News Portal

कर्णालीका मुख्यमन्त्रीकै गाडीमा नेविसंघले लेख्यो “माफिया सरकार मुर्दाबाद”

हिमाली संचार संवाददाता
४४२ पटक

सुर्खेत : सरकार अधिनायकवाद तर्फ उन्मुख भएको भन्दै सडक आन्दोलनमा उत्रिएको नेपाल बिद्यार्थी संघका बिद्यार्थीहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चढ्ने सरकारी गाडीमा “माफिया सरकार मुर्दाबाद” लेखेर विरोध जनाएका छन् ।

बिहिवार वीरेन्द्रनगरमा नेविसंघ सुर्खेतका विद्यार्थीहरुले मुख्यमन्त्री शाहीको पार्किङ्गमा राखेको गाडीमा सरकारको बिरोधका रुपमा माफिया सरकार मुर्दाबाद लेखेका हुन् ।

मध्यपश्मिाञ्चल विश्वविद्यालयको कलेज उद्घाटन कार्यक्रममा सहभागी हुन गएका मुख्यमन्त्री शाहीको पार्किङ्गमा राखिएको गाडीमा सुरक्षाकर्मीहरुको आँखा छलि बिद्यार्थीहरुले माफिया सरकार मुर्दाबाद लेखेर भागेका थिए ।

नेपाल बिद्यार्थी संघको केन्द्रिय समितिले तय गरेका बिरोधका कार्यक्रम अनुसार सरकारी गाडीलाई बन्देज गर्ने कार्यतालिका अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको गाडीमा माफिया सरकार मुर्दाबाद लेखीएको हो भने बिरोधकै क्रममा शुक्रबार प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम रहेको नेविसंघ सुर्खेतले जनाएको छ ।

नेविसंघ सुर्खेतले चिकित्सा शिक्षा विधेयकको विरोधमा डा.गोविन्द केसी २२ दिनदेखि अनशनमा रहँदा पनि सरकार मौन भएको, प्रधानमन्त्रीले विपक्षी दलका नेता नदिई संवैधानिक परिषद् बैठक गरेको, नेपाल वायुसेवा निगमले किनेका बाइडवडी प्रकरणमा भ्रष्टाचार छानबिन अघि नबढेकाले आफूहरूको आन्दोलन जारी रहने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...