News Portal

नेबि संघद्वारा कर्णाली प्रदेशका मुख्यमन्त्रीको पुतला दहन

हिमाली संचार संवाददाता
४५० पटक

सुर्खेत : सरकारले दुई तिहाईको दम्भबाट अघि बढेको भन्दै बिगत केहि दिन यता सडकमा तात्तिएको आन्दोलन गर्दे आईरहेको नेपाल विद्यार्थी संघ सुर्खेतले बिहिबार वीरेन्द्रनगरमा नाराबाजी गर्दे सरकार विरुद्ध मसाल जुलुस सहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पूत्ला दहन गरेको छ ।

वीरेन्द्रनगरको रामजानकि मन्दिर, भेरी एफ.एम र स्थानिय माया नर्सिङ्ग नजिकैबाट नाराबाजी सहित निस्किएको राँके जुलुस वीरेन्द्र चौक नजिक जम्मा भएर मुख्यमन्त्रीको पूत्ला दहन गरेको थियो ।

राँके जुलुसले वीरेन्द्रनगर बजार परिक्रमा गर्दै जबर्जस्ती पास गरेको चिकित्सा शिक्षा विधेयक फिर्ता गर, भ्रष्टाचार र महंगी नियन्त्रण गर, निर्मलाका बलात्कारी र हत्यारालाई कारबाही गर, अधिनायकवाद लाद्न पाइँदैन लगायतका नारा लगाउँदै नेविसंघका नेता कार्यकर्ताले वीरेन्द्रनगर बजारमा भरी प्रदर्शन गरेका थिए।

मसाल जुलुस र पूत्ला दहन कार्यक्रलाई सम्वोधन गर्दै नेविसंघका केन्द्रिय सदस्य हरिप्रसाद शर्माले सरकारले जबरर्जस्ती विधेयक पारित गरेकोले तत्काल विधेयक संशोधन गर्न समेत माग गर्नुभएको थियो । उहांले निर्मला हत्या काण्डका दोषी, वाइड बडीका दोषीलाई कारवाहीको दायरामा ल्याउन्न समेत माग गर्दे राजाले निहू खोज्दा नारायणहिट दरबार छाड्न बाध्य भएका थिए भने सरकारले दुई तिहाईको बलमा जबरजस्ती गर्न खोजे बालुवाटारबाट निकाल्ने चेतावनी दिदै यथाशिघ्र आफ्ना मागहरु पूरा गर्ने दबाब दिनु भएको थियो ।

बजार परिक्रमा क्रममा केहि बेर प्रहरी र निविसंघका बिच पूत्ला र राँको निभाउने बिषयमा झडप भई वातावरण तनावपूर्ण रहेता पनि पछि सामान्य बनेको थियो । पूत्ला दहन र राँके जुलुसलाई स्वंयूवियु मध्यपश्चिमाञ्चल विश्वविधालयका अध्यक्ष झक्कबहादुर शाहीले सम्बोधन गर्दे अनसनरत डा.गोविन्द केसीको मागलाई पनि तत्काल सम्बोधन गर्न अनुरोध गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...