News Portal

  • दैनिक ८ घण्टा हिडेर विद्यालय पुग्छन् भाेकाे पेटमा पढ्नु पर्छ

    हिमाली संचार संवाददाता
    ३८३ पटक

    अर्घाखाँची – सुन्दर बलाल ६ वर्षका भए । शीतगंगा नगरपालिका–१० सिद्धारा तारिकेका उनी २ कक्षामा पढ्छन् । उनी अक्षर चिन्दै छन् । तर यसका लागि सुन्दरले तिरेको मूल्य हिसाब गरेर साध्य छैन । हरेक दिन स्कुल आउजाउ गर्न उनलाई आठ घण्टा हिँड्नुपर्छ । पुग्न चार घण्टा । फर्किन चार घण्टा । त्यो पनि जंगलको बाटो, एक्लै ।

    अर्घाखाँची जिल्लाकै अति विकट ठाउँ हो सिद्धारा तारिके । यहाँ स्कुल छैन । चार घण्टा टाढाको हर्रेमा छ, जनजागृति माध्यमिक विद्यालय । त्यो स्कुल धाउनुको विकल्प सुन्दरसँग छैन ।

    उनी उठ्नेबित्तिकै गाँस टिपेर हिँड्छन् । स्कुल पुग्दा थकान र भोकले बेहाल भइसकेका हुन्छन् । फर्किंदा रात परिसकेको हुन्छ । झुल्दै गाँस टिपेर निदाउँछन् । जंगलको बाटोमा उनलाई स्कुल पुर्‍याउने पनि कोही छैन । न त कोही साथी नै छन् । बुबा विदेशमा छन् । आमा दोस्रो विवाह गरेर गइन् । सुन्दर हजुरआमासँग बस्छन् ।

    जनजागृति स्कुलमा पढ्ने उनका अरु साथी पनि घण्टौं हिँडेर आउँछन् । केहीले पाँच घण्टा पनि हिँड्नुपर्छ । काठे खोलाका ६ वर्षका कमलबहादुर नेपाली, राजु नेपाली, गोपाल नेपाली दैनिक पाँच घण्टा हिँडेर स्कुल आउने शिक्षिका देवी पोख्रेल पौडेलले बताइन् । तर उनीहरूले सुन्दरले जस्तो जंगलको बाटो हिँड्नु पर्दैन ।

    उज्यालो हुनेबित्तिकै भात खाएर स्कुल हिँड्नुपर्छ । पुग्दानपुग्दै भोक लाग्छ । विद्यार्थीले भोको पेट पढ्न नसक्ने भएपछि स्कुलले टिफिन बक्सको व्यवस्था गरेको छ । तर टाढाका केटाकेटी आइपुग्दा टिफिन बक्स रित्तो भइसक्ने प्रधानाध्यापक मणिराम पोख्रेल बताउँछन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...

    ओलीको स्पष्टीकरण: ‘युथ भोलेन्टियर फोर्स’ शान्ति र सुव्यवस्थाका लागि हो

    काठमाडौं, मंसिर ५ – एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले गठन गरेको ‘युथ भोलेन्टियर फोर्स’ देशमा...