News Portal

स्याङ्जामा ४७ करोडको सुन्तला बिक्री

हिमाली संचार संवाददाता
६०४ पटक

राधाकृष्ण डुम्रे
स्याङ्जा : स्याङ्जामा चालु आर्थिक वर्षमा झण्डै ४७ करोडको सुन्तला बिक्री हुने भएको छ । १ हजार २ सय ४० हेक्टर क्षेत्रफलमा १४ हजार ६ सय २९ मेट्रिक टन सुन्तला उत्पादन हुने र त्यसको बिक्रीबाट ४६ करोड ८१ लाख २९ हजार २४ रुपैयाँ जिल्ला भित्रिने अनुमान गरिएको छ ।

स्याङ्जामा उत्पादन भएको सुन्तलामध्ये २९ सय २५ मेट्रिक टन जिल्लाभित्रै खपत हुने र ११ हजार ७ सय ३ मेट्रिक टन सन्तला जिल्लाबाहिर पोखरा, बुटवल र काठमाण्डौ निर्यात हुने जिल्ला कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत सन्दीप सुवेदीले जानकारी दिनुभयो ।

गएको वर्ष स्याङ्जामा १ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा १३ हजार ६ सय २५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो भने सुन्तला बिक्रीबाट झण्डै छत्तीस करोड रुपैयाँ भित्रिएको थियो । जिल्लामा सुन्तलाबाट मात्रै वार्षिक रुपमा २५ लाखसम्म नगद आर्जन गर्ने कृषकसमेत रहेको ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको पुतलीबजार, वालिङ, भीरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदिखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउ“पालिका सुन्तला उत्पादनको पकेट क्षेत्र हुन् । सुन्तलाले प्रख्यात वालिङ नगरपालिका ३ मा ‘सुन्तला बारी होमस्टे’ समेत सञ्चालनमा ल्याइएको छ ।

बढी सुन्तला उत्पादन हुने भएकाले स्याङ्जामा सुन्तला उत्पादक कृषकलाई प्रोत्साहन र प्राविधिक सहयोग गर्नका लागि २ वर्ष अघिदेखि सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन इकाई अन्तर्गत सुन्तला सुपरजोनका जिल्ला घोषणा गरी काम गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...