News Portal

डा. बाबुराम भट्टराई भन्छन् : भ्रष्टाचार गरेर देस लुट्ने हो भने राजनीति नगर्नुस्

हिमाली संचार संवाददाता
४५९ पटक

तेह्रथुम : नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचार गरेर देस लुट्ने हो भने राजनीति नगर्न सुझाव दिएका छन् । संयोजक भटटराईले नेतृत्वले राजनीतिलाई व्यवसायिक पेशाको रुपमा लिएर बिकृतीको विकास गरेको आरोप लगाउदै, राजनीतिलाई जनताको सेवा गर्ने थलोको रूपमा संस्थागत गर्नुपर्ने बताए ।

‘राजनीतिलाई व्यवसायिक पेशा बनाएकोले मुलूकमा भ्रष्टचार बढेको छ’ उनले भने ‘गुलियोमा झिँगा भूले झै राजनीतिक नेतृत्वले भष्टचारमा भूलेर नागरिकलाई ढाँटी रहेका छन्’ । नोकरसाही कर्मचारीतन्त्र र भ्रष्टचारीले देशलाई अघि बढ्न नदिएको कुरा नागरिकले आँखा खोलेर बुझ्नु पर्ने उनले सुझाए ।

संयोजक भट्टराईले राजनीति गरेर लुट र भ्रष्टचार गर्ने हो भने राजनीतिमा नलाग्न आग्रह गर्दै भने ‘सक्छांै राजनीतिमा लागेर जनताको सेवा गरौं सक्दैनौं राजनीति नगरौं’ ‘देशको सेवा गर्छु भनेर जनतालाई धोका नदिऔं ।

नयाँ शक्ति पार्टी नेपालले गएको माघ १५ गते देखी सञ्चालन गरेकोे ‘असल राजनीति र समावेसी विकासका लागि जनसम्बाद यात्रा’ कार्यक्रमलाई तेह्रथुमको म्याङलुङमा बिहिबार सम्बोधन गर्दै नेता भट्टराईले जनताको सहभागिता सहितको राजनीतिलाई सबै नागरिकको विकासको लागि उपयोग गर्न जोड दिए ।

डाक्टर भट्टराईले वर्तमान परिवेशमा डाक्टर गोविन्द केसीको शिक्षा र स्वाथ्य सम्बन्धि जायज मागको आफ्नो पार्टीको सर्मथन रहेको बताउँदै अन्य माग बढाउँदै लगेकोमा भने शंका ब्यक्त गरे । अर्को प्रशंगमा राजतन्त्र फेरि नआउँनेमा विश्वस्त हुन आग्रह गर्दै सबै खालका नागरिकको त्याग र बलिदानलाई सम्बोधन गर्न सकेमात्र दिगो शान्तिको जग निर्माण हुने उनले जिकिर गरे ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...