News Portal

डा. बाबुराम भट्टराई भन्छन् : भ्रष्टाचार गरेर देस लुट्ने हो भने राजनीति नगर्नुस्

हिमाली संचार संवाददाता
४०८ पटक

तेह्रथुम : नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रष्टाचार गरेर देस लुट्ने हो भने राजनीति नगर्न सुझाव दिएका छन् । संयोजक भटटराईले नेतृत्वले राजनीतिलाई व्यवसायिक पेशाको रुपमा लिएर बिकृतीको विकास गरेको आरोप लगाउदै, राजनीतिलाई जनताको सेवा गर्ने थलोको रूपमा संस्थागत गर्नुपर्ने बताए ।

‘राजनीतिलाई व्यवसायिक पेशा बनाएकोले मुलूकमा भ्रष्टचार बढेको छ’ उनले भने ‘गुलियोमा झिँगा भूले झै राजनीतिक नेतृत्वले भष्टचारमा भूलेर नागरिकलाई ढाँटी रहेका छन्’ । नोकरसाही कर्मचारीतन्त्र र भ्रष्टचारीले देशलाई अघि बढ्न नदिएको कुरा नागरिकले आँखा खोलेर बुझ्नु पर्ने उनले सुझाए ।

संयोजक भट्टराईले राजनीति गरेर लुट र भ्रष्टचार गर्ने हो भने राजनीतिमा नलाग्न आग्रह गर्दै भने ‘सक्छांै राजनीतिमा लागेर जनताको सेवा गरौं सक्दैनौं राजनीति नगरौं’ ‘देशको सेवा गर्छु भनेर जनतालाई धोका नदिऔं ।

नयाँ शक्ति पार्टी नेपालले गएको माघ १५ गते देखी सञ्चालन गरेकोे ‘असल राजनीति र समावेसी विकासका लागि जनसम्बाद यात्रा’ कार्यक्रमलाई तेह्रथुमको म्याङलुङमा बिहिबार सम्बोधन गर्दै नेता भट्टराईले जनताको सहभागिता सहितको राजनीतिलाई सबै नागरिकको विकासको लागि उपयोग गर्न जोड दिए ।

डाक्टर भट्टराईले वर्तमान परिवेशमा डाक्टर गोविन्द केसीको शिक्षा र स्वाथ्य सम्बन्धि जायज मागको आफ्नो पार्टीको सर्मथन रहेको बताउँदै अन्य माग बढाउँदै लगेकोमा भने शंका ब्यक्त गरे । अर्को प्रशंगमा राजतन्त्र फेरि नआउँनेमा विश्वस्त हुन आग्रह गर्दै सबै खालका नागरिकको त्याग र बलिदानलाई सम्बोधन गर्न सकेमात्र दिगो शान्तिको जग निर्माण हुने उनले जिकिर गरे ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...