द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो। भने
    कुबेत मा कृयाशिल नेपाली संघँ सस्थाको प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु अतिथीको रुपमा उपस्थित रहेका थियो। सोनाम ल्होछार कार्यक्रम लाई नेपाल तामाङ घेदुङ कुवेतकी महिला बिभाग प्रमुख हित माया तमाङ ले स्वागत मन्तव्य द्वारा उपस्थितलाई स्वागत गरेका थिए ।

    घेदुङ कुवेतका सल्लाहकार राम लामा,अमृत तमाङ,ले ८५५ औँ फाग ड्वा ल्हो”(सुंगुर बर्ग)सोनाम ल्होछार को बारे मा प्रष्ट पारेका थिए।

    कार्यक्रममा आफ्नो कार्यकाल पुरा गरी नेपाल फर्किन लागेका राजदूत हमाल र उहाँको को धर्मपत्नी रिता हमाल लाई नेपाल तामाङ घेदुङ कुवेत ले कदर पत्रका साथ दोसल्ला ओडायर सम्मान तथा बिदाई गरेका थिए।

    कुवेतको कार्यअबधीमा नेपाल र नेपालीहरुको हितमा इमान्दारिता साथ एक असल राष्ट्र सेवकको रुपमा निरन्तर सेवारत रहको भनी उक्त कार्यको उच्च मुल्यांकन गर्दै सम्मान पूर्वक घेदुङ कुवेत ले बिदाइ गरेका थिए। प्रमुख अतिथिको आसनबाट बोल्दै महामहिम राजदूत यज्ञबहादुर हमालले एउटा बगैंचा पनि हजारौं किसिमका फुलहरु फुलेर बन्ने भएकोले सोनाम ल्होसार तामाङ समुदाय भित्र बिशेष गरी मनाईने भए l

    यो बिबिधतामा एकता बोकेको राष्ट्र नेपालको धर्म संस्कृति भित्र पर्ने एक महान पर्व भएकोले सबै नेपालीहरुले यसरी नै मिलेर सबै चाड पर्वहरु मनाउन सके नेपालीहरु बिचको भात्रित्व सदा कायम रहन सक्ने उदाहरण दिनु भयो ।

    यसरी नै शुभकामना दिनेहरुमा आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग,किरात राई यायोक्खा शखा कुवेतका अध्यक्ष मन्जित राई, गैर आवासीय नेपाली संघ कुवेतका माहासचिब हरी लावाती,तमु समाज कुबेतका अध्यक्ष राजु गुरुङ, किरात याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष बल बहादुर काम्बाङ, लगयतले ल्होछार को शुभकामना मन्तव्य दिएका थिए ।

    कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान, सेलरोटी, अचर,चनाको तरकारी,फल फुल,ले स्वागत गरिएको थिए। बाल्को उपस्थितिले खचाखच भरिएको हाल मा आन्तिम ४ बजे सम्मा अतिथि आउने क्रम रहेको थियो । भने कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि आफ्नो तमाङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य घेदुङ कुवेतका स्थानिय कलाकारहरुद्वारा बिभिन्न किसिमका तामाङ सेलो, डम्फु नाच,म्हेन्दोमाया नृत्य, र अन्य साँस्कृतिक झाँकीहरु प्रस्तु गरेर उपस्थित दर्शक तथा अतिथिहरुलाई नचाउँदै माहौल नै ल्होसारमय बनाएका थिए ।

    कार्यक्रमको समापन गर्दै अध्यक्ष सुरेश ग्याबा तामाङ ले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी हातहरु, नेपाली राजदुताबास, आर्थिक, भौतिक नैतिक तवरबाट सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी हातहरु र विभिन्न बिधामा सौजन्य गरेर सहयोग गर्नुहुने l

    सहयोगी दाताहरु, कुवेतमा कृयाशिल संघ संस्थाहरुको प्रतिनिधि ज्युहरु, बुद्धिजीवी, समाजसेवी, खेलाडी, पत्रकार, कलाकार, राजनीतिज्ञ र कार्यक्रममा उपस्थिति जनाउनु हुने सम्पूर्ण कुवेतवासी दिदिबहिनी तथा दाजुभाइहरु कार्यक्रममा गौरबशाली उपस्थिति जनाइ दिनुभै भब्य सब्य रुपमा कार्यक्रम सफल गराउन महत्वपूर्ण भुमिका खेलिदिनु भएकोमा स हृदय देखि हार्दिक धन्यवाद को साथमा आभार प्रकट गर्नु भएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रतुवामाईमा विद्यालय स्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १२ – मोरङको रतुवामाई नगरपालिका–३ स्थित पिडारी चोकमा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान...

    जेनजी प्रतिनिधिको जोड– “चुनाव मात्र होइन, सुशासन र पारदर्शिता चाहिन्छ”

    काठमाडौं, कात्तिक १२ – प्रधानमन्त्री सुशीला कार्कीको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार, राजनीतिक दल...

    संविधान संशोधन बिना चुनाव अर्थहीनः ज्ञानेन्द्र शाही

    काठमाडौं, कात्तिक १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा...

    दुर्गा प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा

    काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि काम गर्ने...

    भारतका विद्युतमन्त्री खट्टरसँग मन्त्री घिसिङको भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

    काठमाडौं, कार्तिक १२ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले...