News Portal

  • कुवेत नेपाली एकता समाजले गर्‍यो प्यारालाइसिस पिडितलाई अार्थिक सहयोग

    हिमाली संचार संवाददाता
    ४१७ पटक

    फेब्रुअरी १, कुवेत : राष्ट्रिय जनमोर्चाको वैदेशिक भातृसंगठन कुवेत नेपाली एकता समाजले अलपत्र परेका पिडितहरुलाई उद्वार कार्यमा सक्रियताका साथै कुवेतका सामाजिक संस्थाहरुसँग हातेमालो गर्दै अाएको छ। यसै क्रममा अहिले बागलुङ जैमिनी नगरपालिका वडा नं.९ घ्युरचौर निवासी नर बहादुर जिसी विगत केही समय देखि प्यारालाइसिसबाट ग्रसित हुनुहुन्छ। राजनितिक र समाज सेवामा सक्रिय जिसीलाई एकाएक प्यारालाइसिस लागेपछी नियमित उपचार गर्न अार्थिक अभाव भएको कारणले देश विदेशबाट सहयोगी मनहरुले सहयोग गर्दै अाउनुभएको छ।

    त्यसै अनुरुप कुवेत नेपाली एकता समाजले पनि नर बहादुर जिसीको पृष्ठभुमी र योगदानलाई सम्मान गर्दै वहाँको उपचारको लागी थोरै भए सहयोग गरेर सहभागी बन्ने निर्णय गरी उक्त संगठनको केन्द्रिय समिती र सदस्यहरुबाट संकलित रकम १५,००० (पन्ध्र हजार) नेपाली रुपैयाँ एक कार्यक्रमका विच सोही संगठनका केन्द्रिय सदस्य गोपाल नेपालीले हस्तान्तरण गर्दै वहाँको स्वास्थ्य लाभको कामना पनि गर्नुभएको थियो।

    उक्त हस्तान्तरण कार्यक्रममा जैमिनी नगरपालिका वडा नं.९की जनप्रतिनिधी विष्णकली दर्जी, राष्ट्रिय जनमोर्चाका वडा सचिव मेघराज शर्मा, शिक्षक राम पौडेल, प्र.अ. खगराज शर्मा र जनप्रतिनिधी लिला अाचार्य लगायतको उपस्थित रहेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रतुवामाईमा विद्यालय स्तरीय सांस्कृतिक कार्यक्रम सम्पन्न

    रबिन्द्र बराल/मोरङ, कार्तिक १२ – मोरङको रतुवामाई नगरपालिका–३ स्थित पिडारी चोकमा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान...

    जेनजी प्रतिनिधिको जोड– “चुनाव मात्र होइन, सुशासन र पारदर्शिता चाहिन्छ”

    काठमाडौं, कात्तिक १२ – प्रधानमन्त्री सुशीला कार्कीको पहलमा प्रधानमन्त्री निवास बालुवाटारमा आज सरकार, राजनीतिक दल...

    संविधान संशोधन बिना चुनाव अर्थहीनः ज्ञानेन्द्र शाही

    काठमाडौं, कात्तिक १२ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले संविधान संशोधन नगरी चुनावमा...

    दुर्गा प्रसाईंले मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्ने घोषणा

    काठमाडौं, कार्तिक १२ – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षणका लागि काम गर्ने...

    भारतका विद्युतमन्त्री खट्टरसँग मन्त्री घिसिङको भेट, ऊर्जा सहकार्यका विषयमा छलफल

    काठमाडौं, कार्तिक १२ – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङले...