News Portal

नेबि संघद्वारा कर्णाली प्रदेशका मुख्यमन्त्रीको पुतला दहन

हिमाली संचार संवाददाता
५०५ पटक

सुर्खेत : सरकारले दुई तिहाईको दम्भबाट अघि बढेको भन्दै बिगत केहि दिन यता सडकमा तात्तिएको आन्दोलन गर्दे आईरहेको नेपाल विद्यार्थी संघ सुर्खेतले बिहिबार वीरेन्द्रनगरमा नाराबाजी गर्दे सरकार विरुद्ध मसाल जुलुस सहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पूत्ला दहन गरेको छ ।

वीरेन्द्रनगरको रामजानकि मन्दिर, भेरी एफ.एम र स्थानिय माया नर्सिङ्ग नजिकैबाट नाराबाजी सहित निस्किएको राँके जुलुस वीरेन्द्र चौक नजिक जम्मा भएर मुख्यमन्त्रीको पूत्ला दहन गरेको थियो ।

राँके जुलुसले वीरेन्द्रनगर बजार परिक्रमा गर्दै जबर्जस्ती पास गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता गर, भ्रष्टाचार र महंगी नियन्त्रण गर, निर्मलाका बलात्कारी र हत्यारालाई कारबाही गर, अधिनायकवाद लाद्न पाइँदैन लगायतका नारा लगाउँदै नेविसंघका नेता कार्यकर्ताले वीरेन्द्रनगर बजारमा भरी प्रदर्शन गरेका थिए।

मसाल जुलुस र पूत्ला दहन कार्यक्रलाई सम्वोधन गर्दै नेविसंघका केन्द्रिय सदस्य हरिप्रसाद शर्माले सरकारले जबरर्जस्ती विधेयक पारित गरेकोले तत्काल विधेयक संशोधन गर्न समेत माग गर्नुभएको थियो । उहांले निर्मला हत्या काण्डका दोषी, वाइड बडीका दोषीलाई कारवाहीको दायरामा ल्याउन्न समेत माग गर्दे राजाले निहू खोज्दा नारायणहिट दरबार छाड्न बाध्य भएका थिए भने सरकारले दुई तिहाईको बलमा जबरजस्ती गर्न खोजे बालुवाटारबाट निकाल्ने चेतावनी दिदै यथाशिघ्र आफ्ना मागहरु पूरा गर्ने दबाब दिनु भएको थियो ।

बजार परिक्रमा क्रममा केहि बेर प्रहरी र निविसंघका बिच पूत्ला र राँको निभाउने बिषयमा झडप भई वातावरण तनावपूर्ण रहेता पनि पछि सामान्य बनेको थियो । पूत्ला दहन र राँके जुलुसलाई स्वंयूवियु मध्यपश्चिमाञ्चल विश्वविधालयका अध्यक्ष झक्कबहादुर शाहीले सम्बोधन गर्दे अनसनरत डा.गोविन्द केसीको मागलाई पनि तत्काल सम्बोधन गर्न अनुरोध गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...