News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • फेसबुकको ‘रिसर्च’ एप एप्पलद्वारा प्रतिबन्ध !

    हिमाली संचार संवाददाता
    ३४५ पटक

    एजेन्सी : फेसबुक फेरि पनि प्रयोगकर्ताको गोपनियता भंग गरेको विवादमा परेको छ। यो विवादले प्रयोगकर्ता मात्र होइन, एप्पल कम्पनी पनि रिसाएको छ। फेसबुकले प्रयोगकर्ताको गोपनियता कायम राख्नेबारे गरेको सम्झौता तोडेको भन्दै एप्पलले आफ्ना प्रयोगकर्ताको आइफोनमा फेसबुकको ‘रिसर्च’ एप नराख्ने जनाएको छ।

    मंगलबार मात्र फेसबुकले ‘रिसर्च’ एपका माध्यमबाट प्रयोगकर्ताका व्यक्तिगत डाटा र जानकारी संकलन गरिरहेको खुलासा भएको थियो। यो एपले प्रयोगकर्ताले चलाएका अरू एप, व्यक्तिगत म्यासेज र उनीहरूको लोकेशन डाटाबारे सबै जानकारी लिन फेसबुकलाई सघाइरहेको थियो। फेसबुकको यो एप विशेषगरी १३ देखि ३५ वर्षका प्रयोगकर्तामा लक्षित भएको बताइएको छ।

    फेसबुकको यो काम गत वर्ष एप्पलले प्रयोगकर्ताको गोपनियताबारे गरेको सम्झौता विपरीत छ। त्यसैले एप्पलले अब यो एप प्रतिबन्ध गर्ने बताएको हो। अब फेसबुकले एप स्टोरमा यो एप उपलब्ध गराउन सक्दैन।

    फेसबुकले एप्पलसँगको सहकार्यको पनि फाइदा उठाएको आरोप छ। एप स्टोरमा कुनै पनि एप राख्दा फेसबुकका कम्पनीका कर्मचारीले ती एप प्रयोग गर्न पाउँछन्। सर्वसाधारणलाई उपलब्ध नभइसकेका एप उनीहरूले अर्को सेवा प्रदायकबाट डाउनलोड गरेर चलाउँदै आएका थिए। एप्पलले साझेदारी गरेका कम्पनीहरूका एपमा परीक्षणनिम्ति यो छुट दिएको हो। एप बनाउने कम्पनीका कर्मचारीले प्रयोग गर्न पाउने भनी एप्पल र सम्बन्धित कम्पनीबीच सम्झौता भएको हुन्छ।

    तर फेसबुकले भने एप्पललाई थाहै नदिई यो सम्झौता तोडेको छ। उसले आफ्ना कर्मचारी बाहेकका प्रयोगकर्तालाई पनि पैसा दिएर यो एप डाउनलोड गर्न लाएको खुलासा भएको हो। फेसबुकले एक प्रयोगकर्ता बराबर २० अमेरिकी डलरसम्म पैसा दिएको बताइएको छ। उसले यो एप चलाउन पैसा दिएकाहरू १३ देखि ३५ वर्षका छन्। यसमा पनि ५ प्रतिशत ‘टिनएजर’ छन्। उनीहरूलाई यो एप डाउनलोड गरेवापत् फेसबुकले मासिक रूपमा बोनससहितको भुक्तानी गरेको देखिएको छ।

    फेसबुकको यो व्यवहारपछि एप्पलले बुधबार बिहान विज्ञप्ति निकालेर भनेको छ, ‘हाम्रो कुनै पनि कम्पनीसँग साझेदारीको विशेष कार्यक्रम अन्तर्गत ती कम्पनीका एप आन्तरिक प्रयोगकर्ताले चलाउन पाउने सम्झौता गरेका थियौं। फेसबुक हाम्रो यस्तै साझेदार कार्यक्रमका कम्पनीमध्ये एक हो। उसले भने त्यो डाटा संकलन गर्ने एप कम्पनी बाहिरका प्रयोगकर्तालाई दियो। यो हाम्रो सम्झौता विपरीत छ। त्यसैले हाम्रा उपकरण चलाउने प्रयोगकर्ता र उनीहरूका जानकारी सुरक्षित रहून् भन्न फेसबुकको त्यो एप प्रतिबन्ध गर्ने भएका हौं।

    फेसबुकले मंगलबार राति नै एक विज्ञप्ति जारी गरी यो ‘रिसर्च’ एप एप्पलका उपकरणमा नआउने बताएको थियो। यसबारे प्रस्ट जानकारी भइसकेको थिएन। एप्पलले बुधबार विज्ञप्तिमा यी कुरा भनेपछि बुझियो, एप्पलले नै फेसबुकलाई त्यो एप बन्द गर्न लगाएको थियो। एप्पलको सम्झौता विपरीत काम गरेको भनाइमा भने फेसबुकले कुनै टिप्पणी दिएको छैन।

    सम्झौता विपरीत काम गरेको भए पनि फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप भने एप्पलले हटाइहाल्ने सम्भावना छैन। तर कुनै हिसाबले एप्पलले फेसबुकको यो गल्तीको सजाय दिने देखिएको छ।

    फेसबुकले हाल आएर बन्द गर्ने भनेको यो एप सन् २०१६ देखि नै चलिरहेको थियो। फेसबुकले प्रयोगकर्ताका डाटा तथा जानकारी लिन मरिमेटेको र विभिन्न तरिकाबाट चोर्दै आएको आरोप लागेको यो पहिलोपटक होइन।

    अमेरिकाको राष्ट्रपति चुनावमा फेसबुकमार्फत् भएका हस्तक्षेपबारे संस्थापक मार्क जुकरवर्गले अमेरिकी संसदमा पटक-पटक सफाइ दिनुपरेको छ। फेसबुकमा आउने खेल र ‘भविष्यवाणी’ एप्सले पनि प्रयोगकर्ताको विवरण लिइरहेको आरोप बेलाबेखत लागिरहन्छ। हामीले यो सामाग्री सेतोपाटिबाट लिएका हौ।

    प्रतिकृया दिनुहोस्

    ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराज गुरुङको आरोप

    काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई षड्यन्त्र गरेर सहकारी ठग बनाइएको बताएका छन्। शुक्रबार...

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय...

    तनहुँको धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको राजापानी सिद्धेश्वर महादेव ओझेलमा

    तनहुँ। धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको तनहुँको व्यास नगरपालिका–९ गजौडेस्थित राजापानी सिद्धेश्वर महादेव...

    डलरको भाउ बढेको बढ्यै, यस्तो छ सटही दर

    काठमाडौं। नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैङ्कले सार्वजनिक...

    अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल

    गण्डकी। उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान...