News Portal

कर्णालीका मुख्यमन्त्रीकै गाडीमा नेविसंघले लेख्यो “माफिया सरकार मुर्दाबाद”

हिमाली संचार संवाददाता
३८९ पटक

सुर्खेत : सरकार अधिनायकवाद तर्फ उन्मुख भएको भन्दै सडक आन्दोलनमा उत्रिएको नेपाल बिद्यार्थी संघका बिद्यार्थीहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चढ्ने सरकारी गाडीमा “माफिया सरकार मुर्दाबाद” लेखेर विरोध जनाएका छन् ।

बिहिवार वीरेन्द्रनगरमा नेविसंघ सुर्खेतका विद्यार्थीहरुले मुख्यमन्त्री शाहीको पार्किङ्गमा राखेको गाडीमा सरकारको बिरोधका रुपमा माफिया सरकार मुर्दाबाद लेखेका हुन् ।

मध्यपश्मिाञ्चल विश्वविद्यालयको कलेज उद्घाटन कार्यक्रममा सहभागी हुन गएका मुख्यमन्त्री शाहीको पार्किङ्गमा राखिएको गाडीमा सुरक्षाकर्मीहरुको आँखा छलि बिद्यार्थीहरुले माफिया सरकार मुर्दाबाद लेखेर भागेका थिए ।

नेपाल बिद्यार्थी संघको केन्द्रिय समितिले तय गरेका बिरोधका कार्यक्रम अनुसार सरकारी गाडीलाई बन्देज गर्ने कार्यतालिका अनुसार कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीको गाडीमा माफिया सरकार मुर्दाबाद लेखीएको हो भने बिरोधकै क्रममा शुक्रबार प्रधानमन्त्रीको पुत्ला दहन गर्ने कार्यक्रम रहेको नेविसंघ सुर्खेतले जनाएको छ ।

नेविसंघ सुर्खेतले चिकित्सा शिक्षा विधेयकको विरोधमा डा.गोविन्द केसी २२ दिनदेखि अनशनमा रहँदा पनि सरकार मौन भएको, प्रधानमन्त्रीले विपक्षी दलका नेता नदिई संवैधानिक परिषद् बैठक गरेको, नेपाल वायुसेवा निगमले किनेका बाइडवडी प्रकरणमा भ्रष्टाचार छानबिन अघि नबढेकाले आफूहरूको आन्दोलन जारी रहने जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...